Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आज सातवटै प्रदेशका भण्डारण केन्द्रमा पुर्याइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशबाटै जिल्ला अस्पतालमा आवश्यकताका आधारमा खोप वितरण गरिने छ । त्यसपछि पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालक, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप लगाइने मन्त्रालयले जनाएको छ । सम्भवतः आगामी बुधबारदेखि नै खोप लगाउन सुरु गरिने मन्त्रालय स्रोतले बतायो । पहिलो चरणको खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० अस्पतालबाट खोप लगाइनेछ । काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ । पहिलो खोप लगाएको एक महिना वा चार हप्तापछि…

Read More

काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको छ । यसैगरी, आइतबार दिउँसो देशका पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। भने, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै, राति देशका पहाडी भूभागहरूमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ। यता,…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका कमान्डरसँग छलफल गरेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले तत्कालीन माओवादी जनयुद्धका कमान्डरसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सो क्रममा प्रधानमन्त्री ओलीले जनयुद्धमा कमान्डरहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै जनयुद्धको अवधिमा गरेको योगदान, त्याग, बलिदान र क्रान्तिप्रतिको सपनाप्रति आफूले सम्मान गर्ने बताएका थिए। नेकपामा विभाजन आएपछि प्रधानमन्त्री ओली पछिल्लो समय पूर्व माओवादीलाई आफ्नो पक्षमा ल्याउनका लागि प्रयास आएका छन्। सोही क्रममा शनिबार प्रधानमन्त्री ओलीले पूर्व कमान्डरहरुसँग छलफल गरेका हुन्। उनले विगतको नेतृत्वले कमान्डरहरुको भावनाको दुरुपयोग गरेको भन्दै आफूबाट त्यस्तो धोका नहुने विश्वास दिलाएका थिए। ‘जनयुद्धको अवधिमा तपाईंहरूको…

Read More

काठमाडौँ: थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ४१ जनामा पिसिआर गर्दा २३२ जनामा कोरोना पुष्टि भएको हो। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार १८० पुगेको छ। पछिल्लो २४ घण्टामा ३८६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६३ हजार ७३४ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९९४ पुगेको छ।

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले शुल्क बढाउन सुझाव दिए पनि आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले शुक्रबारको आयोगको बैठकमा कोरोना महामारीको समय भएकाले प्रस्ताव गरिएको शुल्क नबढाउन बरु घटाउन निर्देशन दिनुभएको थियो । आयोगले शैक्षिक सत्र २०७७/७८ मा एमबिबीएस कार्यक्रमका लागि रु आठ लाख बढाउनुपर्ने प्रस्ताव पेश गरेको थियो । सिफारिस समितिले १७ विषयमध्ये अधिकांशमा विषयमा बढाउन सिफारिस गरेको थियो । बिडिएस, एमडिएमएस, एमडिएस साइन्स, एमडि आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन…

Read More

काठमाडौं: प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको छलफलपछि आइतबार बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । शनिबारको छलफलमा माघ ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको श्रेष्ठले बताए । आइतबार थप एजेण्डासहित स्थायी कमिटी बैठकले नयाँ कार्यक्रम तय गर्नेछ । ओली पक्षका लागि प्रदेश पदाधिकारी हटाएर नयाँ समायोजन गर्ने लगायतका अन्य निर्णय हुने उनको भनाइ छ । स्रोतका अनुसार सोही बैठकले प्रधानमन्त्री केपी ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने सम्भावना छ । प्रचण्ड–माधव पक्षले ओलीलाई केही दिन अगाडि…

Read More

काठमाडौँ: पुस अन्तिम साता कार्यकाल सम्हालेको १५ दिनका पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्री हृदेयश त्रिपाठीले आफ्नो ध्यान कोरोना खोप ल्याउन केन्द्रित भएको र खोप भित्रिएको एक साताभित्र नागरिकलाई लगाइसक्ने गरी कार्ययोजना बनाएको बताएका थिए। स्वास्थ्य मन्त्री त्रिपाठीले उक्त कुरा भनेको १० दिनपछि भारतले नेपाललाई अनुदानमा दिएको १० लाख डोज खोप नेपाल आइपुग्यो। तर, काठमाडौं आइपुगेको तीन दिनसम्म पनि खोप काठमाडौँमै थन्किएको छ। अग्रपंक्तिमा खटिनेलाई लगाइने भनिएको उक्त खोप प्रदेश र जिल्ला तहमा पुर्याउन सरकारले सकेको छैन। सोहीकारण मन्त्रीले भनाइ र सरकारी तयारीमा आशंका उब्जिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शुक्रबार नेपालमा खोप प्राप्त भएको…

Read More

काठमाडौँ: ग्रीन लाईफ हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) २०७७ माघ महिनाको तेस्रो हप्तादेखि सर्वसाधारणको लागी बिक्री खुला हुने भएको छ । ग्रीन लाईफ हाइड्रोपावर लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा सो जानकारी दिइएको हो । ग्रीन लाईफ हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पूँजी १ अर्ब ८० करोडको १० प्रतिशत अर्थात १८ करोड बराबरको १०० रुपैयाँ अंकित दरको १८ लाख कित्ता शेयरहरु तथा स्थानीय बासिन्दाको लागि बिक्री खुल्ला गरेको थियो । स्थानीयमा जारी भएकोमध्ये बिक्री नभएका १६ लाख ९६ हजार ४०० कित्ता शेयर र जारी पूँजीको १० प्रतिशतले हुन आउने १८ लाख कित्ता गरी कुल ३४ लाख…

Read More

काठमाडौँ: प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन गरिरहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईबीच मिलेर अघि बढ्नेबारे छलफल भएको छ। स्रोतका अनुसार शुक्रबार नेकपाले काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरेको विरोध सभालगत्तै प्रचण्ड र डा. भट्टराईबीच लैनचौरस्थित उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भेटवार्ता भएको हो। उनीहरूबीच संयुक्त संघर्ष गर्ने विषयमा आधा घण्टाभन्दा बढी समय छलफल भएको स्रोतले जानकारी दिएको छ। डा. भट्टराईले पनि ट्विट गर्दै भेटवार्ता भएको पुष्टि गरेका छन्। प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले नेकपाकाे प्रचण्ड-नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी तथा नागरिक समाजलगायत विभिन्न संघ/संगठन एक्लाएक्लै…

Read More

काठमाडौँ: जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको प्रतिगमनको यात्रालाई रोक्न तेस्रो जनआन्दोलन आवश्यक रहेको बताएका छन्। शुक्रबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अब हुने आन्दोलन पहिलो र दोस्रोभन्दा पनि ठूलो र शक्तिशाली हुनुपर्ने बताए। भट्टराईले ओली फासीवादी र हिटलरकै बाटोमा हिँडेर संसद विघटन गरी प्रतिगमनको यात्रातर्फ लागेको आरोप लगाए। ओलीको प्रतिनिधिसभा विघटनको कदम संविधान र लोकतन्त्रमाथिकै प्रहार भएको उनको भनाइ छ। सरकारले सर्वोच्च न्यायलयलाई समेत कब्जामा लिएको आरोप लगाउँदै उनले राज्यका सबै अंगलाई कब्जा गरेर प्रतिनिधिसभा भंग गरेको बताए। लामो समयदेखिको सेटिङ र महत्त्वाकांक्षाका कारण संसद विघटन गरिएको बताउँदै…

Read More