Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: लगानी बोर्डले सहजीकरण गरिरहेकामध्ये चारवटा ठूला पूर्वाधार परियोजनाका विकासकर्ताले परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेश गरेका छन् । बीरगञ्ज र भैरहवामा निर्माण हुने प्राइभेट फ्राइट टर्मिनल एन्ड बल्क ह्यान्डलिङ फेसिलिटिज परियोजनाको लागि विकासकर्ता कम्पनी फ्ल्यास फ्राइट लजिस्टिक एन्ड इन्टरनेसनल कार्गो प्रालिले मंगलबार विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गरेको छ । यसका लागि लगानी बोर्डको कार्यालय र विकासकर्ता कम्पनीबीच २०७६ मंसिर १५ मा समभदारीपत्रमा हस्ताक्षर भएको थियो । यसैगरी, विराटनगरमा निर्माण हुने मल्टी मोडल लजिस्टिक पार्क परियोजनाको विकासकर्ता कम्पनी सिजी लजिस्टिक र सर्राफ समूहले समेत पनि परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बोर्डको कार्यालय समक्ष पेश गरेका छन्…

Read More

काठमाडौँ: सत्तारुढ दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि पार्टी विवाद निर्णायक चरणतर्फ सोझिएको नेताहरुले बताएका छन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुले यसले पार्टी विभाजनको खतरा समेत बढाएको बताए। उनीहरुले यो अध्यादेश प्रकरणपछि ओलीलाई दुवै पदमा बस्ने नैतिक अधिकार नरहेको तर्क गरे। ‘पार्टी कमिटीको बैठक बसिरहेको बेला सुइँकै नदिई अध्यादेश ल्याएर ओलीले आफ्नो पदीय अधिकार गुमाउनुभयो,’ प्रचण्ड–नेपाल निकट एक स्थायी समिति सदस्यले नेपालबरसँग भने। अर्का एक नेताले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट फिर्ता बोलाउने औपचारिक बाटो खुलेको बताए। नेकपाको भोलि (बुधबार) बस्ने बैठकमा यस विषयले प्रवेश पाउने…

Read More

काठमाडौं: संवैधानिक परिषदको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् । बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेको स्रोतले जानकारी दिएको हो । विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि बसेको बैठकमा नियुक्तिबारे छलफल मात्रै भएको जनाइएको छ। बैठकमा प्रधानमन्त्री ओलीसँगै राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा उपस्थित भएका थिए । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा भने सहभागी भएनन । मङ्गलबार बिहान बोलाइएको बैठकमा सभामुख सापकोटा उपस्थित नभएपछि साँझलाई सरिएको थियो । प्रधानमन्त्रीसहित तीन…

Read More

काठमाडौँ, ३० मङ्सिर:  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से आज ५.७५ बिन्दुले घटेर २०६१.४१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७४ ले घटेर ३८७.४२ मा ओर्लेको छ । कूल २०५ कम्पनीको ९७ लाख ५५ हजार ५४७ कित्ता शेयर रु छ अर्ब छ करोड ९३ लाख ३१ हजार ६८७ मूल्यमा खरिद बिक्री भए । आजको कारोवारका आधारमा बजार पूँजीकरण रु २७ खर्ब ६३ अर्ब ६५ करोड ५६ लाख बराबर पुगेको छ । स्टकका अनुसार आज कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर…

Read More

काठमाडौँ: सरकार कोभिड–१९ विरुद्धको खोप नागरिकलाई लगाउने कार्यमा केन्द्रित भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विश्वव्यापीरुपमा विभिन्न देशले खोप लगाउने सम्बन्धमा गरेका प्रयासजस्तै सरकारले पनि आफ्ना नागरिकलाई खोप लगाउने कार्यमा केन्द्रित भएको जानकारी दिनुभयो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज सूचना जारी गरी ७२ प्रतिशत जनसङ्ख्यालाई खोप उपलब्ध गराउने उद्देश्यका साथ ‘खोप (भ्याक्सिन) को दु्रत कार्ययोजना’ बनाई विभिन्न आठ कार्यक्षेत्र तोकिएको जानकारी दिनुभयो । उहाँका अनुसार खोप सचिवालयको गठन, खोपको प्राविधिक कार्यपत्रलाई पूर्णता दिने, पूर्वाधार एसेसमेन्ट (उपकरण, भण्डारण र आपूर्ति), आवश्यकता आँकलन (सार्वजनिक र निजी), सेवाग्राहीको व्याख्यासहित प्राथमिकीकरण (संस्थाको हकमा विद्युतीय प्रणालीबाट तथा…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएकामा’ पार्टीको विमति रहेको जनाउनुभएको छ । सरकारले आज संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश २०७७ जारी गरेपछि उहाँले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गर्नुभएको हो । ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक’ रहेको पनि उहाँले जनाउनुभएको छ ।

Read More

काठमाडौँ: सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्नुपर्ने बताएका छन्। मंगलबार ल्याइएको संवैधानिक परिषद् काम कर्तव्य र अधिकारसम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष प्रचण्डले तत्काल खारेज गर्न माग गरेका हुन्। ‘पार्टीभित्र, मन्त्रिपरिषदमा कुनै छलफल नगरी ल्याइएको अध्यादेश तत्काल खारेज हुनुपर्छ भन्ने अध्यक्षको भनाइ रहेको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए। मंगलबार विहान बोलाइएको संबैधानिक परिषद्को बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा नगएपछि गणपुरक संख्या नपुगेर स्थगित भएको थियो। गणपुरक संख्या नपुगेपछि ओलीले मन्त्रिपरिषद् बैठकमा छलफल समेत नगराई संवैधानिक परिषदको बैठकसम्बन्धी प्रावधानलाई संशोधन गरी अध्यादेश सिफारिस गरेका थिए। राष्ट्रपति…

Read More

बुटबल: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा देखिएको मतभेदले सरकारको भविष्यमा कुनै असर नपार्ने बताएका छन् । नेकपाका महासचिवसमेत रहेका अर्थमन्त्री पौडेलले आज आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत बुटवलस्थित कान्ति माविको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास गर्दै आफूभित्रको समस्यालाई समाधान गरी एकताबद्ध भएर नेकपा अघि बढ्ने समेत बताए । अर्थमन्त्रीले भने, ‘‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै टिक्ने र पार्टीको घोषणापत्रमा गरिएका प्रतिबद्धता र जनचाहनाअनुरुपका काम पाँच वर्षको अवधिमा पूरा गरेरै छाड्नेछ ।’’ उनले नेकपाभित्रको मतभेद, अन्तरविरोधले पार्टी र सरकारको भविष्यमा कुनै असर नपार्ने बताउँदै नेकपामा विग्रह ल्याएर एकतामा भाँजो हाली ठूलो भाग खाऔँला भन्ने सपना देख्नेहरुलाई…

Read More

काठमाडौँ: सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको हो । गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको कृषि मन्त्री घनश्याम भुषाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठी बैठकले व्यापारी पक्रने निर्णय गरेको हो । अघिल्लो वर्ष सरकारकै उपस्थितिमा तिर्ने भनेर कबोल गरेको उखुको बक्यौता रकमसमेत नपाएपछि उखु किसानहरू अहिले काठमाडौंमा सडकमा आन्दोलन छन्।

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४ महिला र २६४ पुरुष गरी ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१०, ललितपुरमा ८६ र भक्तपुरमा ४२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौँ उपत्यकामा मात्रे हालसम्म कोरोना संक्रमितको संख्या १ लाख १६ हजार ५५१ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो…

Read More