Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ऊर्जा र जलस्रोतमा ३२ बुँदे सुधार योजना: मन्त्री श्रेष्ठद्वारा समयसीमासहित निर्देशन
- सर्वोच्चले अदालतले भन्यो- पूर्वमन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्नू
- सरकारले सार्वजनिक गर्यो १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा
- डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
- अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम
- निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, महासचिवमा घिमिरे
- चालु आर्थिक वर्षको ८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स
- फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ रुपैयाँमा कारोबार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
धनगढी: कैलालीको टीकापुर अस्पतालमा आज बिहान जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थियो । जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा आज बिहान यस्तो अनौठो बच्चा जन्माएकामा ११ बजेतिर बच्चाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा नरेन्द्रकुमार खनालले बताए । गएराति बेथा लागेपछि सीतालाई अस्पताल ल्याइएको थियो । “उहाँको गर्भावस्थामै यस्तो अनौठो बच्चा रहेको पत्ता लागेको थियो, डा खनालले भने , तर बच्चा बँचेन ।” शिशुको मृत्यु भए पनि उहाँको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।
काठमाडौँ: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर नेपालमा कृषि उद्योग चलाइरहेका आठ उद्यमीलाई आज सम्मान गरेको छ । विदेशमा सीप सिकेर नेपालमा आई उदाहरणीय काम गरेका युवाका माध्यमबाट अन्यलाई सरकारका तर्फबाट प्रोत्साहन दिने उद्देश्यले पुरस्कार वितरण गरिएको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए । सर्वाेत्कृष्ट उद्यमी पुरस्कारतर्फ यूएई र इजरायलमा दुई दुई वर्ष काम गरी नेपाल फर्केर आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी चलाइरहेका लमजुङका सोनाम लामालाई रु एक लाखसहित श्रममन्त्री गोकर्णराज विष्टले सम्मान गरेका हुन् । त्यसैगरी उत्कृष्ट उद्यमीतर्फ यूएईमा साढे दुई वर्ष काम गरी राष्ट्रिय अलैँची कृषि कम्पनी प्रालि सञ्चालन गरिरहेका बागलुङका देवीप्रसाद खत्री, कतारमा आठ वर्ष…
काठमाडौँ: सरकारले शैक्षिक हडतालको बेला निर्बाध रुपमा विद्यालय सञ्चालन गरी पठनपाठन गर्न आग्रह गरेको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला शिक्षा अधिकारी वासुदेव घिमिरेले शान्तिपूर्ण रुपले विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकारलाई हनन हुन नदिनका लागि शैक्षिक हडतालका समयमा शैक्षिक संस्थालाई सुरक्षा प्रदान गरिने भएकाले विद्यालय सञ्चालन गर्न आग्रह गरिएको बताए । उनले विद्यालय सञ्चालनका लागि पूर्ण सुरक्षाको प्रत्याभूत दिलाउन जिल्लास्थित सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिए । विद्यार्थी संगठनले भने शैक्षिक विकृतिको अन्त्य र वृद्धि भएको शुल्क फिर्ताको माग गर्दै पटक पटक आन्दोलन गरेका छन् । उहाँले विद्यालय बन्द गराउने जोसुकैलाई पनि कानूनअनुसार कारवाही गरिने चेतावनी दिए…
काठमाडौँ: न्याय परिषद्बाट सिफारिश भएका २२ जना जिल्ला न्यायाधीशलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनीहरुलाई संविधानबमोजिम शपथ गराए । नेपाल न्याय सेवाका उपसचिव वा सोसरहका राजपत्राङ्कित द्वितीय श्रेणीमा कार्यरत उनीहरुले संविधानको धारा १४९ को उपधारा (१) बमोजिम बढुवा भई जिल्ला न्यायाधीशमा नियुक्त भएका हुन् । न्यायपरिषद्को गत असार ७ गते बसेको बैठकले २२ जनालाई जिल्ला न्यायाधीशमा कामु प्रधानन्यायाधीश दीपकराज जोशीसमक्ष सिफारिस गरेको थियो । शपथ ग्रहण गर्नेमा सुदर्शन लामिछाने, खिमानन्द भुसाल, टिकेन्द्र दाहाल, वसन्तजंग थापा, चाणक्यमणि अर्याल, कपिलमणि गौतम, विदुर काफ्ले, धुव्रकुमार उप्रेती, चन्द्रकान्त पौडेल, राजेशकुमार…
काठमाडौँ: नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले गंगामाया अधिकारीको मुद्दालाई द्वन्द्वकालीन समयको घटनासँग जोडेर हेर्न नमिल्ने बताएका छन् । वीर अस्पतालमा आज पुगी आमरण अनशनमा रहनुभएकी गंगामायाको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै नेता डा कोइरालाले भने , “गङ्गामायाको जस्ता धेरै त्यस्ता मुद्दा छन्, ती मुद्दाहरुलाई द्वन्द्वकालीन घटनासँग जोडेर अपराधीलाई उन्मुक्ति दिन मिल्दैन ।” अनशनको ३५ दिनमा गंगामायाको स्वास्थ्य जटिल बन्दै गएको अस्पतालले जनाएको छ । विसं २०६१ जेठ २४ जेठ छोरा कृष्णप्रसादको तत्कालीन माओवादी पक्षबाट हत्या गरिएको थियो । हत्या आरोपीको नाम किटानीसहित उनीहरुविरुद्ध २०७० चैत ३० देखि चितवन जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । राजनीतिक संरक्षणमा मुद्दा फैसलामा ढिलाइ गरिएको र…
काठमाडौँ: बिश्वकप फुटबलको नकाउट चरणको सोमबार भएको पहिलो खेलमा पांच पटकको बिश्व बिजेता ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले पाखा लगाउंदै क्वाटर फाइनलको यात्रा तय गरेको छ । खेलको मध्यान्तरअघिसम्म कुनै गोल हुन नसकेको अवस्थामा ब्राजिलका कप्तान नमारले ५१ मिनेटमा टोलीलाई अग्रता दिलाउन सफल भए भने अर्को दोश्रो गोल ८८ औं मिनेटमा सुब्स्टिचुसनमा आएका फेर्मिन्होले गोल गर्दै टोलिको जित सुनिचित गरेका हुन् ।
प्रकाश सिलवाल काठमाडौँ: माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही गरिएको छ । पाँच दिनअघि गठित समितिले आज प्रतिवेदन बुझाएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको निर्णयबाट अम्बिकाप्रसाद रेग्मीलाई कारबाहीस्वरुप मन्त्रालयमा काजमा तानिएको छ भने अर्काे व्यवस्था नभएसम्मका लागि पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीलाई परीक्षा नियन्त्रक तोकिएको छ । मन्त्री पोखरेलले भने, “विस्तृत प्रतिवेदन अध्ययनपछि थप कारबाही गरिनेछ, अहिलेलाई नियन्त्रकलाई कारबाहीस्वरुप मन्त्रालय तानिएको छ ।” समितिको प्रतिवेदन मन्त्रालयले सार्वजनिक गरेको छैन । नियन्त्रकभन्दा माथि वा तल्लो तहका अन्य कर्मचारी कारबाही हुने हो,…
काठमाडौँ: सन् २०१० को विश्वकप च्याम्पियन स्पेन आयोजक राष्ट्र रुससँग पेनाल्टी सुटआउटमा पराजित हुदै विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ । गोलकिपर इगोर अकिनफेभले कोके र इयागो असपासको पेनाल्टी रोकेपछि रुस पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित भएको हो । सन् २००२ मा पनि स्पेन आयोजक दक्षिण कोरियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो । विश्वकपमा स्पेनले चारमध्ये एक मात्र पेनाल्टी सुटआउट जितेको छ । यसअघि निर्धारित तथा अतिरिक्त समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । सर्जी इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलको १२ औँ मिनेटमा नै स्पेनले अग्रता लिएको थियो । तर, त्यसपछि रुसले केही सुधारिएको खेल प्रदर्शन गर्यो ।…
नयाँदिल्ली: भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीको उत्तरी क्षेत्रमा रहेको एक निजी आवासमा एघार जनाको शव भेटिएको छ । बुरारी भन्ने ठाउँमा रहेको एउटा घरभित्र ती शवहरु भेटिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । प्रहरी अधिकारीका अनुसार ११ जनामध्ये १० जनाको शव झुण्डिएको अवस्थामा भेटिएको थियो भने एकजना ७५ वर्षीय महिलाको शव भने घरको भूइँतल्लामा थियो । झुण्डिएको अवस्थामा भेटिएका ती सबैको आँखामा पट्टी बाँधिएको छ । यहाँको एक स्थानीय इन्डिया टुडे टिभि च्यानलले सो जानकारी दिएको छ । मृत्यु भएकामा सात जना महिला र चार पुरुष रहेका छन् । यसरी मृत्यु हुने सबैजना नयाँ दिल्लीमै प्लाइउडको व्यापार गर्दै आएका ललित…
काठमाडौँ: चावहिल–बौद्ध–जोरपाटी–साँखु र जोरपाटी–सुन्दरीजल मूल सडकको दुरवस्थाविरुद्ध राजनीतिक दलका नेतासहित विभिन्न पेशा तथा क्षेत्रमा आबद्ध मानिस सडकमा ओर्लिएका छन् । नागरिक दवाव अभियानको नेतृत्वमा शुरु भएको कार्यक्रममा ऐक्यबद्धता जनाउँदै स्थानीयवासीले वर्षौंअघिदेखि सडक जीर्ण भई लाखौँ प्रयोगकर्ताले दुःख पाउँदा समेत सरोकार निकाय मूकदर्शक बनेको आरोप लगाए । जोरपाटी चोकमा आज भएको विरोधसभालाई सम्बोधन गर्दै अभियानका संयोजक दीपकसिंह भण्डारीले चाबहिल–बौद्ध–जोरपाटी–साँखु र जोरपाटी–सुन्दरीजल सडकखण्ड कालमार्गमा परिणत भएको आरोप लगाउँदै सडक बनाउन कसैले अग्रसरता नदेखाएकाले नागरिकस्तरबाटै दवाव अभियान थालिएको प्रष्ट पारे । अभियानका सहसंयोजक कुमारराज सुवेदीले एक्काइसौँ शताब्दीमा महानगरवासी नारकीय जीवन बिताउन बाध्य हुँदा पनि कसैको ध्यान नजानु लाजमर्दो भएको गुनासो गरे । नेपाली…