Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको बताएका छन् । शनिवार नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्न तथा घटाउन आफुले कहि पनि हस्तक्षेप नगरेको बताएका हुन् । अन्य मुलुकको मुल्य कस्तो रहेको छ भन्ने अध्ययनको जरुरी रहेको पनि उनको भनाइ छ । भारतमा मुल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पदार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने उनले बताए । मन्त्री भट्टले निर्माण नचाहाने र ध्वंस चाहाने, विनाश चाहाने प्रवृति आफुहरु भित्रै रहेको भन्दै त्यस्तो प्रवृतिको विरुद्ध…

Read More

धनगढी: दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ अरू ४ जना घाइते भएका छन्। शनिबार बेलुका सवा ५ बजेतिर शैल्यशिखर नगरपालिका-८ अमतोलीबाट लेकम गाउँपालिका-४ रिठाचौपातातर्फ जाँदै गरेको ग ३ च १६९३ नं. को जीप दुर्घटना भएको हो। ३८ वर्षीय करन नाथले चलाएको उक्त जीप लेकम गाउँपालिका-६ स्थित उचकोट भन्ने स्थानमा कच्ची सडकखण्डबाट अन्दाजी १०० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ। जीपमा सवार–७ जनामध्ये ३ जनाको घटनास्थलमा नै मृत्यु भएको र ४ जना घाइतेलाई गोकुलेश्वर अस्पताल पठाएको प्रदेश प्रहरी कार्यालय दिपायलका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए। मृत्यु हुनेमा जीप चालक चालक नाथ,…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले जतिबेर पायो त्यतिबेर लड्डु खान नहुने भन्दै नेकपाका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति कटाक्ष गरेका छन् । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्फत मेलम्ची खोलाको पानी सुन्दरीजलमा झारिएको अवसरमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड–माधवप्रति कटाक्ष गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘यो खुशीको दिन हो । जतिबेर पायो, त्यतिबेर लड्डु खाने होइन । लड्डु यस्तो बेलामा खानुपर्छ । खुशी यस्तो बेलामा हुनुपर्छ ।’ सर्वोच्च अदालतले गत ११ फागुनमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेपछि नेकपाका प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाउँदै खुशीयाली मनाएका थिए । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले…

Read More

काभ्रे: नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा व्यावसायिक गतिविधि गर्नका लागि उपयुक्त वातावरण बनेको बताउनुभएको छ । शनिबार काभ्रे उद्योग वाणिज्य संघको ४१औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले बैंकको व्याज दर एकल अङ्कमा आएको र कोभिड–१९ को प्रकोप पनि विस्तारै कम हुदै गएकोले मुलुकमा लगानीको लागि उपयुक्त वातारण तयार भएको बताउनु भएको छ । बैंक तथा व्यवसायीहरुबीचको सम्बन्ध सुमधुर रहनुपर्ने बताउँदै ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले अब बैंकलाई गालि गरेर बस्ने अवस्था नरहेको बताउनुभयो । “अहिले बैंकको व्याज दर र आधार दर सिङ्गल डिजिटमा झरेको छ ।…

Read More

काठमाडौं: किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गरिएको छ । आज (शनिबार) काठमाडौंमा आयोजना गरेको एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले किसान सूचीकरण राष्ट्रिय अभियानको शुभारम्भ गर्नुभएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तयार पारेको किसान सूचीकरण व्यवस्थापन प्रणालीको शूभारम्भ गर्दै प्रधानमन्त्री ओलीले कृषि क्षेत्र अब आधुनिक क्षेत्रमा प्रवेश गरेको बताए । यस प्रणाली मार्फत कुन किसानलाई कस्तो सहयोग गर्नुपर्ने सबै थाहा हुने भन्दै प्रधानमन्त्री ओलीले अब सरकारले व्यवसायिक सिप विकासका लागि जिल्ला जिल्लामा तालिम संचालन गर्नुका साथै कृषिमा आधारित उद्योग खोल्न सहयोग गर्ने बताउनुभयो । किसानलाई कृषि पेशाबाट बिस्थापन नभएर ठूलो स्केलमा उत्पादन गर्नका निम्ती प्रोत्साहन गर्नपर्ने भन्दै…

Read More

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव आफूले कोरेकै गोरेटोमा आइपुगेको दावी गरेका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विप्लव नेकपाका नेताहरुलाई नेकपा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले विप्लवलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा आफू रहेको बताए। उनले आफूले कोरेकै गोरेटोमा आएकोमा विप्लवलाई धन्यवाद समेत दिए। ‘यहाँ विप्लवजीसँग सम्बन्धित कमरेडहरु पनि जोडिनु भयो, तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु’, उनले भने, ‘उहाँ (विप्लव) अन्ततः पार्टीको बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नु भएको छ, यसअर्थमा उहाँलाई पनि म धन्यवाद भन्न चाहनछ र यस्तै कार्यक्रममा उहाँलाई पार्टीमा स्वागत गर्ने प्रतीक्षामा रहेको घोषणा गर्दछु।’ अध्यक्ष प्रचण्डले आफूले विप्लवलाई राम्रोसँग चिनेको बताउँदै…

Read More

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन् । शनिबार आफ्नै निवास बुढानीलकण्ठमा नेपाली कांग्रेसका युवा नेता तथा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक ‘महाकाण्ड’को विमोचन कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका हुन् । आफूहरुलाई विपक्षमा बस्ने जनताको म्याण्डेड भएको भन्दै उनले प्रधानमन्त्री बन्न नचाहेको दाबी गरे । ‘म प्रधानमन्त्रीको रेसमा छैन । प्रधानमन्त्री बन्न चाहेकै छैन । हाम्रो म्याण्डेड विपक्षमा बस्ने हो,’ उनले भने, ‘विपक्षी दलको नेता प्राइम मिनिस्टर इन वेइटिङ हो । तर म त्यसमा पनि छैन । मलाई प्रधानमन्त्री बन्ने लोभ, लालच छैन । मलाई…

Read More

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि फागुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको छ । यो पानी अहिले बागमती नदीमा खसालिएको छ । सुरुको पानी फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालिएको हो । आज लामो सपना पुरा भएको भन्दै प्रधानमन्त्री ओलीले केही दिनमा घरघरमा पानी आउने दाबी गरे । उनले भनेका छन्, ‘काठमाडौंबासीका लागि एउटा ग्यारेन्टी भयो, काठमाडौंमा पानी झर्‍यो । केही दिनमा वितरण हुने भयो ।’ मेलम्ची खानेपानी आयोजनाको कुरा चल्दा आफ्नो कपाल कालै रहेको, तर…

Read More

काठमाडौँ। सरकार र नेत्रविक्रम चन्द विप्लवबीच भएको तीन बुँदे सहमति सार्वजनिक भएको छ। सो सहमतिमा विप्लवका कार्यकर्तासँग भएका हतियारको विषय भने समावेश छैन। सरकारसँग सम्झौता गरेर प्रतिबन्धित पार्टीका नेता सार्वजनिक भए पनि हतियार नबुझाएपछि अनेक शंका–उपशंका उब्जिएका छन्। गृह मन्त्रालय स्रोतका अनुसार विप्लवले हतियार बुझाउने सम्झौता गरिसकेका छन्। यद्यपि सो सम्झौतालाई गोप्य राखिएको छ। ‘वार्ताको सुरुमा उहाँहरुले हामीसँग हतियार छैन भन्नुभएको थियो। निशस्त्र हुँदाहुँदै सरकारले प्रतिबन्ध लगायो भन्ने सन्देश दिने हिसाबले उहाँहरुले त्यो कुरा गर्नु भएको हो,’ स्रोतले भन्यो, ‘तर पछि कार्यकर्ता छुटेसँगै आफूसँग भएका हतियार बुझाउने सहमति भएको छ।’ स्रोतका अनुसार विप्लवले हतियारलाई कार्यकर्ता छुटाउने सर्तका रुपमा प्रयोग…

Read More

काठमाडौँ: विभाजित कुनै पक्षमा नलागी पार्टी एकता अभियानमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम आज (शनिबार) बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा पनि नजाने भएका छन्। प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएको भोलिपल्ट आज ओली समूहको संसदीय दलको बैठक बस्दै छ। बैठक प्रधानमन्त्रीकै निवास (बालुवाटार) मा दिउँसो २ बजे बस्ने बताइएको छ। त्यसको पूर्वसन्ध्यामा शुक्रबार साँझ नेता गौतम भेट्न उनकै निवास (भैंसेपाटी) पुगेका प्रधानमन्त्री ओलीले आफ्नो संसदीय दलको बैठकमा आउन आग्रह गरेको भन्ने चर्चाबारे गौतमको निजी सचिवालय स्रोतले भन्यो, ‘उहाँ बैठकमा जानु हुन्न।’ साथै शुक्रबार साँझको भेटमा प्रधानमन्त्री ओली र नेता गौतमबीच सञ्चो–बिसञ्चोलगायत…

Read More