Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
- रसुवागढी आयोजनाको सुरुङभित्र कोही फेला परेनन्, खोजी सकेर सेनाको टोली फर्कियो
- बाढीबारे सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री शाह
- रसुवा बाढीमा निधन भएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”
- प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
- रसुवामा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल (विश्व) नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो। ‘तीन सदस्यीय सिफारिस समितिले राष्ट्र बैंकको गभर्नरमा तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस भएकामध्येे डा. विश्वनाथ पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय भएको छ,’ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भने। समितिले निलम ढुंगाना र डा. दिनेश भट्टराईको नाम पनि सिफारिस गरेको थियो। गभर्नर नियुक्तिको विषयलाई लिएर मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। छलफलमा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। सोही बैठकमा सहमति जुटेपछि…
काठमाडौँ: प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। सोमबार प्रधानमन्त्री ओली र सभापति देउवाबीच कुराकानी गर्ने भने पनि प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले नै सभापति देउवालाई ‘मलाई सञ्चो भएन, आज भेट नगरौं’ भनेका थिए। प्रधानमन्त्री ओली र सभापति देउवाबीच मंगलबार समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भइरहेको हो। लामो समयदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त हुन सकेको छैन। उनीहरूबीच यस विषयमा पनि कुराकानी हुने भएको छ। गभर्नरमा सभापति देउवाले यसअघि नै अर्थविद् प्रा.डा.…
काठमाडौँ: सरकारले आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पने निर्णय गरेको छ। गत महिना सरकारको मन्त्रिपरिषदले आयोडिनयुक्त नुन (उत्पादन तथा विक्रीवितरण) ऐन, २०५५ लागु गर्ने निर्णय गरेको आउँदो साउन १ गतेबाट कार्यान्वयन गर्ने गरी बैशाख २२ गते राजपत्रमा सूचना नै जारी गरिसकेको छ। पछिल्लो छ दशकदेखि साल्ट ट्रेडिङ कर्पोरेसनले विक्री गर्दै आए पनि नयाँ ऐन कार्यान्वयनमा आएसंगै साल्ट ट्रेडिङबाहेक अन्य निजी उद्योगीले पनि आयोडिन नुनको आपूर्ति तथा कारोबार गर्न पाउने छन् ।सो ऐनमा नुन कारोबार गर्न इच्छुक सबैलाई आनुमति दिन सक्ने व्यवस्था छ । पछिल्लो पटक स्वास्थ्य मन्त्रालयको प्रस्तावमा उक्त ऐन व्युंताइएको हो।
काठमाडौं: “जलस्रोत विधेयक २०८१” प्रतिनिधिसभाबाट बहुमतका साथ पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले प्रस्ताव गर्नुभएको संशोधित दफासहितको विधेयक बहुमतका साथ पारित भएको हो । यसअघि प्रतिनिधिसभामा पेश भइसकेको विधेयकलाई प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा दफावार छलफल गरिएको थियो। छलफलपछि तयार पारिएको प्रतिवेदनसहित मन्त्री खड्काले विधेयक संसदमा प्रस्तुत गर्नुभएको थियो । विधेयक पारित भएपछि सत्ता र प्रतिपक्ष दुबै तर्फका सांसदहरुले यसको स्वागत गरेका छन्। विधेयक मूलतः संघीय संरचना अन्तर्गत संघ, प्रदेश र स्थानीय तहबीच जलस्रोतसम्बन्धी आयोजनाको विकास, सञ्चालन, दायित्व तथा अधिकार र राजश्व बाँडफाँट गर्न कानुनी ढाँचा तयार गर्ने उद्देश्यले ल्याइएको हो। साथै, सतह…
काठमाडौं: सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुनर्सरचनाका लागि प्रा.डा.गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुर्नसरचना सुझाव समिति गठन गरेको छ । समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा.ईश्वरी कडरीया र डा.यज्ञ गजाधर खड्का सदस्य रहनु भएको छ ।उच्चस्तरीय समितिका पदाधिकारीहरुलाई पत्र हस्तान्तरण गर्नुहुदै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समय सापेक्षरुपमा सुधार गर्न उच्च स्तरीय समितिले उपयुक्त प्रस्ताव पेश गर्ने अपेक्षा व्यक्त गर्नुभयो । समितिलाई ९० दिनको कार्यअवधी दिएको छ । नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्र्दभमा उच्चस्तरीय समिति गठन गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । विगतमा भएका अध्ययनहरुले…
काठमाडौँ: नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथा आरोहण गरेकी छन्। शेर्पाले सोमबार बिहान ८:५६ बजे सफलतापूर्वक सगरमाथा आरोहण गरेको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले बताए। प्रवक्ता थापाका अनुसार कुन्जाङ सगरमाथा चढ्ने पहिलो महिला प्रहरी अधिकारी हुन्। शेर्पा प्रहरी प्रधान कार्यालयकै महिला तथा बालबालिका निर्देशनालयमा कार्यरत छिन्। उनले महिला तथा बालबालिका सम्बन्धि हुने हिंसाकाविरुद्ध सन्देश दिन सगरमाथा आरोहण गरेको प्रवक्ता थापाले बताए। कुन्जाङलाई सफलतापूर्वक सगरमाथा आरोहण गरेकोमा प्रहरी महानिरीक्षक दीपक थापाले बधाई दिएका छन्।
काठमाडौं । नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुगेको छ । सोमबार सुपर ३ अन्तर्गत यूएईसँगको खेल जित्दै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपालले युएईलाई ५ विकेटले हरायो । यूएईले दिएको ११५ रनको लक्ष् नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ३४ रन बनाइन् । त्यसअघि यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाउँदै नेपाललाई ११५ रनको लक्ष्य दिएको थियो । यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै तीर्था सतिशले २१ तथा हीना होचन्दानीले २० रन…
रासस काठमाडौँ: स्तरोन्नतिको काम जारी रहेको काभ्रेको साँगा–धुलिखेल सडकखण्डको कालोपत्र सुरु भएको छ। धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ। अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार भइरहेको छ। सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा साँगा–धुलिखेल खण्ड कालोपत्र शुरु गरिएको हो। धुलिखेल मुख्यचोकदेखि बनेपातर्फको बाँसघारीसम्म एक किलोमिटर सडक अहिले कालोपत्र शुरु गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए। हाल आधुनिक प्रविधिबाट कालोपत्रको पहिलो तह सकेर दोस्रो तहको काम भइरहेको जनाइएको छ। खनालका अनुसार सडकको मुख्य भागमा ८० सेन्टिमिटरको कालोपत्र हुने छ। पहिलो तहमा ३० देखि ३५ समीको ‘सबबेस’, त्यसपछि…
काठमाडौँ । पटक-पटक पेसी तोकिँदै हेर्न नमिल्ने हुँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज हेर्न मिल्ने इजलासमा सुनुवाइ हुने भएको छ । आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा उक्त पेसी परेपछि पाँचौँपटक हेर्न नमिल्ने भएको थियो । पटक-पटक हेर्न नमिल्ने भएपछि सोही इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो । लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटसँग उनी र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर अन्य दुई रिट लगाउमा रहेका छन् । वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी…
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । सबै प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। सोमबार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत…