Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ, २५ वैशाख (रासस): नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक स्थगन गर्न आग्रह गर्नुभएको छ । उहाँले आज प्रेस वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामखुसमेतले भाग नलिने जनाउनुभएकाले बैठक स्थगन गर्न आग्रह गर्नुभएको हो । अध्यक्ष दाहालले बैठक संवैधानिक संरचनाको गरिमामा चुनौती थप्ने मनसायका साथ हुन लागेको जनाउँदै सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यसँग अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले परिषद्को बैठकमा आफू उपस्थित हुन नसक्ने जनाउनुभएको छ ।

Read More

काठमाडौँ: दोस्रो चरणको कोरोना संक्रमण सबै जिल्लामा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांकअनुसार ४३ वटा जिल्ला बढी जोखिममा देखिएका छन्। २२ जिल्लामा ५०० जनाभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ। प्रदेश नं १ का झापा, मोरङ र सुनसरीमा ५०० बढी संक्रमित छन् भने प्रदेश नं २ का धनुषा र पर्सामा संक्रमितको संख्या ५०० बढी पुगेको छ। बागमती प्रदेशमा उपत्यकाका तीन जिल्लासँगै चितवन, काभ्रेपलान्चोक, मकवानपुर, धादिङ र नुवाकोटमा ५०० बढी संक्रमित छन्। गण्डकी, कर्णाली र सुदूरपश्चिममा एकएक जिल्लामा मात्रै संक्रमितको संख्या ५०० नाघेको छ। यी प्रदेशका कास्की, सुर्खेत र कैलालीमा ५०० बढी संक्रमित छन्। …

Read More

कोरोना संक्रमणको कारण बाँकेको नेपालगञ्जमा एकै घरका तीन दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज अहमद, एजाज अहमद र जहीर अहमद छन्। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको बुधबार, एजाज बिहीबार र इम्तियाजको शुक्रबार बिहान मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए। सात दाजुभाइमध्ये जहीर कान्छा , एजाज राइँलो र इम्तियाज काइँलो हुन्। उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उनीहरु सबै नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्थे। एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताए।…

Read More

काठमाडौं । पूर्वप्रधानमन्त्री एमाले बरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली गैरजिम्मेवारी र अलोकतान्त्रिक बाटोमा लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएपछि नेता नेपालले शनिबार बिहान समाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका हुुन् । नेता नेपालले कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्नेमा बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजेर सरकार आफ्नो दायित्वबाट च्युत हुन खोजेको आरोप लगाएका छन् । ‘कोरोना (कोभिड–१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक…

Read More

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै छ । शनिबार दिउँसो २ बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए । बैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकका सन्दर्भमा रणनीति बनाउन बैठक बस्न लागेको उनको भनाइ छ । २७ गते विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा विफल पार्ने काँग्रेसको निर्णय छ । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने र विफल पार्ने निर्णय लिएको थियो । खाणका अनुसार आजको संसदीय दलको बैठकले सोही निर्णयमाथि छलफल गरेर सांसदलाई…

Read More

काठमाडौं । चिनियाँ अनुदानको चार सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर हवाईमार्गबाट नेपाल ल्याएलगत्तै चीनले थप ४० थान भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ सहयोगका ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एनेस्थिेसिया मेसिन उपलब्ध गराउँदै छ । यी स्वास्थ्य सामग्रीहरु एक हप्ताभित्र तातोपानी नाकामा आइपुग्ने मुख्य सचिव नेतृत्वको कोभिड–१९ सहजीकरण समितिले जनाएको छ । समितिका अनुसार चिनियाँ अनुदानको स्वास्थ्य सामग्रीहरुमध्ये ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर भने हवाई मार्ग हुँदै नेपाल ल्याइने छ । ती…

Read More

काठमाडौं । सत्तारुढ नेकपा एमालेका दोस्रो तहका नेताहरुले सहमतिका सम्भावित विकल्पहरुबारे छलफल शुरु गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ-आफ्नो अडानमा रहेका बेला दुवै पक्षका दोस्रो तहका नेताहरुले भने सहमतिका आधार खोजी गर्न थालेका हुन् । शुक्रबार दुवै पक्षका तीन-तीन नेताले करीब दुई घण्टा बालुवाटारमा वार्ता गरेका छन् । दुवै पक्ष आफ्नो अडानमा केही लचिलो देखिएका छन् तर, जेठ २ २०७५ मा फर्किनुपर्ने नेपाल समूहको अडानमा ओली पक्ष सहमत भइसकेको छैन । वार्तामा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र विष्णु रिमाल तथा नेपाल पक्षबाट घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी…

Read More

काठमाडौँ: सरकारले शुक्रबार कोभिड-१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाएको छ। प्रधानमन्त्री कार्यालयले आज साँझ जारी गरेको बिज्ञप्ती अनुसार मन्त्रालयगत कार्ययोजना सार्वजनिकीकरण गरेको हो। माननीय उपप्रधानमन्त्रीले नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड(१९ विरुद्वको खोप यथाशक्य छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्नभएको छ। नेपालस्थित संयुक्त राष्ट्र संघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसंग आज भएको टेलिफोन संवादमा माननीय उपप्रधानमन्त्रीले विश्‍व स्वास्थ्य संगठनबाट पाउने कोभ्याक्स अन्तर्गतको खोप साथै भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि र खोपसंग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि पूर्वाधार र विज्ञ जनशक्ति विषयमा नेपालको अपेक्षा सहित सहजीकरणका लागि आग्रह गर्नु भएको छ।…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ९०२३ तथा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् । नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ । त्यस्तै, ५० जनाको मृत्यु भएको छ । हालसम्म ३५ सय ७९ जनाको कोभिड–१९…

Read More

भक्तपुर । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको उनको भनाइ थियो । उनले उक्त अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको उनले जानकारी दिए । एकदमै गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरी उपचार गर्दा बिरामीको ज्यान गएको मृतकका परिवारले बताएका छन् ।

Read More