Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 14
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » पुनरकर्जाको सीमा गभर्नरले निर्धारण गर्ने

    पुनरकर्जाको सीमा गभर्नरले निर्धारण गर्ने

    पहिलोक्लिकपहिलोक्लिकMarch 8, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: नेपाल राष्ट्र बैंकका गर्भनरले पुनरकर्जाको सीमा घटबढ गराउन सक्ने भएका छन् । केन्द्रीय बैंकले पुनरकर्जा कार्यविधिको संशोधन गर्दै गभर्नरलाई उक्त अधिकार दिएको हो ।

    राष्ट्र बैंकका गर्भनरले एकमुष्ट प्रदान हुने, ग्राहक अनुसार प्रदान हुने तथा लघुवित्तलाई दिइने पुनरकर्जाको सीमा माग, आवश्यकता र औचित्यका आधारमा हेरफेर गर्न सक्ने व्यवस्था गरेको हो । यो व्यवस्थाले ऋणीको आवश्यकता र औचित्य पुष्टि भएको खण्डमा कर्जाको सीमा बढ्ने र पुष्टि नभएमा घटाउने अधिकार गर्भनरमा रहनेछ ।

    राष्ट्र बैंकले कोरोनाका कारण प्रभावित भएका उद्योग व्यवसायलाई पुनरजीवन दिनका लागि कार्यविधि नै बनाएर पुनरकर्जा दिने व्यवस्था गरेको थियो । एक वर्षसम्मका लागि पाइने यो कर्जा लिदाँ ग्राहकले ३ देखि ५ प्रतिशत मात्र ब्याजदर तिर्नुपर्छ । यसमा पनि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट एक देखि ३ प्रतिशतसम्म ब्याज लिने गर्छ । यस्तो कर्जा कोरोना प्रभाव कम हुँदै जाँदा घटाउँदै लगिने कार्यविधिमा उल्लेख छ ।

    कार्यविधि अनुसार घरेलु, साना तथा लघु उद्यम, साधारण र विशेष गरी तिन प्रकारका पुनरकर्जाको सुविधा प्रदान गर्ने व्यवस्था छ । यसरी वर्गिकरण गरिएका पुनरकर्जाको सीमा पनि तय गरेको छ । बैंकबाट आह्वान गरी बैंक वित्तीय संस्थालाई एकमुष्ट हुने प्रति ग्राहक पुनरकर्जा अधिकतम सीमा ५ करोड हुनेछ । एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल कर्जा रकमको ७० प्रतिशत भन्दा बढी हुनेछैन ।

    त्यसैगरी बैंकले ग्राहक अनुसार मूल्याङकन गरी उपलब्ध गराउने पुनरकर्जा प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपैयाँ सम्ममा हुनेछ । ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशत भन्दा बढी हुने छैन । बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गर्ने पुनरकर्जा रकम कुल पुरनकर्जा रकम कुल पुनरकर्जा रकको १० प्रतिशत भन्दा बढी हुने नहुने कार्यविधिमा उल्लेख छ ।

    केन्द्रीय बैंकले १० मेगावाट भन्दा साना जलविद्युत आयोजनाहरुलाई विषेश पुनरकर्जा दिने व्यवस्था थप गरेको छ । यस्तो कर्जा ग्राहकले ३ प्रतिशत ब्याजदरमा पाउनेछन् । यस्तो कर्जा माग गर्ने बैंक तथा वित्तीय संस्थाबाट केन्द्रीय बैंकले एक प्रतिशत मात्र ब्याजदर लिनेछ । तर, साना जलविद्युत योजनाका लागि पुनकर्जा लिनु पर्दा ग्राहकले पुनरकर्जा आवश्यकता सम्बन्धमा बैंक वित्तीय संस्थाको सिफारीश समेत संलग्न गरी आवेदन दिनुपर्ने व्यवस्था थप गरेको छ ।

    कोभिड–१९ ले प्रभावित पेशा, उद्योग र व्यवसायलाई संरक्षण गर्नुको साथै कृषि र साना तथा मझौला र घरेलु व्यवसायलाई सहुलियत दिने उद्देश्यले पुनरसंरचना गरिएको पुनरकर्जाको नयाँ व्यवस्थाबाट २०७७ माघ मसान्तमा ८७ अर्ब ८७ करोड पुनरकर्जा स्वीकृति भएको केन्द्रीय बैंकले जनाएको छ । सरकारले पुनरकर्जा कोषलाइ एक खर्बको बनाउने भनेपछि हाल कोषको आकार ६० अर्ब रुपैयाँ बरावरको रहेको छ । कोषको आकारको ५ गुणाँसम्म पुनरकर्जा दिन सकिने कार्यविधिमा उल्लेख छ ।

    Facebook Comments Box

    पुनरकर्जा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.