Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर ३१८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०१२ जनाको परीक्षणमा २०६ पुरुष र ११२ महिला गरी ३१८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । यीमध्ये २ लाख ६२ हजार ६४२ जना निको भएका छन् भने ३ हजार ६९३ जना आइसोलसनमा छन् । कोरोना भाइरस संक्रमणबाट हालसम्म १९७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३८३ जना रहेको छ ।…
काठमाडौं: नेपाल कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बैंक र कृषकबीचको सम्बन्ध अब अझ बलियो हुने बताए । कृषि विकास बैंकलाई सबैको घरआँगनकाे बैंक बनाइने उनले बताए । किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको निश्चित रकम कार्डमा लोड गरिन्छ भने किसान एपमा किसानको प्रोफाइल तयार हुन्छ । कृषि कर्म गर्नका लागि देशभरका कृषि…
काठमाडौं: भारतले बुधबारदेखि नेपाल लगायतका छिमेकी मुलुकहरुलाई कोभिड–१९ खोप उपलव्ध गराउने भएको छ । मंगलबार भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालसहित बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार लगायतका मुलुकमा कोभिड–१९ (कोरोना भाइरसविरुद्ध)को खोप उपलव्ध गराउने जानकारी दिएको हो । विदेश मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्वीटरमार्फत छिमेकी मुलुकहरुलाई बुधबारदेखि खोप वितरण सुरु गर्ने जानकारी दिएका छन् । नेपाल सरकारले भने भारतबाट खोप कहिले आइपुग्छ भन्ने निर्णय गरिनसकेपनि ६० लाख जनसंख्याका लागि कोभिसिल्ड खोप ल्याउने तयारी भएको जानकारी दिँदै आएको छ ।
काठमाडौं: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसाले पाउनुपर्ने ८८ प्रतिशत रकम भुक्तानी भइसकेको दाबी गरेको छ । मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्रालयले उखु किसानहरुले कूल ६५ करोड ३१ लाख भुक्तानी गर्न बाँकी रहेकोमा तोकिएको अवधिभित्र ५७ करोड ३० लाख रुपैयाँ भुक्तानी भइसकेको उल्लेख गरेको हो । यो ८७.७३ प्रतिशत बराबर हो । २१ दिनअघि मन्त्रालयको रोहबरमा उद्योगी र किसानबीच २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्ने सहमति भएको थियो । यो अवधिमा ५ उखु मिलले सो बराबरको भुक्तानी दिएको र बाँकी रहेको रकम चल अचल सम्पत्ति बिक्री गरेर छिटै भुक्तानी हुने मन्त्रालयले जनाएको छ । उद्योग मन्त्रालयको तथ्याँकअनुसार…
विराटनगर: प्रदेश नम्बर १ को प्रदेशसभा अधिवेशन आजदेखि सुरू हुँदैछ । सत्तारुढ पार्टीभित्र देखिएको शक्तिसंघर्षले प्रदेशको राजनीतिलाई समेत प्रभावित पारेको बेला प्रदेश १ को अधिवेशन सुरू हुन लागेको हो । यसैबिच प्रदेशसभा अधिवेशनका लागि रणनीति बनाउन सत्तारुढ नेकपाको दुवै समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको छुट्टाछुट्टै बैठक बसेको छ । मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव तथा संसदीय दलले प्रदेश सांसदहरुलाई कारवाही गरेको अवस्थामा नेकपा दुवै पक्ष र नेपाली कांग्रेसको बैठक बसेको हो । नेकपा भित्रको विवादका कारण प्रदेश सभा अधिवेशन संचालनमा अन्यौल र आशंका उत्पन्न भएका कारण पनि सत्तारुढ दल नेकपाको दुबै समूह…
काठमाडौँ: अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज पद तथा गोपनियताको शपथ लिँदैछन्। शपथ कार्यक्रममा हिंसा हुन सक्ने भन्दै अमेरिकाका सबै ५० वटै राज्यमा उच्च सतर्कता अपनाइएको छ। अमेरिकामा २० जनवरीको दिन नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण लिने परम्परा छ। यो दिन निर्वाचित राष्ट्रपतिको स्वागत तथा निवर्तमान राष्ट्रपतिको बिदाइ गरिन्छ। लगातार दुईपटक निर्वाचित भए केवल स्वागत मात्र हुन्छ। यसपटक डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेनले आज राति १०:४५ बजे ४६औँ राष्ट्रपतिका रूपमा शपथ लिनेछन्। क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ। कोरोना भाइरसका कारण ८० प्रतिशत शपथ कार्यक्रम भर्चुअल रूपमा गरिन लागेको हो। गत ६…
काठमाडौं: एनसेल आजियाटाले थ्रीजीबाट फोरजीमा सीम अपग्रेड गर्ने ग्राहकका लागि आकर्षक बोनस योजना ल्याएको छ। यो योजना अन्तर्गत फोरजीमा सीम अपग्रेड गर्ने ग्राहकले दुई जीबी फोरजी डेटा बोनस पाउने कम्पनीले जनाएको छ। एनसेलले नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो। यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार द्रुतगति मोवाइल ब्रोडब्याण्ड फोरजीका साथ गेम्स्, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सामाजिक सञ्जालको प्रयोग लगायत सजिलै गर्न सकिन्छ।एनसेल सेन्टर, पसल वा आधिकारीक बिक्रेतामार्फत सीम अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ। यो योजनाअन्तर्गतको बोनस फोरजी डेटा सात दिनको लागि मान्य…
काठमाडौँ: काभ्रे पाँचखाल कृषि उपज बजार सञ्चालक समितिका अध्यक्षसहित तीन जनाविरूद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसमेत ३ जनाविरूद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचारको आरोपपत्र दायर गरेको हो। अख्तियारले मंगलबार अध्यक्ष श्रेष्ठ, कोषाध्यक्ष दिनेश अधिकारी र एचके अधिकारी एण्ड एसोसियट्सका सञ्चालक केशव अधिकारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। बजार विकास निर्देशनालय हरिहर भवन, ललितपुरले पाँचखाल नगरपालिका-४ तामाघाटस्थित मसला बाली विकास केन्द्रको स्वामित्वमा रहेको करिब ७ रोपनी जमिनमा कृषि उपज बजार सञ्चालन गर्न उपलब्ध गराएको थियो। त्यहाँ वर्षौदेखि नक्कली बजार सञ्चालक समिति खडा गरी भाडा उठाई सरकारी सम्पत्तिको हिनामिना गरेको भन्ने उजुरी…
काठमाडौं: कोभिड १९ को कारण नेपाली अर्थततन्त्रमा ३ खर्ब २२ अर्ब रुपैयाँको क्षति भएको पाइएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कंडेलले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा कुल उत्पादनमा ३ खर्ब २२ अर्ब रुपैयाँ क्षति भएको प्रतिवेदन पेश गरे । कृषि क्षेत्रमा १२ अर्ब रुपैयाँ र गैर कृषि क्षेत्रमा ३ खर्ब १० अर्ब रुपैयाँको क्षति भएको प्रतिवेदन आयोगले तयार पारेको छ । गतवर्ष कोरोनाको कारण नेपालको आर्थिक बृद्धिदर ऋणात्मक हुनबाट जोगिएको छ । ०.६ प्रतिशतमात्र आर्थिक बृद्धिदर गतवर्ष भएको योजना आयोगले संसोधित अनुमान गरेको छ । यसअघि चैतमा केन्द्रिय तथ्यांक विभागले कोरोना भाइरसको कारण आर्थिक बृद्धिदर…
काठमाडौं: नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषा पुर्व राजाकै भाषा जस्तै ह्वास्सै गन्हाएको बताएका छन् । प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई मंगलबार काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुस ५ को सरकारको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रकृयालाई भंग गर्ने र देशलाई दुर्घटनातिर लैजाने दुश्कर्मको सुरुवात भएको पनि बताए । उनले हेर्दाहेर्दै आफ्नै पार्टीको प्रधानमन्त्रीले आफैले जन्माएको संविधानको (बच्चा)को हत्या गर्न लागेकाले त्यो रोक्न लागि संघर्ष गर्नुपरेको बताए । प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको र त्यसमा राजाकै भाषा प्रयोग गरिएको बताए । ‘प्रधानमनत्री…
