Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: राष्ट्रिय खाद्य बैँकले पहिलो चरणमा २३ वटा जिल्लामा अन्न उत्पादनको तयारी गरेको छ । बैंकका अध्यक्ष शंकर उप्रेतीले पहिलो चरणमा २३ वटा जिल्लामा अन्न उतपादन गर्ने प्रक्रिया अगाडि बढाएको बताउका हुन् । शनिबार पत्रकार सम्मेलनको आयोना गरेर उनले यस्तो बताएका हुन् । ‘असल माटो भए मात्र असल उत्पादन गर्न सकिन्छ, राष्ट्रिय खाद्य बैँकले २३ वटा जिल्लामा अन्न उत्पादन गर्न लागेको छ, विस्तारै अन्य तरकारी र फलफुलहरु उत्पादन गर्दै जाने छौं,’ उनले भने । काठमाडौको नँया बानेश्वरमा केन्द्रिय कार्यालय भएको बैँकले सबै प्रदेशमा प्रादेशिक कार्यालय र ७७ वटै जिल्लामा जिल्ला कार्यालय र विस्तारै आवश्यकता अनुसार विभिन्न पालिका तथा वडाहरुमा…

Read More

काठमाडौं । नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बोर्डको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ५ चैतमा बोर्ड गठन भएको थियो । बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि राखिएको छ । बोर्ड गठन भएपछि पहिलोपटक बसेको बैठकले गुटगत गतिविधिमा संलग्नलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

Read More

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् । एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।

Read More

काठमाडौं: उद्योगी तथा व्यवसायी किशोर प्रधान नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानसहित २३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडले दावी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले खादा ओढाएर उद्योगी व्यवसायीलाई पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका प्रधान यसअघि नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुईपटक पराजित भएका थिए । पहिलोपटक शेखर गोल्छासँग पराजित भएका थिए भने यसैवर्ष उनले चन्द्र ढकालसँग हार बेहोरेका थिए । प्रधानसँगै सिताराम अग्रवाल, हितेश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाइँ, मदन मित्तल, अजय सरावगी लगायतका उद्योगी व्यवसायी पनि पार्टी नेकपा एमालेमा प्रवेश गरेका छन्…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शासकीय अव्यवस्था र सरकारले जनतालाई विकासमा मार्गदर्शन गर्न नसकेका कारण नेपाल गरिब देश भएको बताएका छन् । शुक्रबार सांझ बालुवाटारमा उद्योगी व्यवसायीहरूसँगको भेटघाटमा उनले शासकीय अव्यवस्था र सही नीति निर्धारण हुन नसक्नु तथा भएका नीतिको पनि सही कार्यान्वयन हुन नसक्नु लगायतले मुलुकलाई गरिब बनाएको तर्क गरे । तर वर्तमान सरकार विकासको गतिमा अघि बढेको र सोही अनुसार पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेकाले अब मुलुक आधुनिकता तर्फ लम्कने आश्वासन दिए । उनले भने, “हामी देश विकास गर्न चाहन्छौं । यो गरिब हुनै नहुने देश । गरिब हुनै नसक्ने देश । गरिब हुनै नपर्ने देश तर यथार्थमा…

Read More

काठमाडौं: नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै उनले हालै भएको राष्ट्रिय भेलामा पनि आफुहरुले पार्टी फुटाउने कुरा नगरेको बताएका हुन् । आफुहरु सँधै पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसला अनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका सबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भएपनि अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको स्पष्ट पारे । राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीलाई कारवाही गर्ने अध्यक्षले चेतावनी दिएपनि कसैको पनि पद र जिम्मेवारी…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोही अवधिमा १२३ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ । मन्त्रालयको तथ्यांक अनुसार हाल सक्रिय संक्रमितको संख्या १ हजार १ रहेको छ । ५१ जना क्वारेन्टाइनमा छन् । आज नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १६ पुगेको छ…

Read More

काठमाडौँ: हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य बढेको भन्दै फयूल सरचार्ज ७० रुपैयाँसम्म वृद्धि गरेको छ । संघले न्यूनतम ५ रुपैयाँ देखि ७० रुपैयाँसम्म फ्यूल चार्ज बढाएको हो । नेपाल आयल निगमले चैत ३ गतेदखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको छ । हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणाली अनुसार मूल्य लागू गर्ने निर्णय भएको संघले जनाएको छ । निर्णयअनुसार संघमा आबद्ध वायु सेवा कम्पनीले चैत ७ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त…

Read More

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले रेशम चौधरीको रिहाइसम्बन्धी मागलाई सत्ताका लागि ‘लेनदेन’ को विषय नबनाउन आग्रह गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा दलीय आधारमा सम्बोधन गर्दै उनले सरकारलाई रेशम चौधरीको विषयलाई सिके राउत र नेत्रविक्रम चन्दकोभन्दा फरक रुपमा नबुझ्न आग्रह गरे । पूर्ववक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सम्बोधन गर्दै उनले भने, ‘परराष्ट्रमन्त्रीज्यू मेरो मित्र पनि हो र उहाँ वाक कलामा चातुर्य हुनुहुन्छ । उहाँले राजनीतिक उपलब्धिका यहाँ बखान गरेर जानुभयो, उहाँलाई साधुवाद छ ।’ परराष्ट्रमन्त्री ज्ञवालीले सिके राउत र नेत्रविक्रम चन्दलाई शान्तिपूर्ण आन्दोलनमा ल्याएको कुरा गरेको सन्दर्भलाई जोड्दै यादवले भने, ‘तपाईले यो…

Read More

काठमाडौं : काठमाडौंको दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा मृत फेला परेका दुवै जना स्कुले विद्यार्थी भएको सनाखत भएको छ। आज शुक्रबार जंगलमा भेटिएका दुवै जना १७ र १८ वर्षका विद्यार्थी भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता ९एसपी० रमेश बस्नेतले बताए। मृतकमध्ये एक जना नुवाकोटको छापाका १६ वर्षीय अर्जुन खड्का र अर्का काभ्रेको भुम्लुका १७ वर्षीय मंगल तामाङ रहेको खुलेको हो। मृतकका आफन्तले शवको पहिचान गरेका हुन्। उनीहरु दुवै जना बाङ्गेमुडामा डेरा गरी बस्थे। अर्जुन असनस्थित टेउडा स्कुलमा र मंगल क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा पढ्थे। शव फेला परेको स्थाननजिकै दुई वटा विषको बट्टा पनि भेटिएको तर उनीहरुले…

Read More