काठमाडौँ: सन् २०१० को विश्वकप च्याम्पियन स्पेन आयोजक राष्ट्र रुससँग पेनाल्टी सुटआउटमा पराजित हुदै विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ ।
गोलकिपर इगोर अकिनफेभले कोके र इयागो असपासको पेनाल्टी रोकेपछि रुस पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित भएको हो ।
सन् २००२ मा पनि स्पेन आयोजक दक्षिण कोरियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो । विश्वकपमा स्पेनले चारमध्ये एक मात्र पेनाल्टी सुटआउट जितेको छ ।
यसअघि निर्धारित तथा अतिरिक्त समयमा खेल १–१ को बराबरीमा सकिएको थियो ।
सर्जी इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलको १२ औँ मिनेटमा नै स्पेनले अग्रता लिएको थियो ।
तर, त्यसपछि रुसले केही सुधारिएको खेल प्रदर्शन गर्यो । पहिलो हाफ सकिन लाग्दा जेरार्ड पिकेले डि–एरियामा बल हातले छोएपछि रुसले पेनाल्टी पायो ।
यस्तै, गयराति नै सम्पन्न अर्को खेलमा क्रोयसियाले डेनमार्कलाई पेनाल्टी सुटआउटमा नै पर्राजित गरेको छ । क्रोसिया र डेनमार्कको खेलपनि एक-एकको बरार्बरीमा सकिएपछि खेल अतिरिक्त समयको पेनाल्टी सुटाउट धकेल्लिएको थियो । पेनाल्टीमा खेल क्रोयसियाले ३-२ गोल अन्तरले जित्न पुग्यो ।