काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेड स्थापनाको १५ वर्षमा प्रवेश गरेको छ । यससँगै चौधौं वार्षिकोत्सवको अवसरमा बैंकले मोबाइल बैकिङ तथा ग्लोबल स्र्माट प्रयोगकर्ताहरु क्यासब्याक दिने योजना ल्याएको छ ।
बैंकको मोबाइल बैकिङ वा ग्लोबल स्र्माट सेवा लिएर हालसम्म कुनै पनि प्रकारको कारोबार नगरेका ग्राहकले ग्लोबल स्र्माट प्रयोग गरी पहिलो पटक कुनै पनि (वालेट लोड तथा मोबाइल टपअप बाहेक) कारोबार गर्दा रु. ५० र क्यूआरमार्फतको पहिलो भुक्तानीमा रु. १०० नगद प्राप्त (क्यास ब्याक) गर्ने बैंकले जनाएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले सातवटै प्रदेश तथा ७३ जिल्लामा गरी कुल २६४ शाखा संचालनमा ल्याएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यसबाहेक बैंकले नेपालभरमा २४० एटीएम, २४३ शाखारहित बैंकिङ्ग सेवा, २४ एक्सटेन्सन काउण्टर, एक सीडीएस क्लियरिङ काउण्टरसहित, २३ राजस्व संकलन काउण्टर तथा तीन वैैदेशिक प्रतिनिधि/सम्पर्क कार्यालयसमेत गरी कुल ७९७ सेवा केन्द्रबाट सेवाग्राहीलाई सेवा दिँदै आएको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य ९बेलायत०, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको जनाएको छ ।