Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयातका लागि अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरण (सिईए)ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो । विद्युत प्राधिकरणले टकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो । सिईएले अनुमति दिएसँगै अब आवश्यक परेको बेला टनकपुरबार ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने नेपाल विद्युत प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । प्राधिकरणले टनकपुरबाट खरिद गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४.१४ भारतीय रुपैयाँ (६.६२ नेपाली रुपैयाँ) छ । नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट विद्युत निःशुल्क पाउँदै आएको छ भने बाँकी…
काठमाडौँ: चार जना पूर्वप्रधानन्यायाधीशहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गरेका छन् । पुस ५ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेका बेला पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति निकाल्दै प्रतिनिधिसभा विघटन संवैधानिक नभएको धारणा सार्वजनिक गरेका छन् । संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा त्यो प्रयोजनबाहेक अर्को अवस्थामा संसद् विघटन गर्ने अधिकार नदिएको भन्दै आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधिसभा विघटन गरिएको विज्ञप्तिमा उल्लेख छ । संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार भन्ने तर्कको पनि विज्ञप्तिमा खण्डन गरिएको छ । पूर्वप्रधानन्यायाधीशहरूले संसद् विघटनलाई वैधानिकता दिए संवैधानिक दिशाविहीनताको…
आज (शनिबार) काठमाडौंका दुई दर्जनभन्दा बढी स्थानमा बिजुली बन्द गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार चक्रपथ विस्तारका लागि ढुंगेधारा, गोलढुंगा, स्वयम्भू फिडरमा पर्ने ११ हजार भोल्टको हाइटेन्सन लाइन स्थानान्तरण गर्नुपर्ने भएकाले त्यसअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत्ल आपूर्ति बन्द गरिने भएको हो।
लन्डन: बेलायतमा दैनिक कोरोना संक्रमणको दरमा नयाँ रेकर्ड कायम भएको छ । विगत आठ दिनदेखि पचास हजार माथि संक्रमित रहँदै आएको बेलायतमा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका हुन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर शुक्रबार ४ बजे सार्वजनिक गरेको तथ्याङकअनुसार २४ घन्टाभित्र ६८ हजार ५३ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या अघिल्लो दिनको तुलानामा १६ हजार भन्दा बढी हो भने बेलायतमा कोरोनाको महामारी शुरु भएयताकै सबैभन्दा बढी हो । यसैगरी कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि महामारीपछिकै उच्च पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार ३२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा…
काठमाडौँ : ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाइदिएको छ । ट्वीटरले यसबारे जानकारी दिँदै लेखेको छ, ‘उनले हालै गरेका ट्वीटलाई सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालको घटनालाई मध्यनजर गर्दै हिंसा भड्काएको र जाखिमका कारण हामीले राष्ट्रपति ट्रम्पको अकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएका छौं ।’ यसअघि पनि ट्वीटरले ६ जनवरीमा डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टलाई १२ घण्टाका लागि प्रतिबन्ध लगाइदिएको थियो ।
काठमाडौँ: परराष्ट्रमन्त्री बनेको करिब तीन वर्षपछि प्रदीप ज्ञवालीले पहिलो पटक भारतको औपचारिक भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेसँगै सरकार कामचलाउ बनिसकेपछि उनको भारत भ्रमण तय भएको हो। धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १ गते ज्ञवाली भारत भ्रमणमा जान लागेको जानकारी दिए। ‘हाम्रो परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदै हुनुहुन्छ। त्यस समयमा गौरीफन्टा नाकाको बारेमा छलफल हुने छ,’ प्रधामन्त्री ओलीले भने। नेपाल–भारत संयुक्त आयोगको छैठौँ बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली भारत जान लागेका हुन्। तर नेपाल र भारत दुवैतर्फको परराष्ट्र मन्त्रालयले भ्रमणको विषयमा औपचारिक रुपमा केही बताएको छैन। माघ २ मा ज्ञवालीले भारतीय समकक्षी…
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ओली समूह) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल जाँदैमा कुनै फरक नपर्ने बताएका छन् । धनगढीमा आज आयोजित कार्यक्रममा बोल्दै उनले ‘पिलो निचोरेर वजन कम नहुने’ भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति व्यङ्ग्य समेत गरेका छन् । सम्बोधनका क्रममा उनले मन्त्री नबनाउँदा कतिपय आफ्नाविरुद्ध लागेको आरोप लगाए । ‘जीवन शर्माको एउटा गीत छ नि, पिलो निचोरिँदैमा वजन कम हुँदैन,’ प्रधानमन्त्रीले ओलीले भने, ‘यो देश बनाउने उद्देश्य कमजोर भएको हुन्न, यो देशको जनतालाई सुखी र समृद्ध बनाउने उद्देश्य कमजोर भएको हुन्न ।’ उनले आफ्नो खराब तत्वहरुलाई जनताले नै ठेगान लगाउनुपर्ने नत्र माथि…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री एवं नेकपा अध्यक्ष माधवकुमार नेपाललाई आफूले राजनीतिमा ल्याएको दावी गरेका छन्। शुक्रबार आफू नेतृत्वको नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू २०२२ सालदेखि राजनीतिमा लागेको बताए। उनले माधवलाई २०३२ सालमा आफूले महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट राजनीतिमा जोडेको बताए। ‘माधव नेपाललाई मैले राजनीतिमा ल्याएको हुँ, २०३२ सालमा महेन्द्र मोरङ क्याम्पसमा छदा उहँलाई राजनीतिमा जोडेको हुँ’, उनले भने। उनले नेपाल पार्टी नेतृत्वमा रहँदा पनि आफूले सहयोग गरेको बताए। उनले आफू माधवलाई हराएरै पार्टी अध्यक्षमा विजय भएको बताउँदै उनले आफू छलछामबाट नआएको बताए। ‘म छलछाम गरेर अध्यक्ष भएको त होइन। माधव नेपाललाई…
काठमाडौँ: प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौस्थित कालिमाटी फलपूmल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोड मार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । पुस २४ गते शुक्रबारका दिन कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङग्णमा आयोजित एक समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीज्यूले कालिमाटी फलपूmल तथा तरकारी बजार समितिलाई क्यू आर कोड हस्तान्तरण गरी सेवा सञ्चालनको समुद्घाटन गरे । समुद्घाटन मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ्ग क्षेत्रमा सूचना प्रविधिको उच्चतम् प्रयोगबाट समग्र आर्थिक कारोबारमा सरलता र सहजता आएको सन्दर्भ…
काठमाडौँ: नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौटको समायअवधि घटाउन सिडिएस एण्ड क्लियरिङ्गलाई स्वीकृति दिएको छ। सिडिएससिले हालको T+3 लाई T+2 मा ल्याउन स्वीकृति माग गरेको थियो । नेपालको धितोपत्र बजारमा भइरहेको प्रविधिको बढ्दो प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्यासलाई दृष्टिगत गरी धितोपत्र कारोवार राफसाफ तथा फछ्र्यौट प्रणाली T+2 मा गर्न लागिएको बोर्डक सह प्रवक्ता रुपेश केसीले नोटबजारलाई जानकारी दिए । धितोपत्र बोर्डले आ.व. २०७७/७८ को नीति तथा कार्यक्रममा हालको T+3 लाई T+2 मा ल्याउने घोषणा गरेको थियो । बोर्डकै निर्देशन बमोजिम सिडिएस एण्ड क्लियरिङ्गले आफ्नो विनियममा भएको व्यवस्था संशोधन स्वीकृतिका लागि बोर्डमा पेश गरेको थियो । बोर्डले धितोपत्र कारोवारको राफसाफ…
