Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । नेकपा एमालेले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका छन् । पेरिसडाँडामा बसेको प्रचण्ड माधव नेपालको स्थायी कमिटी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको झलनाथ खनालले जानकारी दिए । उनले पार्टीभित्र संघर्ष गरिने र सर्वोच्चकाे निर्णयमा पुनरावलोकनकाे माग गरिने बताए । औपचारिक निर्णय आउन भने बाँकी नै छ । बैठकको बीचमै निस्किएका खनालले सर्वोच्चको निर्णय भने मानेर जाने बताए ।
काठमाडौँ:नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी वयवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको १०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २०० रुपैयाँ, तेजावी सुन ८५ हजार ७५० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २६५ रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुन तोलाको ८६ हजार १०० रुपैयाँ, तेजावी ८५ हजार ६५० रुपैयाँ र चाँदी १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । आइतबार स्थीर रहेको चाँदी सोमबार १५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
काठमाडौं: अब १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि सरकारले उपलब्ध गराएको पुनरकर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि संशोधन गर्दै १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाले पनि पुनरकर्जा पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकले एक खर्बमाथि पुनर्कर्जाका लागि स्रोत उपलब्ध रहेकाले कोभिड १९ प्रभावित व्यवसायी अनुसार थप लगानी गर्न कार्यधि संशोधन गरिएको बताइएको हो । हाल पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड छ । पुनर्कर्जा कार्यविधिले त्यसको ५ गुणासम्म पुनर्कर्जा प्रदान गर्नसक्ने व्यवस्था रहेकाले केन्द्रीय बैंकले २ खर्ब १२ अर्ब ५० करोडसम्म पुनर्कर्जा प्रदान गर्न सक्नेछ । ग्राहक ऋणीअनुसार ४२ अर्ब ५० करोड लगानी गर्नसक्नेमा हालसम्म ३९…
काठमाडौँ: नेकपा एकीकरणलाई नै अवैध घोषणा गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन नहुने कानुनविदहरुले बताएका छन्। कतिपय कानुन व्यवसायीले यसलाई ‘न्यायिक कू’ को संज्ञा समेत दिए। आइतबार सर्वाेच्च अदालतले नेकपा नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीको नभई ऋषिराम कट्टेलको पार्टीको भएको फैसला सुनाएको छ।हामीले यो समाचार नेपालखबरबाट साभार गरेका हौँ । त्यतिमात्र होइन, अदालतले दुई पार्टी एकीकृत भई बनेको नेकपा नामको पार्टी नै नरही साविककै नेकपा एमाले र माओवादी केन्द्र कायम रहने समेत फैसला दियो। वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वाेच्चको फैसला कार्यान्वयनमा जानै नसक्ने ठोकुवा गरे। ‘यो फैसला अहिलेको संसदमा कार्यान्वयन हुने देखिँदैन,’ थापाले नेपालखबरसँग भने, ‘संसद्…
काठमाडौँ, २४ फागुन (रासस): काठमाडौँ महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको ५८ औँ कार्यपालिका बैठकले सो कार्यविधि स्वीकृत गरेको हो । यसैगरी बैठकले ‘व्यावसायिक कार्ययोजना बनाउने सहयोग गर्नेसम्बन्धी अवधारणा पत्र’ पनि स्वीकृत गरेको छ । रिचार्ज काठमाडौँ कार्यक्रमअन्तर्गत भूमिगत जल सतहको व्यवस्थापनका लागि जमिन सतहमा भएको पानी जमिनमुनि पठाउन गरिने क्रियाकलापसम्बन्धी व्यवस्था छन् । यसैगरी व्यवसायिक कार्ययोजना बनाउन सहयोग गर्नेसम्बन्धी अवधारणामा टोल तथा समुदायमा स्थानीय तथा परम्परागत सीपको प्रयोग गरेर उत्पादन गरिने सामानको बजारीकरणका लागि तयार पारिने कार्ययोजनासम्बन्धी व्यवस्था छन् । त्यस्तै बैठकले ‘स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौँ कार्यक्रम’ सञ्चालनसम्बन्धी कार्यविधि–…
काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भने, हाल सुदुरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भूभागहरूमा पूर्ण बदली रहि अन्य पहाडी सामान्य बदली रहेको छ। देशका बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागहरुमा सामान्य बदली रहि बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ। यता, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भूभागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । भने,…
एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-१ को फराकिलो अन्तरले जितेको हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र ग्यारेथ बेलले दुई दुई गोल गरे । क्रिस्टलका क्रिस्टियन बेन्टेकेले एक गोल फर्काए । जितसँगै टोटेनहम २७ खेलमा ४५ अंकसहित छैटौँ स्थानमा रहेको छ । क्रिस्टल ३४ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।
काठमाडौँ: १५ वर्षको उमेरमा तेजाब आक्रमणमा परेकी मुस्कान खातुन आज अमेरिकी सरकारले आज अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित गर्दैछ । यो पुरस्कार पाउने उनी कान्छीमध्ये एक र नेपालकी पहिलो महिला भएकी नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जानकारी दिए । गत शुक्रवार बिहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले खातुनलाई सो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिएका थिए । उक्त अवार्ड मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदान गर्न लागिएको हो । उनलाई भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडनले सो अवार्डले सम्मान गर्नेछिन् । उनी सहित यो वर्ष सो सम्मान विश्वभरिबाट छानिएका १४ महिलाले प्राप्त गर्नेछन् ।…
काठमाडौँ: नेपाल राष्ट्र बैंकका गर्भनरले पुनरकर्जाको सीमा घटबढ गराउन सक्ने भएका छन् । केन्द्रीय बैंकले पुनरकर्जा कार्यविधिको संशोधन गर्दै गभर्नरलाई उक्त अधिकार दिएको हो । राष्ट्र बैंकका गर्भनरले एकमुष्ट प्रदान हुने, ग्राहक अनुसार प्रदान हुने तथा लघुवित्तलाई दिइने पुनरकर्जाको सीमा माग, आवश्यकता र औचित्यका आधारमा हेरफेर गर्न सक्ने व्यवस्था गरेको हो । यो व्यवस्थाले ऋणीको आवश्यकता र औचित्य पुष्टि भएको खण्डमा कर्जाको सीमा बढ्ने र पुष्टि नभएमा घटाउने अधिकार गर्भनरमा रहनेछ । राष्ट्र बैंकले कोरोनाका कारण प्रभावित भएका उद्योग व्यवसायलाई पुनरजीवन दिनका लागि कार्यविधि नै बनाएर पुनरकर्जा दिने व्यवस्था गरेको थियो । एक वर्षसम्मका लागि पाइने यो कर्जा लिदाँ…
काठमाडौँ: साबिक नेकपाको दाहाल–नेपाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजेका लागि बैठक बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै दाहाल-नेपाल समूहले बैठक बोलाएको हो । बैठकमा अदालतको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको श्रेष्ठले बताए । सर्वोच्चले ऋषि कट्टेलको नाममा नेकपा रहने फैसलाका बारेमा दाहाल-नेपाल पक्षले आजै आधिकारीक धारणा सार्वजनिक गर्ने जनाएको छ । आइतबार साँझ सिंहदरबारमा कानूनबिद्संग छलफल गरेपछि पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्चको निर्णयपछि आफूहरु छलफलमा जुटेको भन्दै…
