काठमाडौँ:
सरकारले शुक्रबार कोभिड-१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाएको छ। प्रधानमन्त्री कार्यालयले आज साँझ जारी गरेको बिज्ञप्ती अनुसार मन्त्रालयगत कार्ययोजना सार्वजनिकीकरण गरेको हो।
माननीय उपप्रधानमन्त्रीले नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोभिड(१९ विरुद्वको खोप यथाशक्य छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्नभएको छ।
नेपालस्थित संयुक्त राष्ट्र संघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसंग आज भएको टेलिफोन संवादमा माननीय उपप्रधानमन्त्रीले विश्व स्वास्थ्य संगठनबाट पाउने कोभ्याक्स अन्तर्गतको खोप साथै भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि र खोपसंग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि पूर्वाधार र विज्ञ जनशक्ति विषयमा नेपालको अपेक्षा सहित सहजीकरणका लागि आग्रह गर्नु भएको छ।
आज नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा कोभिड(१९ सहजीकरण समितिको बैठक सम्पन्न भएको छ। उक्त बैठकमा देशभरका अक्सिजन उद्योगहरूको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालन गर्नेरगराउने, अक्सिजन उद्योगहरूमा विद्युत तथा खानेपानीको नियमित आपूर्ति गर्ने, उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गराउने, कोभिड अस्पतालहरूमा भएको कुल शैय्या ९भरिएका र खाली० को वास्तविक ९च्भब ित्ष्mभ० विवरण तत्काल उपलब्ध हुने गरी केन्द्रीय सूचना प्रणाली स्थापना गर्ने सम्बन्धमा छलफल भएको छ।
यसमा वास्तविक समयको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेबसाइटमा राखी सर्वसाधारणले कुन अस्पतालमा कुन समयमा कति शैय्या उपलब्ध छन् तत्काल हेर्ने र आवश्यक पर्दा विरामी लैजान सक्ने व्यवस्था मिलाउने सम्बन्धमा विस्तृत छलफल भएको छ।साथै अक्सिजन सुविधासहितको बेड संख्या थप गर्ने, कालो बजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने र स्टक राख्ने तथा लुकाउने उपर कानूनी कारवाही गर्नेरगराउने र अक्सिजन प्रयोगको मापदण्ड यथाशीघ्र टुंग्याउने लगायतका विषयमा समेत छलफल भएको छ।
गृह मन्त्रालयका अनुसार कोभिड(१९ दोस्रो लहरको संक्रमणलाई प्रभावकारी रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४९३ अस्पताल, २०,३६१ शैय्या, १,८१७ आइ।सि।यू। ९जसमा १,१०५ प्रयोगमा रहेका०, ७३६ भेन्टिलेटर ९जसमा २९३ प्रयोगमा रहेका०, २६ निजी क्षेत्रबाट संञ्चालित प्लान्ट र २,८६५ एच।डि।यू। रहेको जानकारी प्राप्त भएको छ।
अर्थ मन्त्रालयका अनुसार १,८१,१८६ मेडिकल उपकरण र ६,६०२ औषधि भन्सारबाट पैठारी भएको छ। १२० फेस सिल्ड, ९२०० पल्स अक्सिमिटर, ३०,००० सिरिन्ज र २१६ मेडिकलरसर्जिकल फर्निचर आयात गरिएको अवस्था छ। सात प्रादेशिक अस्पतालको लागि कोभिड(१९ प्रयोगशाला व्यवस्थापन खर्च स्वरुप रु। ३,३०,००,०००।०० वित्तीय हस्तान्तरण भएको र अठार केन्द्रीय अस्पतालहरूका लागि कोभिड(१९ प्रयोगशाला व्यवस्थापन खर्च स्वरुप रु। ४,९५,००,०००।०० रकमान्तर भएको अवस्था छ।
उद्योग, वाणिज्य तथ आपूर्ति मन्त्रालयका अनुसार औद्योगिक प्रयोजनका लागि औद्योगिक प्रष्तिष्ठानहरूमा प्रयोग भएका १,८७५ अक्सिजन सिलिण्डर सम्बन्धित अक्सिजन उद्योगहरूमा फिर्ता भएका छन्। यसरी फिर्ता भएका कुल अक्सिजन सिलिण्डर संख्या २,९६९ हुन पुगेको छ। यस्तै मिति २०७८र०१र२३ गते उद्योग सचिव, गृह सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख समेतको संयुक्त टोलीबाट काठमाडौं उपत्यकाका विभिन्न अक्सिजन उद्योगहरूको अनुगमन भएको र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट एक टोली परिचालन गरी बजार अनुगमन समेत भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार एयर बबल सुविधा अन्तर्गत एयर इन्डिया को दिल्ली(काठमाडौं उडान जम्मा ६१ जना यात्रु लिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने गरी तय भएको छ। उक्त उडानका सवै यात्रुलाई नेपाल पर्यटन वोर्डको समन्वयमा मन्त्रालयबाट सूचीकृत होटलको क्वारन्टाईनमा राख्ने व्यवस्था मिलाईएको छ।
मिति २०७८र०१र२३ गतेदेखि २०७८र०१र२४ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र लुक्ला विमानस्थलबाट ५९ आन्तरिक उडान भरी जम्मा १०४ संख्यामा यात्रुहरु उद्वार गरिएको छ। जसमा मेडिकल उद्वारको उडान संख्या ११ र यात्रु संख्या २२ रहेको छ । चीनवाट प्राप्त हुने अक्सिजन सिलिण्डरको पहिलो लट लिन नेपाल वायुसेवा निगमको मेडिकल कार्गो उडान ९च्ब्(द्धद्दछज्ञ० १० मे, २०२१ मा गई ११मे ,२०२१ मा आउने गरी हवाई मार्गमा पर्ने विभिन्न देशसँग ओभरफ्लाई र चीनमा अवतरण अनुमतिका लागि प्रक्रिया अगाडि बढेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार छिमेकी मित्रराष्ट्र चीनबाट सहयोग स्वरुप प्राप्त हुने स्वास्थ्य सामाग्रीहरु ९भेन्टिलेटर(४०, अटोमेटेड एनालाइजर(२०, डिआर मेसिन(१०, पोर्टेवल अल्ट्रासाउण्ड(२०, एनेस्थेसिया मेसिन(३०० एक हप्ता भित्र तातोपानी नाकामा आइपुग्ने जानकारी प्राप्त भएको छ। चीन सरकारबाट सहायतास्वरुप प्राप्त हुने
स्वास्थ्य सामग्री मध्ये ४०० थान सिलिण्डर र १० थान भेण्टिलेटर नेपाल पठाउनका लागि ९ मे, २०२१ सम्म वेइजिङ क्यापिटल एयरपोर्टमा तयारी अवस्थामा रहने जानकारी प्राप्त भएको छ। अमेरिकी सरकारबाट केही परिमाणमा पी।पी।इ।, एन्टिजेन टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर यथाशीघ्र पठाइने जानकारी प्राप्त भएको छ। एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाण्डौँस्थित अमेरिकी दूतावास र वाशिंटनस्थित नेपाली राजदूतावास मार्फत आवश्यक पहल भइरहेको अवस्था छ।
स्वास्थ्य मन्त्रालयको सूची बमोजिमका सहायता सामग्री बेलायत, जर्मनी, फ्रान्स, क्यानाडा लगायतका मुलुकहरुबाट सहयोग स्वरुप प्राप्त गर्न पत्राचार भएको छ। एक डोज मात्र लगाउँदा पुग्ने र करिब ९० प्रतिशत प्रभावकारिता रहेको स्पुतनिक लाइट भ्याक्सिनको विस्तृत जानकारी मस्कोस्थित नेपाली राजदूतावास मार्फत रसियाको सम्बन्धित निकायसँग माग गरिएको अवस्था छ। दक्षिण कोरियाबाट सहायतास्वरुप स्वास्थ्य सामग्रीहरू जी।टु।जी। पद्वतिबाट प्राप्त गर्नका लागि स्थानीय कोरियाली दूतावास र स्वास्थ्य मन्त्रालयबीच समन्वय भएको छ।
बंगलादेश सरकारबाट सहायता स्वरुप आवश्यक औषधीजन्य स्वास्थ्य सामग्रीहरू प्राप्त हुने भएको छ। भारतबाट लिक्वीड अक्सिजन नेपालमा आयात गर्न लागिआएको प्रतिबन्ध आवश्यक कूटनैतिक समन्वय र प्रयासबाट हटेको छ। सो सम्बन्धमा भारतीय गृह मन्त्रालयले सूचना जारी गरिसकेको अवस्था छ। ढाकास्थित वेक्सिम्को फार्मा मार्फत ९छण्ण्ण् खष्बकि (ज्ञण्ण्ण् mन क्ष्ख् ष्लवभअतष्यल० रेम्डेसिभिर १० मे, २०२१ मा र बंगलादेश सरकारबाट थप पाँच हजार भाएल्स ९खष्बकि० रेम्डेसिभिर ११ मे २०२१ मा प्राप्त हुने र सोको ढुवानी नेपालले नै गर्नुपर्ने जानकारी ढाकास्थित नेपाली राजदूतावासबाट प्राप्त भएको अवस्था छ।
महामारीको रुपमा फैलिरहेको कोभिड( १९ को रोकथाम तथा नियन्त्रण र उपचार पद्वतिलाई थप सुदृढ एवम् प्रभावकारी बनाउन यस विषम परिस्थितिमा कोभिड(१९ लाई थप फैलिन नदिन नेपाल सरकारद्वारा जारी भएका आदेश एवम् स्वास्थ्य मापदण्डलाई पूर्ण परिपालना गरी एकजुट भइ कोभिड(१९ नियन्त्रण एवम् व्यवस्थापन सम्बन्धी कार्य गर्नरगराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सबैमा हार्दिक अपिल गर्दछ।