Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कोभिड–१९ (कोरोना महामारी) कारण बन्दाबन्दी र समयमा मनसुन सुरु भएका कारण यसपालि धान उत्पादन १.२८ प्रतिशतले बढेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दिएको जानकारीअनुसार यसपटक ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा ७० हजार ८३१ मेट्रिक टन बढी धान उत्पादन भएको हो । मन्त्रालयका अनुसार गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । मन्त्रालयका अनुसार यसपालि उत्पादकत्व हालसम्मकै सबैभन्दा बढी ३.८२ प्रतिशत पुगेको छ, जुन गत वर्षभन्दा ०.२८ प्रतिशतले बढी हो । कोरोना महामारीका कारण सहरका मान्छे गाउँ पुगेका कारण धान खेतीको…

Read More

काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेपछि डन्डीको भाउ किलोकै सय रुपैयाँ पुगेको छ। दुई महिनाको अवधिमा डन्डीको मूल्य किलोमै २५ रुपैयाँ मूल्य बढेको छ। दुई महिनाको अवधिमा विलेटको भाउ टनको १४५ डलर बढेकोले डन्डीको भाउ बढेको व्यावासायीले बताए । अक्टोबर १३ मा टनको ४ सय १० डलरमा पाइने विलेटको भाउ अहिले ५ सय ५५ डलर पुगेको छ, ‘यो भाउ जनवरी अन्तिमसम्म लगातार बढ्ने अनुमान गरिएको छ। विलेटको मूल्यमै निर्भर हुने भएकाले यहाँ डन्डीको भाउ बढेको हो। बिलेट बनाउन प्रयोग हुने कच्चा पदार्थ(आइरन ओर)नै अभाव रहेको बताउँदै भारतमा विलेटको मूल्य बढाइएको छ। सोमबार विभिन्न कम्पनीले काठमाडौंका हार्डवेयरमा पठाएको मूल्य…

Read More

काठमाडौँ: ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । उनका अनुसार विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो । उक्त हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि…

Read More

काठमाडौँ: मुलुकभर आज पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावले आज पनि तराईमा हुस्सु लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईमा तापक्रम घट्ने र हुस्सु लाग्ने क्रम जारी छ । तराईमा हुस्सु र कुहिरोको प्रभाव बाहेक अन्यत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज काठमाडौंमा यसवर्षकै धेरै चिसो महसुस गरिएको छ । आज उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षकै कम तापक्रम हो । यसअघि गत शनिबार न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो । पश्चिमी वायुको प्रभावले आज…

Read More

काठमाडौँ: माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच सहमति भएको छ। सोमबार उद्योग तथा वाणिज्य मन्त्रालयका प्रतिनिधिहरू र किसानहरूबीच चार बुँदे सहमति भएको मन्त्रालयका प्रवक्ता तथा नारायणप्रसाद रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार सहमति भएसँगै मंगलबारदेखि धर्ना र आन्दोलन पनि रोकिएको छ। भुक्तानी दिन बाँकी चिनी मिलहरूले अबका २१ दिनभित्र किसानको सबै पैसा दिने सहमति भएको हो। यदि भुक्तान नगरेमा चिनी मिलहरूलाई कारबाही गर्ने पनि सहमति भएको छ। यसका साथै भुक्तानी र अनुदान रकम फरक परेका लगायत विषय तथा समस्या समाधानका लागि समिति गठन गरिने पनि सहमति भएको रेग्मीले जानकारी दिए। रेग्मीका अनुसार किसानहरूले सहमति भएसँगै मंगलबारै घर फर्किने तयारी पनि…

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको जानकारी दिएको छ । जसमध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पीसीआर परीक्षण गरेर उपचार गरिने जानकारी दिए । महाशाखाले सोमबार मात्र तीमध्ये १२ जनाको पीसीआर परीक्षण गरेको छ । मन्त्रालयले यसअघि नै सूचना जारी गरी यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत अथवा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबैलाई अनिवार्यरूपमा १० दिन होटल क्वरेण्टीनमा बस्न अनुरोध गरेको थियो । मन्त्रालयका सहप्रवक्ता…

Read More

काठमाडौँ: गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको छ। सोमबार बसेको गृह सचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले एसएसपी गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डिआइजीमा सिफारिस गरेको मन्त्रालय सम्बद्ध स्रोतले जनाएको हो।

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ‌ओली प्रतिनिधिसभा विघटन गरेपछि काम चलाउ भएको र उनले गरेको मन्त्रिपरिषद् विस्तार संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रतिनिधिसभा नभएको अवस्थामा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर गरिएको मन्त्रिपरिषद् विस्तार तत्काल बदर गर्न माग गर्दै अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछाने सोमबार रिट दायर गरेका हुन् । संविधानको धारा ७७(१) मा प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने व्यवस्था गरिएको र अहिलेका प्रधानमन्त्री ओली प्रतिनिधिसभा सदस्यसमेत नभएको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने भन्दै रिट निवेदन दायर गरिएको अधिवक्ता ‌ओलीले जानकारी दिए । धारा ७७(३) ले प्रधानमन्त्री पद रिक्त भएमा अर्को…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा २५२ जना महिला र ४०७ जना पुरुष रहेका छन् । २४ घण्टामा ५ हजार ५७८ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख १५ हजार २३२ पीसीआर परीक्षण भएका छन् । योसँगै देशभर संक्रमितक संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ४४५ छ भने क्वारेन्टाइनमा ३६९ जना रहेका छन् । त्यसैगरी २४ घण्टामा ७१८ जना निको भइ डिस्चार्ज भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ…

Read More

काठमाडौं : सेयर बजार नेप्से सूचक ८ दशमलब ५७ अंकले सुधार भएको छ। नेप्से सूचक सुधार भएर २००७ दशमलव २९ अंक कायम भएको हो। वाणिज्य बैंकहरुको शेयरमा सुधार हुँदा बजार नै सुधार भएको हो। अन्य कम्पनीको नाफा बुक गर्ने क्रममा रहेका लगानीकर्ताले वाणिज्य बैंकको शेयर किन्न थालेका हुन्। अझै पनि वाणिज्य बैंकको शेयर मूल्य अण्डर भ्यालु रहेको विश्लेषकहरु बताउछन्। बैंकहरुले गत आर्थिक वर्षको लाभांस दिए पनि समायोजन भएको मूल्य औषतमा वर्ष यताकै कम देखिन थालेको छ। शेयरमा अत्यधिक सुधार हुँदा पनि वाणिज्य बैंकको सूचकमा सुधार हुन सकेको थिएन। केही थोरै पुँजी भएका कम्पनीको मूल्यमा अत्यधिक सुधार गरेर बजार बढाइएकाले…

Read More