दोलखा:
घरायसी विवादका कारण दोलखामा एक व्यक्तिले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी विभत्स हत्या गरेका छन्। कालिञ्चोक गाँउपालिका–६ खारेबेसीका २७ वर्षीय हिमाल थामीले २३ वर्षीया श्रीमती सुनिता थामीको हत्या गरेका हुन्।
शुक्रबार मध्यराति करिब २ बजे थामीले श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए।
श्रीमती हत्या गरी भागेका थामीलाई प्रहरीले कालिन्चोक–७ बाट पकउ गरेको छ। राती २ बजे घटना भएको खबर आएपछि खबर पाए लगतै डीएसपी रिजाल आफैं घटनास्थल पुगेका थिए।
श्रीमतीको हत्यापछि थामी गाँउ छाडेर भाग्ने तयारीमा थिए। प्रहरीले गाँउलाई चारैतिर घेरा हालेर थामीलाई पक्राउ गरेको डिएसपी रिजालले बताए।
पक्राउ परेका थामीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।