Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं:नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताउनु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नु भएको हो । नेपालमा पर्याप्त सम्भावना रहेकोले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल गर्न पर्न्‌ेमा उहाँको जोड थियो । “योजनाबद्ध दीर्घकालीन सोच विना विकास सम्भव छैन । विकासका लागि दूरदर्शी र स्थिर नेतृत्व आवश्यक हुन्छ भन्ने कुरा हामीले दुवईबाट सिक्न सक्छौं । तेलमा मात्र निर्भर भएको युएईले अर्थतन्त्रको विविधीकरण गर्दै पर्यटन, वित्तीय सेवा, निर्माण, स्मार्ट सीटी र व्यापार…

Read More

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्त कार्यालय काठमाडौंद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन पदमा करारमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै यादवविरुद्ध आयोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान गर्दा यादवले ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि हुन आएको भन्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार जागिरे अवधिमा उनको तलब, भत्ता लगायत अन्य कारोबारबाट २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ वैध सम्पत्ति देखिएको छ । तर अनुसन्धानको क्रममा…

Read More

काठमाडौँ: पूर्वसंस्कृति, पर्यटन तथा नागारिक उड्यनमन्त्री योगेश भट्टराईले पोखरा र भैरहवा विमानस्थलको भ्रष्टाचार प्रकरणमा आरोप लगाउनेहरु नै पर्ने दाबी गरेका छन्। समाजिक संजाल फेसबुकमार्फत आफ्ना भनाइ सार्वजनिक गर्दै उनले आफूलाई यसमा मुछ्नेहरु नै पर्ने र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका छन्। ‘सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकीएकाहरु काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कती खप्पिस छन भन्ने मैले राम्ररी बुझेको छु,’ भट्टराईले लेखेका छन्, ‘मिडिया ट्रायल गरेर उम्कन सकिन्छ भनेर ढुक्क नभए हुन्छ।’ उनले अगाडि भनेका छन्, ‘मलाई औँला उठाउनेहरू नै पर्नेवाला छन्। डकुमेन्ट मसंग छ।आवश्यक परे सार्वजनिक गरौँला।’ आफू पर्यटनमन्त्री हुँदा आफ्नो…

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा ऐनबिना विद्यालय नफर्किने अडानमा रहेका शिक्षकहरुप्रति व्यंग्यात्मक टिप्पणी गर्दै ऐन बोक्न यत्रो मान्छे सडकमा चाहिन्छ भनेर प्रश्न गरेका छन्। सोमबार कीर्तिपुरमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ऐन ल्याएको जस लिनलाई सडकमा आउन आवश्यक नरहेको समेत बताए। ‘अब ऐन लिएर जाने भन्नु भएको छ, यत्रोविघ्न मान्छे सडकमा किन? ऐन बोक्न यत्रो मान्छे चाहिन्छ?’, उनको भनाइ छ, ‘ऐन त संसद्‍मा छलफल हुँदैछ। उपसमितिमा छ। त्यसपछि मुल हाउसमा आउँछ। संसद्‍बाट पारित हुन्छ। ऐन त आउँछ नै। यी सबै ऐन जति ल्याएका छन्, सडकमा मान्छे आएर आएका छन् ऐन?’ ओलीले थपे, ‘हामीले…

Read More

काठमाडौं । ५८ वर्षको उमेरमा ४६ वर्षीया महिलासँग विवाह गरेको २ महिनापछि हत्या । शंखरापुर- ९ को घटना हो यो । ५८ वर्षीय पदमबहादुर तामाङले २ महिनाअघि विवाह गरेकी ४५ वर्षीया माइती तामाङको गए राति हत्या गरेका छन् । हत्यापछि पदमबहादुर फरार छन् । रामेछापको खाँडादेवी-७ उनको स्थायी ठेगाना हो ।उनीहरू त्यहाँ कृषिकार्य गरी जीविकोपार्जन गर्थे । मृतक माइली राति पूर्वपति तर्फका दुई सन्तानसँग सुतेकी थिइन् । राति साढे ९ बजे पदमबहादुरले पत्नीमाथि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुई बच्चा गम्भीर घाइते छन् । एक ११ र अर्को १० वर्षका उनीहरूलाई उपचारका लागि ट्रमा…

Read More

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयको अनुसार मे१च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० का १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराईको रहेका छन् । त्यस्तै घाइते हुनेमा ललितपुर–१० का ४५ वर्षीया सविना आचार्य उनका १० वर्षीय छोरा…

Read More

काठमाडौं: सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ । यससँगै सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने लगातार ४ दिन स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबारसम्म पनि सोही मूल्यमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३१५.१३ अमेरिकी…

Read More

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका छन् ।मन्त्री पौडेलको संघीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीतिअन्र्तगत संघीय अस्पतालहरुमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाख महिनामा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।उनका अनुसार वैशाख महिनामा वीर अस्पतालले सर्जिकल आइसीयुको सेवा विस्तार गर्नेछ । वीरको आइसीयुमा नौ शैय्या थप गर्ने कार्यक्रम वैशाख दोश्रो साता राखिएको छ ।यसैगरी, भरतपुर अस्पतालले क्याथ ल्याब सेवा शुरु गर्दैछ । यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक र ल्याक्टेसन म्यानेजमेन्ट…

Read More

काठमाडौं: राष्ट्रिय योजना आयोगले सन् २०३० सम्मका लागि दिगो विकास लक्ष्य कार्यान्वयनका लागि करिब २९९ खर्ब ६५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरेको छ । आइतबार ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति-२०८१’ सार्वजनिकीकरण कार्यक्रममा आयोगले दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सन् २०३० सम्ममा वार्षिक औसत ३० खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको हो । दिगो विकास लक्ष्यहरूमध्ये कुल लगानीको सबैभन्दा ठूलो हिस्सा लक्ष्य-९ मा रहेको उद्योग र पूर्वाधारमा आवश्यक हुने आयोगकी कार्यक्रम निर्देशक अनिता पौडेलले बताइन् । उनका अनुसार उद्योग र पूर्वाधारमा कुल लगानीको २४ प्रतिशत आवश्यक पर्ने देखिएको हो । यस्तै, लक्ष्य…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । आइतबार रविपत्नी निकिता पौडेलले सर्वोच्चमा रिट दायर गरेकी हुन् । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । उक्त आदेशवुरुद्ध रविका तर्फबाट यसअघि सर्वोच्चमा ‘थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो । उक्त निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ ।

Read More