काठमाडौं : सेयर बजार नेप्से सूचक ८ दशमलब ५७ अंकले सुधार भएको छ।
नेप्से सूचक सुधार भएर २००७ दशमलव २९ अंक कायम भएको हो। वाणिज्य बैंकहरुको शेयरमा सुधार हुँदा बजार नै सुधार भएको हो।
अन्य कम्पनीको नाफा बुक गर्ने क्रममा रहेका लगानीकर्ताले वाणिज्य बैंकको शेयर किन्न थालेका हुन्। अझै पनि वाणिज्य बैंकको शेयर मूल्य अण्डर भ्यालु रहेको विश्लेषकहरु बताउछन्।
बैंकहरुले गत आर्थिक वर्षको लाभांस दिए पनि समायोजन भएको मूल्य औषतमा वर्ष यताकै कम देखिन थालेको छ।
शेयरमा अत्यधिक सुधार हुँदा पनि वाणिज्य बैंकको सूचकमा सुधार हुन सकेको थिएन। केही थोरै पुँजी भएका कम्पनीको मूल्यमा अत्यधिक सुधार गरेर बजार बढाइएकाले पछिल्लो समय बजार सुधार हुन सकिरहेको छैन।
सोमबार व्यापार अन्य र विकास बैंकको सूचकमा गिरावट आए पनि बाँकी सूचक सुधारिएका हुन्। दोस्रो बजारमा सोमबार २१४ वटा कम्पनीको कारोबार हुँदा ८१ वटाको मूल्य बढेको थियो भने ७० वटाको मूल्यमा गिरावट आएको छ।
सोमबार दोस्रो बजारमा तीन अर्ब ८५ करोड रुपैयाँको कारोबार हुँदा नेपाल लाइफको मात्रै ३४ अर्ब ९१ करोड को कारोबार भएको छ।