Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: बहुप्रतिक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बालुवा थिग्राउने पोखरी (डिसेन्डर) को परीक्षण सुरु भएको छ । विद्युत उत्पादन सुरु गर्नुअघि कुनै समस्या भए/नभएको पहिचान गर्न आइतबारबाट पोखरीमा पानी भरेर परीक्षण सुरु गरिएको हो । अबको १ सातासम्म पोखरीमा पानी भरेर परीक्षण गरिने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । ‘बिहानैदेखि तामाकोसी नदीको पानी पोखरीमा जम्मा गरिरहेका छौं,’ उनले भने, ‘ पोखरी पूर्णरूपमा भरिन ४/५ दिन लाग्छ । पोखरी भरेर परीक्षण गरेपछि समस्या भए/नभएको थाहा हुनेछ ।’ तामाकोसी नदीको पानी यही पोखरीमा थिग्राएर मुख्य सुरुङ हुँदै विद्युतगृहमा लगेर खसाली विद्युत उत्पादन सुरु गरिनेछ । सबै संरचनाको परीक्षण…

Read More

काठमाडौँ: कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगलाई सरकारले बिजुलीको डिमान्ड शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको छ। मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले होटल तथा रेस्टुरेन्ट उद्योगलाई लकडाउन अवधिको विद्युतको डिमान्डशुल्क शतप्रतिशत छुट गर्ने निर्णय भएको जानकारी दिएका हुन्। २०७६ चैत ९ देखि २०७७ को माघसम्म डिमान्ड शुल्क छुट दिने सरकारले निर्णय गरेको छ। उत्पादनमुलक उद्योगहरुलाई सरकारले यसअघि नै यस्तो छुट दिने निर्णय गरिसकेको थियो। होटल तथा पर्यटन व्यवसायीहरुले भने छुट पाउनुपर्ने माग गर्दै आएका थिए। मन्त्री गुरुङले दिएको जानकारीअनुसार होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुले लकडाउन सुरु भएको मितिदेखि गएको…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले मौरिससको एम एण्ड एम रेमिटसँग कुनै पनि वित्तीय कारोबार नगर्न बैंक वित्तीय संस्था रेमिट कम्पनीलाई निर्देशन दिएको छ । कम्पनीले रेमिट कारोबारमा नेपाली पर्टिप्रति इमान्दार नभएपछि केन्द्रीय बैंकले कारोबार नगर्न भनेको हो । केन्द्रीय बैंकले सुचना जारी गर्दै कम्पनीले कम्पनी बाँकी कारोबार छ भने भुक्तानी लिन भन्दै आगामी दिनमा थप कारोबार नगर्न भनेको छ । एम एण्ड एम रेमिटसँग सहकार्य गरी विप्रेषण कारोबार नगर्न र गरेकाले रकम लिनु पर्ने भए उठाउन समेत केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

Read More

काठमाडौँ: स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६-१ गोलले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले दुई दुई गोल गरे । एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । सोसिडाडका एण्डरले रक गोल फर्काए । यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान बनाएका छन् । मेस्सी बार्सिलोनाका लागि ७ सय ६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन् । मेस्सीले पूर्व खेलाडी जाभीको कीर्तिमान भङ्ग गरेका हुन् । जितसँगै बार्सिलोना २८ खेलमा ६२…

Read More

काठमाडौँ: राष्ट्रपति भण्डारी दुई दिने राजकीय भ्रमणका लागि आज बंगलादेश जाने भएकी छन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको निमन्त्रणामा भण्डारी भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तिमा सहभागी हुन् भण्डारी बंगलादेश जान लागेकी हुन । उनी सोमबार र मंगलबार बंगलादेशका विभिन्न स्थानमा जाने र त्यहाँका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । सो कार्यक्रममा भण्डारी नेपाल बंगलादेशबीचको सम्बन्ध बारे प्रवचन दिने छिन् । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने र राजकीय भोजन कार्यक्रम समेत रहेको…

Read More

काठमाडौँ: सरकारले छिमेकी देश भारतमा कोरोना संक्रमण बढेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने भन्दै सभा, जुलुस, र्‍यालीलगायतका गतिविधि नगर्न आग्रह गरेको छ। आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति प्रकाशित गर्दै भीडभाड हुने गतिविधि नगर्न र दूरी कायम गर्न अनुरोध गरेको हो। मन्त्रालयले मास्कको प्रयोग अनिवार्य गर्न, साबुन पानिले हात धुन, सेनिटाइजरको प्रयोग गर्न र जनस्वास्थ्यसम्बन्धी मापदण्डको पालना गर्न पनि आग्रह गरेको छ। ‘विगत केही हप्तादेखि विश्व्भरि खासगरी छिमेकी देशहरुमा कोभिड १९ को संक्रमण बढ्दो क्रममा देखिएको छ’, प्रवक्ता प्राडा जागेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा,…

Read More

काठमाडौँ: नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने बताएका छन्। ओली पक्षको बैठकले रावलसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय शनिबार गरेको थियो। आइतबार ट्वीटमार्फत् रावलले आफूहरूलाई स्पष्टीकरण सोध्ने निर्णय अवैध भएको बताएका छन्। ‘केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अवैध छ। यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो,’ उनले भनेका छन्। उनले आफूहरूलाई स्पष्टीकरण सोध्ने निर्णय अवैध र हाँस्यास्पद भएको उल्लेख गरेका छन्। ‘त्यस्तो निर्णयलाई म पूर्णत: अस्वीकार गर्दछु,’ उनले भनेका छन्।

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकार टिकाउनका लागि नेकपा (एमाले) ले कुनै पनि किसिमको सम्झौता नगर्ने बताएका छन्। आइतबार मन्त्रिपरिषद्ले गरेको निर्णय सुनाउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सरकार टिकाउनका लागि नेकपा (एमाले) तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अनुचित र सिद्धान्तहिन गठबन्धन गर्नु आवश्यक नरहेको बताएका हुन्। सरकारमा रहे राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने अवसर सरकारलाई हुने र विपक्षमा भए आगामी निर्वाचनको तयारी गरेर फेरि पनि सिंहदरबार प्रवेश गर्ने प्रधानमन्त्री ओलीको आत्मविश्वास भएकाले एमालेको दुवै हातमा लड्डु भएको उनको भनाई छ। ‘सरकार अहिले टिक्नको लागि र टिकाउनको लागि कुनै अनुचित र सिद्धान्तहिन गठबन्धन गरेर…

Read More

काठमाडौँ: काठमाडौँ महानरगपालिका–१४ कलङ्कीमा अपरिचित व्यक्तिले प्रहार गरेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ । पहिचान नखुलेका अन्दाजी ५० वर्षका एक पुरुषको आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । टाउकोमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका उनको शहीद मेमोरियल अस्पताल कलङ्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ढुङ्गा हान्ने व्यक्ति फरार रहेकाले खोजी जारी रहेको र घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यता ललितपुर महानगरपालिका–१८ मञ्जुश्री टोलस्थित वाग्मतीमा अन्दाजी ६० वर्षका एक पुरुष मृत फेला परेको र उनको पहिचान नखुलेको जनाइएको छ ।

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जाने भएकी छन् । उनी यही चैत ९ र १० गते त्यहाँको राजकीय भ्रमण गर्दै छिन् । निगमको कलसाइन ९ एकेएक्स उडान नं आर ए ००१ जहाजमार्फत राष्ट्रपति सार्क मुलुक बङ्गलादेश प्रस्थान गर्ने उडान तालिका रहेको प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । काठमाडौँ बङ्गलादेश उडान अनुमानित एक घण्टा १० मिनेटको हुनेछ । राष्ट्रपति भण्डारी चैत १० गते बङ्गलादेशी समयानुसार अपराह्न ३ः४५ बजे काठमाडौँ फर्कने उडान तालिका छ । चार्टर्ड उडानको जहाजमा ‘रिफ्युलिङ एण्ड स्याम्पल टेष्टिङ’ उडान हुने दिन सोमबार…

Read More