Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काभ्रे: काभ्रेपलाञ्चोक जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता दिएका छन् । शहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयको स्मार्ट सिटीको माष्टर प्लानअनुसार काभ्रेपलाञ्चोकको तीन नगर समेटिएको ‘काभ्रे’ स्मार्ट सिटी हाल कार्यान्वयनको चरणमा रहेको छ । सरकारद्वारा छनोट गरिएको मुलुकको विभिन्न १३ स्थानमध्ये काभ्रे स्मार्ट सिटी एक गौरवको योजना हो । स्मार्ट सिटी योजनाअन्तर्गत तीनै नगरले ऐतिहासिक सम्पदा मर्मतसम्भार तथा पुनःनिर्माण थालेका हुन् । सरकारले आर्थिक वर्ष ०७३÷०७४ मा पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा निजगढ, पालुङ्टार र लुम्बिनीलाई स्मार्ट सिटी बनाउने घोषणा गरेको थियो । सरकारले काभ्रेपलाञ्चोकको ‘काभ्रे…
काठमाडौँ: राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्रीबाट पनि स्वतः पदमुक्त भएका रामबहादुर थापा ‘बादल’ ले आजै गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् । सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार उनले पुनः गृहमन्त्रीको रुपमा शपथ लिन लागेका हुन् । आइतबार साँझ राष्ट्रपति भवन शीतल निवासमा उनको शपथको कार्यक्रम राखिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो । सो पत्रपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उनको राष्ट्रियसभा सदस्य पद रिक्त भएको निर्णय गरेका हुन्। तिमिल्सिनाको निर्णयसँगै संसद सचिवालयले आइतबार थापाको पद रिक्त…
काठमाडौँ: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि सांसद पदबाट बर्खास्त भएका छन्। आफ्नो पार्टी परित्याग गरेर नेकपा एमाले (ओली समूह) मा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रिय सभा-सदस्य पद खारेज भएको हो। माओवादी केन्द्रले दर्ता गराएको सूचनाअनुसार संघीय संसदले उनको सांसद पद खारेज भएको जानकारी गराएको हो। योसँगै उनको मन्त्री पद पनि गएको छ तर सांसद नरहँदा पनि ६ महिनासम्म पुनः मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ। त्यसपछि भने उपनिर्वाचनबाट सांसद पदमा निर्वाचित हुनुपर्ने हुन्छ। अन्यथा मन्त्री रहन पाइन्न। गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको निर्णय गरेपछि तत्कालीन नेकपा दुई समूहमा विभाजन…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिको कार्ययोजना अनुसार मेन्टरसिप सहयोग सहित महासंघका लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप) हरूसंग आवेदन आव्हान गरेको छ । आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा) का लागि खुला गरिएको छ । समितिले गएको चैत्र ९ गते एक पत्रकार सम्मेलन गरी यस विषयमा विस्तृत जानकारी गराएको थियो । आवेदन महासंघको वेभसाइट मार्फत प्राप्त गर्न सकिने छ । महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिसंग आवद्ध रहेका लगानीकर्ताहरूको समूहमा रहेका लगानीकर्ताहरूको व्यावसायिक अभिरुचीलाई उद्यमीहरूको व्यवसायसंग मिलान गरी फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्ने जनाएको छ । नवप्रवर्तनीय वस्तु, सेवा…
काठमाडौँ: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्दै छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय (सानेपा) मा दिउँसो २ बजे बस्नेछ। बैठकमा समसामयिक राजनीति, कांग्रेसको १४औं महाधिवेशनलगायत विषयमा छलफल हुने उनले जानकारी दिए।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका ३१ मध्ये तीन जनाको राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । दुर्घटनामा परी मृत्यु हुनेमा इलाम बस्ने २५ वर्षीया धनु दर्लामी, मकवानपुर बकाया गाउँपालिका–५ घर भई हाल विनयी त्रिवेणी गाउँपालिका–२ स्थित गुम्बामा बस्ने ५७ वर्षीया ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका–२५ बस्ने ७२ वर्षीय हिमलाल न्यौपाने रहेका छन् ।…
काठमाडौँ: सरकारी लक्ष्य अनुरुप देशभर रहेका ७५३ स्थानीय तहमध्ये अझैपनि चार स्थानीय तहमा वाणिज्य बैंकको शाखा पहुँच पुग्न नसकेको देखिएको छ । हालसम्म ७५३ स्थानीय तहमध्ये ७४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ८ महिना अर्थात फागुनसम्ममा ७४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेका छन् । गत आवको फागुन महिनासम्ममा ७४६ स्थानीय तहमा बैंकको शाखा पुगेका थिए । राष्ट्र बैंकका अनुसार फागुनसम्ममा चार स्थानीय तहमा वािणज्य बैंकको शाखा पुग्न बाँकी छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको फागुनसम्मको तथ्यांकअनुसार ताप्लेजुङ्गको मिक्काखोला गाउँपालिका, धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा…
काठमाडौँ: पार्टीको निर्देशन (ह्विप) विपरीत विश्वासको मत दिएर आफ्नो पद र सरकार जोगाइदिने एमालेका तीन सांसदलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री बनाएका छन्। विश्वासको मत लिएको भोलिपल्ट शनिबार प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै माओवादी केन्द्रबाट मुख्यमन्त्री शाहीले ‘फ्लोर–क्रस’ गर्ने एमालेका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्रीमा नियुक्ति गरेका हुन्। शनिबारै एमाले प्रदेश कमिटीले उनीहरूलाई पार्टीबाट निष्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाहीका लागि पार्टीको केन्द्रमा सिफारिस गरेको छ। मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसलाई पनि सरकारमा समेट्ने तयारी गरेका छन्। थप मन्त्री आइतबार टुंगो लाग्ने र सकेसम्म…
काठमाडौँ: मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ । हाल पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्नतिर र राति देशको पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । महाशाखाले जारी गरेकी तीन दिनको पूर्वानुमान वुलेटिनमा मंगलबारसम्म नै पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ । यस्तो छ तीन दिनको पूर्वानुमान बैशाख ५ गते (आइतबार) दिउँसो: देशको प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ…
काठमाडौँ: नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार १५ दिनमा ८१ करोड रुपैयाँ घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ । आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर रु एकका दरले वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ कायम भएको निगमले जनाएको छ । आन्तरिक उडानतर्फको हवाइ इन्धनको साविकको बिक्री मूल्यमा दुई रुपैयाँ वृद्धि हुँदा प्रतिलिटर ७६ रुपैयाँ पुगेको…
