Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गर्नु भएको हो । सहसचिव नेपालले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको विद्युत प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रीडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिनुभयो । विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करिव २२ अर्ब…

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू-भागका केही स्थानमा बिहानीपख हुस्सु रकुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली साथै गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेश तथा प्रदेश १ का उच्च हिमाली भू-भागका एक-दुई स्थानमा…

Read More

काठमाडौँ: राष्ट्रिय खेलकूद परिषद् (राखेप) र कृषि विकास बैंकबीच १० वर्षे सम्झौता भएको छ । राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले  उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । सम्झौताअनुसार कर्मचारी कर्जा तथा सापटसम्बन्धी पाँच वर्ष स्थायी सेवा अवधि पूरा गरेका कर्मचारीलाई बिना धितो रु १५ लाखसम्मको तलबी खाता कर्जा उपलब्ध गराइने छ । राखेपले सञ्चालन गर्ने तालीम र सेमिनारमा बैंकका तालीम केन्द्रलगायत पूर्वाधार प्रयोग गर्दा बैंकले ५० प्रतिशत छुट दिनेछ । यस्तै सम्झौतामा खेलकूदको विकास र विस्तारका लागि स्थानीय तहदेखि केन्द्रसम्म सहमतिअनुसार खेल गतिविधिमा सहकार्य गर्न सकिने छ । परिषद्ले सञ्चालन गरेका…

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ। बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भराउने सूचना निकालेको छ। २०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो। बोर्डले बुधबार निकालेको सूचनाअनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ। आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ।

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छन् । यस चाडले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने जनाउँदै उनले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास उनको छ । प्राकृतिक ऋतुचक्रसँग एकाकार भई मनाइने उधौली पर्वले प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै सामाजिक…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागज कीर्ते गरी गैरकानुनी रूपमा ऋण लिने र दिने आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले राष्ट्रिय वाणिज्य बैंकका नेपालगञ्ज उपमहानगरपालिका त्रिभुवनचोकमा रहेको शाखाका कर्मचारीसहित ८ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। आयोगले ७ जना विरुद्ध जनही १ करोड २५ लाख तथा एक जना विरुद्ध ७५ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । उनीहरुले कीर्ते कागजहरुको आधारमा कीर्ते धितो मूल्याङ्कन गरी उक्त कागजातहरु राष्ट्रिय वाणिज्य बैंक त्रिभुवनचोक शाखामा पेश गरी कर्जा लिएका थिए। आयोगका अनुसार त्रिभुवन चोक शाखाका तत्कालीन प्रबन्धक ललित बहादुर शाही, सहायक (नगद) कल बहादुर ओली क्षेत्री,…

Read More

काठमाडौं: बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका छन् । मंगलबार मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाएका हुन् । प्रदेश सरकाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भूमिका खेलेको भन्दै मुख्यमन्त्री पौडेलले उनीहरुलाई हटाउनुभएको बताइएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल नेकपा केपी शर्मा ओली समूहका हुन् भने जम्मकट्टेल र माझी प्रचण्‍ड–नेपाल समूहका हुन् । पौडेलविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

Read More

काठमाडौं: मंगलबार सेयर बजार ५ अंकले बृद्धि हुँदै २०१२ अंकमा पुगेर बन्द भएको छ। सुरुवाती समयमा २०/२२ अंक सम्मले बढेको बजार अन्त्यतिर सम्हालिन नसक्दा मात्र ५ अंकको वृद्धि सहित बन्द भएको हो। ८० प्रतिशत हकप्रद सेयर जारी गरेपछि मूल्य समायोजन भएको नागरिक लगानीकोको सेयर मूल्य १० प्रतिशतले बढेको छ। कम्पनीको सेयर प्रति कित्ता ३०६२ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै नारायणी डेभलोपमेन्ट बैंकको सेयर मूल्य पनि १० प्रतिशतले बढ्दा हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य ७ प्रतिशत र शिवम सिमेन्ट र हिमालयन डिस्टिलरीको सेयर मूल्य करिब ५/५ प्रतिशतले बढेको छ। सर्वाधिक घट्ने कम्पनीमा भने मल्टिप्रपोज फाइनान्सको सेयर मूल्य ६ प्रतिशतले घट्दा सानिमा…

Read More

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको छ । यसअघि सोमबार ९हिजो०को तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० थियो । पछिल्लो २४ घण्टामा थप ७३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५१ हजार ३१२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।…

Read More

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कलंकको टीका लगाएको बताएका छन् । संसद विघटन गरेर प्रधानमन्त्रीले इतिहासमा कहिल्यै नमेटिने गल्ती गरेको बताउँदै प्रचण्डले माफी नमिल्ने गल्ती गरेको बताए । उनले प्रधानमन्त्री ओलीले आत्मआलोचनासहित माफी नमागेसम्म जनताले छुट नदिने बताए । उनले प्रधानमन्त्री ओलीले ‘म अपराधी हुँ भन्दै आफ्ना गलत कमद सच्याएपछिमात्र जनताले माफी दिनेछन् । नत्र यो अपराध इतिहासमा कहिल्यै मेटिने छैन् ।’

Read More