Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि दुई सर्त अघि सारेको छ। सरकारले वार्ताको वातवरण बनाउन पार्टीमाथिको प्रतिबन्ध फुकुवा, गिरफ्तार गरिएका नेताहरुलाई रिहाइ गर्नुपर्ने सो पार्टीका एक उच्च नेताले बताए। विप्लवनिकट उच्च स्रोतका अनुसार पक्राउ परेका नेता धर्मेन्द्र बास्तोलासँग तीनपटक छलफल गरेपछि सरकार विप्लवसँग वार्ता गर्ने निर्णयमा पुगेको हो। सरकारले सकारात्मक वातावरण बनाए महासचिव विप्लव नै सार्वजनिक हुने ती नेताले बताए। अहिले विप्लव सरकारको जवाफको प्रतीक्षामा रहेको उनको भनाइ छ। शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले सरकारले सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग संवाद र वार्ता गर्न सकारात्मक रहेको जनाएका थिए। ‘हामी सरकारको जवाफ कुरिरहेका छौँ,’…
काठमाडौँ: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेस भएको छ। मुख्यमन्त्री राईपक्षले बहिष्कार गरेपछि ढिलो गरी सुरु भएको प्रदेश सभा बैठकमा सभामुखले अनुमति दिएपछि अविश्वासको प्रस्तावका प्रस्तावक सांसद इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेस गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेकपा विभाजित भएको छ। नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई साथ दिएको, पार्टी विरोधी गतिविधि गरेको लगायतका आरोप लगाउँदै गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध ३७ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। जसमध्ये ४ सांसदले हस्ताक्षर फिर्ता लिएका छन्। प्रचण्ड–नेपाल समूहले भने…
दोलखा: घरायसी विवादका कारण दोलखामा एक व्यक्तिले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी विभत्स हत्या गरेका छन्। कालिञ्चोक गाँउपालिका–६ खारेबेसीका २७ वर्षीय हिमाल थामीले २३ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन्। शुक्रबार मध्यराति करिब २ बजे थामीले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए। श्रीमती हत्या गरी भागेका थामीलाई प्रहरीले कालिन्चोक–७ बाट पकउ गरेको छ। राती २ बजे घटना भएको खबर आएपछि खबर पाए लगतै डीएसपी रिजाल आफैं घटनास्थल पुगेका थिए। श्रीमतीको हत्यापछि थामी गाँउ छाडेर भाग्ने तयारीमा थिए। प्रहरीले गाँउलाई चारैतिर घेरा हालेर थामीलाई पक्राउ गरेको डिएसपी…
काठमाडौँ: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न सभामखु प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन्। आज बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिएका हुन्। सभामुखले भने अस्वीकार गरेका छन्। ‘उहाँले सभामुखज्यूलाई सूचना टाँसेर आजको बैठक स्थगन गर्न आग्रह गर्नुभयो’, मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘सभामुखले आज अविश्वास टेबल हुन्छ म रोक्न सक्दिनँ भन्नुभयो।’ मुख्यमन्त्री पक्षले प्रदेशसभा अवरोध गर्दै आएको छ। यसलाई विपक्षी दलहरुले सरकारको आयु लम्ब्याउने प्रयास भएको बताएका छन्। आज दुई बजेका लागि प्रदेशसभाको बैठक आह्वान भएको छ। यसअघि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो। सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४…
इलाम, ९ फागुन (रासस) : यही फागुन १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय परिचयपत्रका लागि इलाममा अभियान सञ्चालन गरेर विवरण सङ्कलन हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट खटिएका कर्मचारीले वडावडासम्म पुगेर परिचयपत्रका लागि व्यक्तिगत र जैविक तथ्याङक सङ्कलन गर्नेछन् । एउटा वडामा बढीमा चार वटासम्म एकाइ स्थापना गरेर तथ्याङक सङ्कलन गर्ने विभागले जनाएको छ । स्थानीय तहको आवश्यकतानुसार एक पालिकामा ३८ देखि ४२ वटासम्म एकाइ राखिने छ । विभागले स्थानीय तहसँग समन्वय गरेर तथ्याङ्क सङ्कलन गर्ने योजना बनाएको छ । एउटा वडामा बढीमा १५ दिन तथ्याङ्क सङ्कलनको काम हुनेछ । इलाम नगरपालिकामा तथ्याङ्क सङ्कलन सम्पन्न भएपछि पालैपालो अरु…
काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् पुनर्स्थापना भए आन्दोलन गर्ने भनी दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । शर्माले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति पदीय गरिमा विपरीत भएको भन्दै विरोध जनाएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै शर्माले भनेका छन्, ‘दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति दिने प्रधानमन्त्रीको मन्तव्य पदीय गरिमा विपरीत छ ।’ प्रदेश १ को राजधानी विराटनगरमा शनिबार प्रधानमन्त्रीको समूहको पार्टीले आयोजना गरेको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन संविधानसम्मत गरिएको भन्दै प्रतिनिधिसभा पुनर्स्थापना नहुने र यदि भए आन्दोलन गर्ने चेतावनी दिएका थिए । प्रधानमन्त्रीले नै संसद विघटनको मुद्दामा चेतावनी दिएको भन्दै सामाजिक…
काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) र कतार एयरवेजबीच बैंकका ग्राहकहरुलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्रि म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट/क्रेडिट/प्रिभिलेज कार्ड बाहक ग्राहकवर्गले अनलाइन बुकिङ्ग मार्फत कतार एयरवेजको टिकट खरिदमा १०५ सम्म छुट प्राप्त गर्नेछन् । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको…
काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आज आइतबार भारत जाने भएका छन्। उपचारका लागि उनी नेपाल वायुसेवाको जहाजबाट नयाँ दिल्ली जाने भएका हुन्। । पेटमा समस्या देखिएपछि डा. भट्टराईले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा उपचार गराइरहेका छन्। तर चिकित्सकले न्युरो-इन्डोक्राइनको ट्युमर (Neuroendocrine Tumour) भएको आशंका गरी सिफारिस गरेकाले उनी थप उपचारका लागि दिल्ली जान लागेका हुन्। दिल्लीमा डा. भट्टराईले ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा उपचार गराउनेछन्। त्यस क्रममा उनी त्यहाँस्थित नेपाली दूतावासमा बस्नेछन्। डा. भट्टराईसँग पत्नी पूर्वमन्त्री तथा नेतृ हिसिला यमी, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य र उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे हुनेछन्।
काठमाडौँ: नेपालले भारतसँग किन्ने भनेको २० लाख डोज कोभिड खोपमध्येको १० लाख मात्राको पहिलो खेप आज आइतबार काठमाडौं आइपुग्ने भएको छ। नेपाल सरकारले सेरम इन्सिटिच्युट अफ इन्डिया नामक भारतीय कम्पनीले उत्पादन गरेको कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको २० लाख डोज खरिदका लागि गत बिहीबार सम्झौता गरेको थियो। सोहि सम्झौताअनुसार एयर इन्डियाको आज आइतबार अपरान्ह साढे १ बजेको दिल्ली–काठमाडौं उडानबाट ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सोहि सम्झौताअनुसार एयर इन्डियाको आइतबार अपरान्ह १ः३० बजेको दिल्ली–काठमाडौं उडानबाट सो खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। साथै सम्झौताबमोजिम बाँकी खोप उत्पादकसँगको आपसी सहमतिमा स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार…
काठमाडौँ: वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले सिंहदरबारका विभिन्न क्यान्टिनमा अनुगमन गरी अखाद्य वस्तु नियन्त्रणमा लिनुका साथै क्यान्टिन सञ्चालकलाई कारबाही गरेको छ । शुक्रबार विभागको संयुक्त टोलीले सिंहदरबारस्थित कर्मचारी एवं सेवाग्राही लक्षित क्यान्टिनमा अनुगमन गरी विभिन्न अखाद्य वस्तु नियन्त्रणमा लिनुका साथै क्यान्टिन सञ्चालकलाई जरिवाना समेत तिराएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । अर्थ मन्त्रालय परिसरमा संचालित क्याण्टिन(म्यानेजमेन्ट सर्भिस) तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरमा संचालित क्याण्टिन(गोसाइँकुण्ड भोजनालय) को अनुगमन गरिएको प्रवक्ता सेढाईंले बताए । अनुगमनका क्रममा उनीहरुले नियमन तथा कारोबार सम्बन्धी कागजात नदेखाएको, उपभोग्य म्याद समाप्त खाद्य वस्तु…
