Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

डा सुरेन्द्र यादव नेपालमा पशुपालन व्यावसायिक बन्दै जाँदा किसानले एकै पटकमा धेरै गाईको दूध दुहुुने उपकरण(मिल्किङ पार्लर) को प्रयोग गर्न थालेका छन् । चार पाँच वर्ष पहिलेदेखि नेपालमा व्यावसायिक किसानले मिल्किङ पार्लरको प्रयोग शुरु गरेको पशु उत्पादन निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा सुरेन्द्र यादव बताउँछन् । व्यावसायिक रुपमा धेरै गाई पाल्ने किसानले यसको प्रयोग गर्न थालेका हुन् । बजारमा फरक–फरक क्षमताका यन्त्र पाइन्छ । नेपालमा भने एक पटकमा १० वटा गाई दुहुने यन्त्रको प्रयोग बढ्दै छ । यी उपकरणका कारण जनशक्ति बचत हुने बताइएको छ । उनी भन्छन्, “मिल्किङ पार्लरले केही मिनेटमा सबै दूध दुहिसक्छ ।” दूध सफा बनाउनका…

Read More

चितवन: चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको छ । निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैँडा पठाइएको थियो । पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो । बाह्र वर्षपछि पुनः अहिले दुई जोडी गैँडा चीन पठाउन लागिएको हो । यससँगै निकुञ्जबाट पठाइएका गैँडा ३० पुग्नेछन् । यसअघि गैँडा पठाएर भारत, म्यान्मा र थाइल्याण्डबाट हात्ती ल्याइएको थियो । निकुञ्जका पूर्वप्रमुख संरक्षण…

Read More

लण्डन: बेलायतका विदेश मन्त्री बोरिस जोनसनले पदबाट राजिनामा दिएका छन् । बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनीङ स्ट्रीटले जानसोनले पेश गर्नुभएको राजिनामा सोमबार स्वीकृत गरिएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । ब्रेजिक्ट मन्त्रीले राजिनामा दिएको केही घण्टापछि विदेश मन्त्रीले पनि राजिनामा दिएका हुन् । बेलायतका ब्रेजिक्ट मन्त्री डेभिड डेभिसले सोमबार नै मन्त्री पदबाट राजिनामा दिनु भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विदेश मन्त्रीको पदबाट बोरिस जोनसनले दिएको राजिनामा प्रधानमन्त्रीबाट स्वीकृत भएकोे छ ।” प्रधानमन्त्री टरिजा मेको मन्त्रिपरिषद्मा रहनुभएका डेभिस र जोनसनले राजीनामा दिएपछि बेलायतमा नयाँ राजनीतिक तरङ्ग पैदा भएको छ । युरोपेली संघबाट…

Read More

काठमाडौँ: धितोपत्र बोर्डले कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिने योजना बनाएको छ । यसअघि नयाँ एक्सचेन्ज कम्पनी ल्याउन आन्तरिक रुपमा गृहकार्य थालेको बोर्देले आगामी आर्थिक वर्षमा पनि उक्त योजनालाई निरन्तरता दिने भएको हो । बोर्डले सोमबार सार्वजनिक गरेको आगामी वार्थिक वर्षको नीति तथा कार्यक्रममा यतो उल्लेख गरिएको छ । सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज संचालनमा रहिरहेको सम्बन्धमा नयाँ थप्न थालेको भण्डारी सरोकारवालाहरुले विरोध गरेका थिए । सेयर बजारलाई थप व्यवहारिक र प्रतिस्पर्धी बनाउन अर्को एक्सचेन्ज कम्पनि थप्न गृहकार्य अघि बढाइएको बोर्डले जनाएको छ । अर्थतन्त्रको आकार र पुंजी बजारको आवश्यकता अनुसार बजारमा नयाँ एक्सचेन्ज कम्पनि चाहिएको र नयाँ कम्पनी…

Read More

चितवन: नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ । थप पहिरो नखसेमा पहिरो पन्छाउन तीनदेखि चार घण्टा लाग्ने प्रहरीले जनाएको छ । त्यसैगरी सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन् । यसअघि सोमबार राति ११ः४० बजे गाईघाटमा खसेको पहिरो आज बिहान १ः३० बजे पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो । सोमबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । विस्तारका क्रममा सडकका धेरै ठाउँमा…

Read More

काठमाडौँ: रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुँदैछ । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ । सेमिफाइनलमा फ्रान्स (घरेलु मैदानमा ब्राजिललाई हराई १९९८को विजेता), बेल्जियम, बेलायत (घरेलु मैदानमा तत्कालीन जर्मनीलाई हराई १९६६को विजेता) र क्रोएसिया अन्तिम चारमा स्थान बनाउन सफल भएका हुन् । क्वार्टरफाइनल खेलमा फ्रान्सले उरुग्वेलाई २–१ गोलअन्तरले पराजित गयो भने बेल्जियम पाँच पटकको विश्वकप विजेता ब्राजिललाई २–१ गोलअन्तरले पाखा लगाउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भयो । त्यसैगरी यता बेलायतले स्वीडेनलाई २–० तथा…

Read More

काठमाडौं ः निजामती सेवामा पहिलो पटक पिएचडी गर्ने डा. टिकाराम शर्मा (खनाल)को आज विहान ७७ वर्षको उमेरमा निधन भएको छ । उनको बिहान पौने ९ बजे ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनलाई नेपाल एपीएफ अस्पतालले रिफर गरेपछि ग्राण्डी अस्पतालमा लगिएको थियो । ग्राण्डी अस्पतालमा निधनपछि उनलाई सो अस्पतालबाट काठमाडौ महानगरपालिका १० स्थित निजी निवासमा ल्याई ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जलीको लागि राखिएको थियो । यसपछि पशुपति आर्यघाटमा लगि दाहसंकार गरिएको थियो । उनले संस्कृतमा एजम् गर्नुभएको थियो । स्व. खनाल भूतपूर्व सहसचिव थिए । उनले निमित्त अन्चलाभिसको रुपमा, प्रमुख जिल्ला अधिकारीको रुपमा समेत जिम्मेवारी निर्वाह समेत गरिसकेका…

Read More

कलैया: प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । गाउँपालिकाको आजको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुुन र रु एक हजारका दरले मासिक भत्तासमेत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले जानकारी दिए । छोरीलाई शिक्षामा सहज पहुँचका लागि अभियानको थालनी गरिएको उपाध्यक्ष गीता साहले बताइन् । उमेर नपुगेका छोरीहरूलाई विवाह गर्ने चलनका कारण धेरैको अकालमै ज्यान जाने गरेको हुँदा अभिभावकलाई पनि गाउँपालिकाले कम्तीमा पनि…

Read More

काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ आर्थिक वर्षदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० निर्धारण गरेको छ । रोजगारदाता र श्रमिकका प्रतिनिधिबीच भएको त्रिपक्षीय छलफलबाट सम्पूर्ण रोजगार प्रदायक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक निर्धारण गरिएको हो । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री गोकर्णराज विष्टले भने, “विगतका समयमा बढाइएको पारिश्रमिकको दरभन्दा यो बढी हो, यसलाई हामीले अहिलेसम्मकै उच्चतम वृद्धिदरका रुपमा लिन सक्छौंँ ।” कुनै पनि कम्पनीले तोकिएको न्यूनतम पारिश्रमिकभन्दा कम दिएमा सो कम्पनीलाई कडाइका साथ कारवाही गरिने मन्त्रालयका सचिव यज्ञेश्वर दाहालले बताए । उनले श्रम ऐन २०७४ को दफा १०६ र १०७ अनुसार मन्त्रालयले प्रत्येक दुई वर्षमा…

Read More

ललितपुर: ललितपुर महानगरपालिकामा आवश्यकताभन्दा १० गुणा कम नगर प्रहरी कार्यरत छन् । महानगरपालिकामा अहिले २३ जना नगर प्रहरी कार्यरत छन् । दुई सयभन्दा बढी जनशक्ति आवश्यक रहेको नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउछन् । उनि भन्छन्, “अहिले आवश्यकताभन्दा धेरै कम जनशक्ति हुँदा हामीले भवनको सुरक्षा, दमकल सञ्चालनलगायतका अति आवश्यक काममात्रै गर्न सकेका छाँै ।” स्थानीय सरकार सञ्चालन ऐनले महत्वपूर्ण जिम्मेवारी दिए पनि जनशक्ति कमीले गर्दा बढी महत्वपूर्ण काममा बढी लाग्नुपरेको महर्जन बताउनुहुन्छ । जनशक्ति पर्याप्त भए थप प्रभावकारी रुपमा काममा लाग्न सकिने महर्जन बताउछन् । उनि भन्छन्, “अहिले हामीले नियमित नगरी नहुने काममा जोड दिएका छौँ ।” नगर प्रहरी अहिलेसम्म…

Read More