Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: शेयर बजार परिसूचक नेप्से हालसम्मकै ऐतिहासिक उचाईमा पुगेको छ । अघिल्लो दिनको उच्च रेकर्ड तोड्दै पुस २३ गते विहीबार नेप्से १५.९१ विन्दुले बढेर हालसम्मकै उच्च २१९४.४८ विन्दुमा पुगेको हो । अघिल्लो दिनमात्र नेप्से २१७८।५७ विन्दुमा पुगेर उच्च रेकर्ड कायम गरेका थियो । साताको अन्तिम कारोबार दिन बिहीबारको बजारमा २०८ कम्पनीको एक करोड १७ लाख बढी कित्ता शेयर ५ अर्ब ८७ करोड ४७ लाख बराबरमा किनबेच भएको छ । बुधबार ४ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यसदिन कारोबारमा आएका अन्य बाहेक सबै उपसमुहका सूचक सकारात्मक रहेका छन् । यसदिन प्रभु बैंकको सबैभन्दा धेरै ३१…
काठमाडौँ: सुनको भाउ तोलामा १३ सय रुपैयाँले सस्तिएको छ । बुधबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार ९५ हजार चार सयमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीब्ाारका लागि तेजाबी सुनको प्रतितोला भाउ ९४ हजार ९ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । यस्तै बिहीबारको तुलनामा चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले सस्तीएको छ । हिजो १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३ सय ३० रुपैयाँ कायम भएको छ । अफ सिजनका कारण सुनको कारोबार नभएको र अन्तर्राष्ट्रिय मूल्य अनुसारनै नेपालमा पनि सुनको मूल्य उतार चढाब भएको समहासंघका महासचिव धर्म…
काठमाडौं: उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा बितरण लाइन र सबस्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत छिनछिनमा जाने (ट्रिपिङ)को समस्या घट्दै गएको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङअनुसार, विद्युतको माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्षको मंसिरमा ३ सय ४७ पल्ट ट्रिपिङ भएको छ । काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ वटा सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत अवरोध भएको छ । गत वर्षको मंसिरमा ५ सय ७७ पटक ट्रिपिङ भई ६५ घण्टा विद्युत आपूर्ति बन्द भएको थियो । प्रणालीमा माग अनुसार आपूर्तिका लागि पर्याप्त विद्युत रहेकाले घोषित÷अघोषित रुपमा विद्युत…
एजेन्सी: अमेरिकाको संसद भवनमा भएको हिंसामा १३ जनालाई पक्राउ गरिएको छ । वासिङ्टन डिसी महानगरीय प्रहरीले दिएको जानकारी अनुसार पाँच बन्दुक जफत गरिएका छन् जसमध्ये ह्यान्डगन र लङ्ग गन पनि समावेश छन् । प्रहरी चिफ रोबर्ट क्वान्टीले मिडियालाई दिएको जानकारी अनुसार पक्राउ गरिएका मानिसहरु डिसी एसियामा बस्ने होइनन् । उनले घटनामा घाइते भएका अधिकारीको उपचार भइरहेको पनि जानकारी दिए । प्रहरी हाल प्रदर्शनकारीलाई संसद भवनबाट टाढा बस्न भनिरहेको छ । शहरमा स्थानीय समयानुसार बेलुकी ६ बजेदेखि करफ्यू लगाइएको छ ।
काठमाडौँ: नेकपा ओली समूहले सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावललाई कारबाही गरेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका नेकपाले सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गरेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टीको खाताबाट पैसा निकालेकोले रावललाई कारवाही सिफारिस गरिएको हो । ‘बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावललाई कारबाही गर्न सिफारिशसमेत गरेको बताइएको छ,’ थापाले फेसबुकमा लेखेका छन्। त्यस्तै प्रदेश कमिटी विस्तार भएको छ। प्रदेश कमिटीको चौथो विस्तारित बैठकले बुधबार प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको हो । सुदुरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई प्रमुख बनाएको छ। प्रदेश…
काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेड स्थापनाको १५ वर्षमा प्रवेश गरेको छ । यससँगै चौधौं वार्षिकोत्सवको अवसरमा बैंकले मोबाइल बैकिङ तथा ग्लोबल स्र्माट प्रयोगकर्ताहरु क्यासब्याक दिने योजना ल्याएको छ । बैंकको मोबाइल बैकिङ वा ग्लोबल स्र्माट सेवा लिएर हालसम्म कुनै पनि प्रकारको कारोबार नगरेका ग्राहकले ग्लोबल स्र्माट प्रयोग गरी पहिलो पटक कुनै पनि (वालेट लोड तथा मोबाइल टपअप बाहेक) कारोबार गर्दा रु. ५० र क्यूआरमार्फतको पहिलो भुक्तानीमा रु. १०० नगद प्राप्त (क्यास ब्याक) गर्ने बैंकले जनाएको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले सातवटै प्रदेश तथा ७३ जिल्लामा गरी कुल २६४ शाखा संचालनमा ल्याएको बैंकद्वारा जारी…
बागलुङ: बागलुङको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना भएको हो । दुर्घटनामा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । दुर्घटनामा घाइते हुनेहरुमा निसीखोला–३ का ५४ वर्षीय प्रेम विक, २७ वर्षीया बिरमला विक, एक वर्षीय सुवास विक, २४ वर्षीया मनि विक, २१ वर्षीया रतना सुनार, छ वर्षीय योजन विक र रुपन्देही देवी…
काठमाडौँ: राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न छलफल भइरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेका आक्रमण गरेका हुन् । उनीहरूले ट्रम्प नै राष्ट्रपतिमा विजयी भएको भन्दै त्यहाँका झ्यालढोकामा तोडफोड गरेका थिए। भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लगेको बीबीसीले जनाएको छ । ट्रम्पका समर्थक अन्धाधुन्ध आक्रमणमा उत्रिएपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । घटनामा एक महिलाको मृत्यु भएको विवरणहरू सार्वजनिक भए पनि यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ ।…
काठमाडौँ: १ लाख ५० हजार घुससहित सव–इन्जिनियर सुरेन्द्र अधिकारी पक्राउ गरेका छन् । तनहुँको भानु नगरपालिका कार्यक्षेत्र भएका उनले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत घुस माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले अधिकारीलाई सो घुस रकमसहित पक्राउ गरेको हो । उनलाई रकम लिइसकेको अवस्थामा भानु नगरपालिका वडा नम्बर २, बाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं: नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहजस्तै बिदा हुने बताएका छन् । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आयोजना गरेको अनन्तरक्रिया कार्यक्रममा उनले सत्तामा आएपछि नियम कानून केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको बताए । ‘आज निर्वाचनबाट सत्तामा गएका ओली विदा हुँदैछन् । हिजो ज्ञानेन्द्र विदा भए । नियम र कानुन मान्नु पर्दैन भन्नेहरु इतिहासमा कहिल्यै टिक्दैन,’ रिजालले भने । उनले संसारका निरङ्कुश शासकहरु मध्ये ओली पनि एक भएको बताए । रिजालले भने, ‘व्यक्ति मात्रै नभएर केपी ओली एउटा प्रवृत्ति हो । यो प्रवृत्ति सदाका लागि कसरी अन्त्य गर्ने भन्ने हो…
