काठमाडौँ: नेपालमा बैशाख २७ गतेपछि कतारी रियाल नोटहरु सटही नहुने भएको छ । कतारी केन्द्रीय बैंकले पाँचौ संस्करणका नयाँ बैंक नोटहरु प्रयोगमा ल्याउन चौथो संस्करणका नोट चलन चल्तीबाट हटाउन खोजेकाले पुराना रियाल सटही नहुने भएका हुन् ।
कतारको केन्द्रीय बैंकले पाचौ संस्करणका नोट बजारमा पठाउन सुरु नै गरिसकेको छ । कतारी केन्द्रीय बैंकले पुराना लिइ नयाँ दिने काम सुरु गरेपछि नेपाल राष्ट्र बैंकले पनि त्यसलाई समयमा नै विशेष ध्यान दिएको छ । कतारी केन्द्रीय बैंकले चलनचल्तीबाट हटाउने भनेका नोट नेपालमा पनि हुनसक्ने भएकाले केही समय सीमा राखी सटही सुविधा रहेको राष्ट्र बैंकले जनाएको छ ।
नेपालीहरुको प्रमूख श्रम गन्तब्यको रुपमा रहेको कतारको मुद्रा नेपालमा पनि हुनसक्ने भएकाले समयमा नै पुराना नोट सम्बन्धित बैंकलाई दिई नयाँ ल्याउने प्रक्रियामा लागेको राष्ट्र बैंकले जनाएको छ ।
नेपालभरी राष्ट्र बैंक बैंकिङ कार्यालय तथा प्रादेशिक कार्यालय, वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनी तथा मनि चेन्जर मार्फत साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
