Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: चोयाले बुनेको चिटिक्कको डाली । अनि डालिभरि कालो मास । मास पनि धादिङको । जहाँको मास र अन्य दलहन गेडागुडी मलेखु बजारको मुख्य आकर्षक हो । मलेखु भएर काठमाडौँ भित्रबाहिर गर्ने जोसुकै यात्रुको पनि विशेष कोशेली बन्ने गर्दछ यहाँको मास र गेडागुडी । धादिङको नीलकण्ठ नगरपालिकामा बिहीबार आयोजित एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्र्याइएको जिल्लाको यो रैथाने उत्पादनको जिल्लामा निकै चर्चा भयो । धादिङ जिल्ला उद्योग वाणिज्य सङ्घले ‘मायाको चिनो’ अर्थात् कोशेलीका रूपमा अतिथिलाई डालीभरि मास दिएपछि अतिथिहरु आश्चर्यमा पर्नुभयो र जिल्लाका मिडियामार्फत् बिहीबार एक डाली मासको चर्चा पनि चल्यो । कार्यक्रमको आयोजक थियो जिल्ला उद्योग वाणिज्य संघ, धादिङ र…

Read More

काठमाडौं: सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड) लाई परिमार्जन गरी लागू गरेको छ । पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउने जस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ । परिमार्जित राष्ट्रिय भवन संहितालाई बिहीबार राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ । नयाँ कोडले भवन मात्र नभएर जलविद्युत आयोजनाका बाँध, विद्युतगृह, सुरुङजस्ता भूमिगत संरचना निर्माणका लागि मार्गदर्शन प्रदान गर्नेछ । शहरी विकास मन्त्री कुलमान घिसिङले यो परिमार्जित कोड देशको सुरक्षित भविष्य निर्माणका लागि कोशेढुंगा रहेको बताए । मन्त्री घिसिङले नयाँ कोड अनुसार बनाइएका भवनबाट आगामी दिनमा आउन सक्ने…

Read More

काठमाडौं: विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम मसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई निरन्तरता नदिएका १० उद्योगले किस्ताबन्दीलाई निरन्तरता दिएका छन् । यसरी, नेपाल विद्युत प्राधिकरणले ३५उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको छ । ३५ उद्योगको कुल बक्यौता ५ अर्ब ९४ करोड ५६ लाख रुपैयाँ थियो । अब ५ अर्ब ७० करोड ६८ लाख रुपैयाँ बक्यौता असुल गर्न बाँकी रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता हो ।…

Read More

काठमाडौं: विश्व बैंकले नेपालको वृद्धि आर्थिक वर्ष २०२५ मा ४.६ प्रतिशतबाट घटेर आर्थिक वर्ष २०२६ मा २.१ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । गत सेप्टेम्बरको आन्दोलन र त्यसपश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई मध्यनजर गर्दै यस्तो प्रक्षेपण गरेको हो । आर्थिक वर्ष २०२७ मा भने पुन:निर्माणका प्रयासमा हुने प्रगतिले आर्थिक वृद्धिदर ४.७ प्रतिशत पुग्ने अनुमान गरिएको छ । बिहीबार (आज) सार्वजनिक भएको नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदनका अनुसार सबैभन्दा बढी सेवा क्षेत्र प्रभावित हुने अपेक्षा छ । यद्यपि यो प्रक्षेपण अझै पनि अनिश्चित रहेको छ । राजनैतिक परिवर्तनको सफलता र दिगो सुदृढ आर्थिक व्यवस्थापनको प्रत्याभूतिले लगानीकर्तालाई प्रोत्साहित आर्थिक सुधारलाई गति दिन सक्ने…

Read More

काठमाडौं: आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.५६ अंकले घटेको छ । ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेर २५४४.५९ बिन्दुमा पुगेको हो । आज भएको सेयर कारोबारमा १९८ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ४९ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । तर, आज ७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज भूगोल इनर्जी डेभलपमेन्टको सेयर बिक्री गर्नेले सबैभन्दा नाफा कमाए भने दरमखोला इनर्जीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । नेप्से घट्दा उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेको छ ।

Read More

काठमाडौँ: नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’काबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। बुधबार पेरिसडँडामा आयोजित कार्यक्रममा हस्ताक्षर भएको हो। ७ बुँदे सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र रावलले हस्ताक्षर गरेका छन्। सम्झौतामा ६ महिनाभित्र राष्ट्रिय एकताको महाधिवेशन गर्ने, सामूहिक नेतृत्व प्रणाली हुने र रावलको जिम्मेवारी चाँडै टुंग्याउने उल्लेख गरिएको छ। आजै नेपाली कम्युनिस्ट पार्टी र रावल नेतृत्वको अभिायनबीच एकताको घोषणा गर्न औपचारिक कार्यक्रम आयोजना गरिएको छ।

Read More

काठमाडौँ: गत असार २४ गते चीनको ल्हेन्दे खोलामा गएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको नितेरी पुल बगाउँदा नेपाल र चीनबिचको मालसामान ढुवानी पूर्णरूपमा अवरुद्ध भएको छ। बाढीले जनधनसहित ठूलो संख्यामा ट्रक र कन्टेनरहरूमा क्षति पु¥याएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले बुधबार परराष्ट्र मन्त्रालयमा पत्र दिदैँ तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ। महासंघका महासचिव राजेन्द्र विक्रम बाँनिया अनुसार २०८२ असार २४ गते आएको बाढीले केरुङ नाका वरपरका क्षेत्रहरूमा व्यपाक क्षति पुर्‍याएको र जसका कारण नेपालतर्फका सयौं ट्रक कन्टेनरहरू बगाएका र झण्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएका छन्। ती कन्टेनरहरूमध्ये धेरैमा नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड रहेको…

Read More

काठमाडौँ: नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । बुधबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेको हो । बुधबार चाँदी प्रतितोला ३ हजार १७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा खरिदबिक्री भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण…

Read More

काठमाडौँ: दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम मंगलबार तिरेको छ।पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत लाइन मंगलबार साँझ जडान गरिएको छ। सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो । सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरेर सोनापुर मिनरले ८६ लाख ३० हजार रुपियाँ पहिलो किस्ता बुझाएको हो ।

Read More

काठमाडौं: मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या तत्कालका लागि समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार राति अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो । सहमतिअनुसार, आयोजना प्रभावित क्षेत्रमा रहेका स्थानीय तह, स्थानीय सामाजिक उत्थान कार्यक्रम समितिहरू, बाढीपीडित सङ्घर्ष समिति, स्थानीय भेण्डर तथा भाडावाल जस्ता विभिन्न सम्बोधन गरिने छ । आयोजनाबाट वितरण हुने खानेपानीको परिपूरण निर्धारणका सम्बन्धमा यसअघि गठन भएका समितिका प्रतिवेदन समेतका आधारमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग समन्वय गरी पैँतालीस दिनभित्र मन्त्रिपरिषदमा पेश गरिने सहमति भएको छ । सरकार र समितिबीचको सहमति यस्तो छ१)…

Read More