काठमाडौं: मंगलबार सेयर बजार ५ अंकले बृद्धि हुँदै २०१२ अंकमा पुगेर बन्द भएको छ।
सुरुवाती समयमा २०/२२ अंक सम्मले बढेको बजार अन्त्यतिर सम्हालिन नसक्दा मात्र ५ अंकको वृद्धि सहित बन्द भएको हो।
८० प्रतिशत हकप्रद सेयर जारी गरेपछि मूल्य समायोजन भएको नागरिक लगानीकोको सेयर मूल्य १० प्रतिशतले बढेको छ। कम्पनीको सेयर प्रति कित्ता ३०६२ रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै नारायणी डेभलोपमेन्ट बैंकको सेयर मूल्य पनि १० प्रतिशतले बढ्दा हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य ७ प्रतिशत र शिवम सिमेन्ट र हिमालयन डिस्टिलरीको सेयर मूल्य करिब ५/५ प्रतिशतले बढेको छ।
सर्वाधिक घट्ने कम्पनीमा भने मल्टिप्रपोज फाइनान्सको सेयर मूल्य ६ प्रतिशतले घट्दा सानिमा माइ हाइड्रो, सेन्ट्रल फाइनान्स र युनाइटेड मोदीको सेयर मूल्य ४/४ प्रतिशतले घटेको छ।
नबिल बैंकको ५३ करोड रुपैयाँको सेयर किनबेच हुँदा शिवम सिमेन्टको २७ करोड, ग्लोबल आइएमईको २३ करोड, हिमालयन डिष्टिलरीको २० करोड, नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाइफको १८/१८ करोड रुपैयाँको कारोबार भएको छ।
२०९ कम्पनीको ८० लाख कित्ता सेयर ४ अर्ब रुपैयाँमा किनबेच भएका छन्। ६५ कम्पनीको मात्रै मूल्य बढ्दा १७ कम्पनीको मूल्य भने स्थिर रहेको छ। बाँकी कम्पनीको मूल्य घटेको छ।
