Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

एजेन्सी: यूईएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा एट्लेटिको म्याड्रिडलाई चेल्सीले १-० ले पराजित गरेको हो । मंगलबार राति भएको खेलमा फ्रान्सेली फरवार्ड अलिभिएर जिरुडले ६८औँ मिनेटमा गरेको ओभरहेड किक गोल नै जितमा निर्णायक भयो । जितसँगै चेल्सीले क्वाटरफाइनलको सम्भावना बलियो बनाएको छ । अब चेल्सीले घरेलु मैदानमा हुने खेल बराबरी गरे मात्रै पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नेछ ।

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले स्थायी कमिटी बैठक बोलाएको छ । सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए । आकस्मिक भनिएको बैठकको एजेन्डा भने नखुलाइएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको उत्पन्न परिस्थितिका बारेमा छलफल हुने उनले बताए । बैठक ११ बजेलाई बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका थिए। मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचतको मिति घोषणा गरेकी थिइन्। सरकारको यो कदम असंवैधानिक भन्दै सर्वोच्च…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्ने निर्णय मंगलबार गरेको छ। यो फैसलासँगै अब राजनीति कसरी अगाडि बढ्छ, केपी शर्मा ओली कसरी हट्छन्, नयाँ सरकार गठनको प्रक्रिया के हो जस्ता प्रश्नहरू उठेका छन्। संविधानविद् विपीन अधिकारी प्रतिनिधि सभा पुनर्स्थापना भएपछि राष्ट्रपतिले संसद् बैठक आह्वान गर्नुपर्ने बताउँछन्। सर्वोच्च अदालतले आज फैसला सुनाउँदै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक राख्न परमादेश जारी गरेको छ। ‘प्रतिनिधि सभा पुनर्स्थापना भएकाले अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गर्नुपर्छ,’ उनले भने। प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरेका प्रधानमन्त्री केपी ओली कामचलाउ सरकार चलाइरहेका थिए। ‘हाउस डिजल्भ गर्ने प्रधानमन्त्री…

Read More

काठमाडौं: परराष्ट्रमन्त्री एवम् नेकपा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला अपेक्षित नभएको बताएका छन् । तर, फैसला मानेर जाने मन्त्री ज्ञवालीले बताए । ‘सामान्यतया अपेक्षित थिएन, फैसला । तर, देशको शासन मान्ने पार्टी भएकाले हामी अदालतको फैसलालाई स्वीकार गर्छौं’, उनले भने । जुन समस्या देखाएर संसद विघटन गरिएको थियो, त्यो समस्या भने अब कायमै रहने चिन्ता ज्ञवालीले व्यक्त गरे । ‘जे समस्या हुने देखेका थियौं, त्यो त कायमै रहने भयो । तर, यो कुरा पछि भयो । अहिलेलाई अदालतको फैसला स्वीकार गर्छौं’, उनले भने ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला संविधान र व्यवस्थाको पक्षमा भएको बताएका छन् । सर्वोच्चको संवैधानिक इजलासले मंगलबार प्रतिनिधिसभा विघटनलाई बदर गरेको थियो । त्यसबारे अनलाइनखबरलाई प्रतिक्रिया दिँदै थापाले भने, ‘प्रधानमन्त्रीले नेपालमा सबैलाई मिलाउन सक्छु भन्ने ठान्नु भएको थियो । त्यसलाई सर्वोच्चले गलत सावित गर्दै संविधान र व्यवस्थाको पक्षमा निर्णय गरेको छ ।’ यसले सिंगो व्यवस्थाप्रति आशा भरोसा बढाएको उनले बताए । संसद पुनर्स्थापनासँगै बल संसदको कोर्टमा गएको र संसदले अड्किएको राजनीतिको निकास दिने थापाले बताए । उनले अघि भने, ‘संविधानमाथि अपराध गर्नेलाई दण्ड दिनुपर्छ । उनीहरुलाई दण्ड दिइएन भने भोलि पनि…

Read More

काठमाडौं । भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले नेपालमा प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको निर्णय राम्रो खबर भएको बताएका छन् । भारतको माथिल्लो सभा राज्य सभाका सदस्य समेत रहेका उनले नेपालका प्रजातान्त्रिक नेताहरु आफ्नो सम्पर्कमा रहेका र प्रजातन्त्र पुर्नवहाली हुने आशा समेत रहेका बताएका छन् । उनले भनेका छन्, ‘अब भारत–नेपाल सम्बन्धमा सुधार आउने छ ।’ सर्वोच्च अदालतले मंगलबार संसद विघटन गर्ने निर्णय बदर गर्न आदेश दिएको छ । साथै, १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि भनेको छ ।

Read More

काठमाडौँ — सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्चको मंगलबार बसेको संवैधानिक इजलासले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । पूर्णपाठ पढ्न तलको लिंकमा जानुस् https://drive.google.com/file/d/10henPKFHDUD4KFr3No8aof8_10wz994w/view

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्धका रिटमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदरको फैसला स्वागतयोग्य भएको बताएका हुन् । ‘मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थिएँ । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ।’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै भएको उनले बताएका छन् । सर्वोच्चले संसद विघटन बदर गरेर…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै काठमाडौंको शान्तिवाटिका र माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ, विवेकशील लगायतले दीप प्रज्ज्वलन गरेका हुन् । उनीहरुले सम्मानित अदालतले स्वागत योग्य निर्णय गरेको बताउँदै जनताको जित भएको जनाउँदै नाराबाजी समेत गरेका छन् ।

Read More

काठमाडौं: नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले संसद पुनर्स्थापना गर्ने फैसलाले अदालतप्रति विश्वास अझ गहिरो भएको बताएका छन् । सर्वोच्च अदालतले मंगलबार संसद विघटनलाई असंवैधानिक भएको ठहर गरेको थियो । र, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ । कांग्रेस नेता रिजालले भने, सुरुदेखि नै मैले संसद विघटनलाई असंवैधानिक भनेको थिएँ । आजको फैसलाले अदालतप्रति हाम्रो विश्वास गहिरो भएको छ । संविधान जोगिएको छ ।’ यद्यपि संसदले २ वर्षसम्म रहने उपादेयता भने गुमाएको उनले बताए । कांग्रस नेता रिजालले अघि भने, ‘संविधान नै उल्टाउन खोज्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नभए संसदले उहाँलाई हटाउँछ ।’

Read More