काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४ महिला र २६४ पुरुष गरी ४३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३१०, ललितपुरमा ८६ र भक्तपुरमा ४२ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै काठमाडौँ उपत्यकामा मात्रे हालसम्म कोरोना संक्रमितको संख्या १ लाख १६ हजार ५५१ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १९९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३७ हजार ५६९ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७३० पुगेको छ ।