Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

वीरगञ्ज: क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये ११ वटा उद्योगमा शिलबन्दी गरी कारवाही गरेको छ । प्रदेश नं २ को आठ जिल्ला तथा प्रदेश नं ३ को सिन्धुली, हेटौँडा र चितवन कार्य क्षेत्र रहेको सो कार्यालयले ५७२ वटा उद्योगको नमूना संकलन गर्दा ५१५ उद्योगले गुणस्तरहीन सामान उत्पादन गरेको पाइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत राजकुमार रिजालले जानकारी दिए । चालू आवको जेठ मसान्तसम्ममा घ्यू, तेल, दूध, पानीलगायतका सामग्री उत्पादन गर्ने ९८ उद्योगमाथि मुद्दा दायर गरेको छ भने २९ पटकसम्म अनुगमन गरेको छ । त्यसैगरी कार्यालयले सो अवधिमा हेटौँडा, चन्द्रनिगाहपुर…

Read More

काठमाडौं: प्रदेश ७ नम्बर का पहाडी जिल्लामा विद्युत आपूर्तिलाई नियमित र भरपर्दो बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको १३२/३३ केभी सब स्टेसन मंगलबारबाट संचालनमा आएको छ । सव स्टेसनलाई मंगलबारबाट चार्ज गरिएको हो । सब स्टेसन निर्माण सम्पन्न भएपछि ७ नम्बर प्रदेशका पहाडी जिल्लामा आगामी दिनमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत त्यहींमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गराउन पूर्वाधार पनि तयार भएको छ । सब स्टेसन सञ्चालनमा आएपछि दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउलेबाटै डडेल्धुरा, दार्जुला,डोटी, वैतडी र अछाममा बितरण हुने छ । नेपाल विद्युत प्राधिकरणले अहिले चमेलियाको विद्युत दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको…

Read More

काठमाडौँ: प्रहरीले राजधानीको दुई भिन्न स्थानबाट दुई वेवारिसे लासहरु बुधबार बिहान फेला पारेको छ । प्रहरीका अनुसार आज बिहान छ बजे ललितपुरको वडा नं.-२ टेकुबाट सानेपातर्फ जाने कालोपुलमुनी वाग्मती नदीको किनारमा अन्दाजी वर्ष२२/२५की युवतीकोमृतक लाश फेला परेको हो । मृतकलाई चिन्ने जोकोहीले पनि महानगरीय अपराध महाशाखाको मोवाईल नं. ९८५१२८३०३२ वा हटलाईन ११७७ मा तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राखन प्रहरीले अनुरोध गरेको छ ।

Read More

काठमाडौं: तीन वर्ष अघिगएको गोरखा भूकम्पले भात्त्किएको झन्डै ११० वर्ष पुरानो बसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठकको पुनर्निर्माण कार्य सम्पन्न भई आजबाट भवनको उद्दघाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उक्त भवनको उद्दघाटन गरेका हुन् । भवन अमेरिकी प्राविधिकहरुले रेट्रोफिटिङको माध्यमद्वारा पुनर्निर्माण गरेका हुन् । गद्दी बैठक विक्रम संवत् १९६५ मा राजा पृथ्वी वीरविक्रम शाहको पालामा निर्माण गरिएको हो । गद्दी बैठक पुनर्निर्माणका लागि अमेरिकी सरकारले ७ लाख अमेरिकी डलर सहयोग गरेको थियो । यसमा अमेरिकी कन्सल्टेन्टले नै काम गरेको थियो । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार भवन पुनर्निर्माण थालिएको डेढ वर्षमा काम सकिएको हो ।

Read More

वासिङ्टन:  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्णकालीन रोकमा लागेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको एजेण्डाका रुपमा यो एजेण्डा अघि सारेका थिए । यसअघि लगाइएको प्रतिबन्धलाई अमेरिकी सर्वोच्च अदालतले सदर गरिदिएको छ । राष्ट्रपति ट्रम्पले गत वर्ष नै यी आठ देश सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको आदेशात्मक कानुन बनाएका थिए । त्यस कानुनलाई अमेरिकाका विभिन्न तहका अदालतले बदर गरिदिएका थिए । त्यसपछि ह्वाइट हाउस स्वयंकै यस मुद्धा सर्वाेच्च अदालत पुगेको थियो । विश्वका केही देश, मानवअधिकारवादी र अमेरिकी अधिकारवादीहरुले…

Read More

पहिलोक्लिक सम्वाददाता डोटी असार: डोटी चेम्वर अफ कमर्सको स्थापना गरिएको छ . जिल्ला प्रशासन कार्यालय डोटीमा डोटी चेम्वर अफ कमर्स दर्ता भईसकेको छ । चेम्वर अफ कमर्सको कार्यालयको प्रदेश सातका मुख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका हुन् । युवा ब्यबसायी खगेन्द्र साउदको अध्यक्षतामा पाँच सदस्यिय कार्यसमिती गठन गरिएको छ । नवगठित कार्यसमितीको पदाधिकारीहरुमा उपाध्यक्षमा नविन क’मार श्रेष्ठ, महासचिवमा केशर सिंह कठायत, सचिवमा तेजबहाद’र ड’म्रेल र कोषाध्यक्षमा प’र्णबहाद’र शाह’ रहन’ भएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ स्थित पिपल्ला बजारमा चेम्वर्स अफ कर्मको कार्यालय स्थापना गरिएको छ। कार्यालय स्थापना गरी ब्यापार ब्यबसायीह?लाई सदस्य प्रदान गर्ने लगायतका कार्यह?को श’?वात गरिएको…

Read More

पहिलोक्लिक सम्वादाता पोखरा: कास्कीको रुपा गाउँपालिका कार्यालयले कृषि उत्पादन खाएर कृषकलाई दुःख दिएपछि बाँदर व्यवस्थापन गर्न भन्दै पहिलो गाउँसभाबाट १० लाख रुपियाँ बजेट छुट्याएको छ । रुपा गाउँपालिकाले आर्थिक बर्ष २०७५/०७६ को बजेटमा पनि निरन्तरता दिँदै पाँचलाख रुपियाँ विनियोजन गरेको छ । गत आवमा पनि यस गाउँपालिकाले पांच लाख छुट्याएको थियो । भारतबाट आएको बाँदर नियन्त्रण गर्ने टोलीले हालसम्म दुईपटक गरी ५०० वटा बाँदर छोपेर निकुञ्जमा पु¥याएको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका बाँदर छोप्ने क्रम जारी रहेको गाउँपालिकाका प्रमुख नवराज ओझाले बताए । कास्की जिल्लाको पूर्वी भागमा अवस्थित सो गाउँपालिकाले यसै बर्षदेखि पहिलो पटक कृषि उत्पादन वृद्धिका साथै स्वरोजगार…

Read More

हरि बास्तोला पोखरा: उर्बर भएर पनि बाँझिएको जग्गालाई उत्पादनमूलक बनाउने लक्ष्यका साथ रुपा गाउँपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । कास्की जिल्लाको पूर्वी भागमा अवस्थित सो गाउँपालिकाले यसै बर्षदेखि पहिलो पटक कृषि उत्पादन वृद्धिका साथै स्वरोजगार सिर्जना गर्ने अभिप्रायले भूमि बैंकको स्थापना गर्न लागेको हो । बाँझिएको जग्गा निश्चित समयको लागि बैंकमा राख्न सकिने र तोकिएको दर मूल्यसमेत पाउने व्यवस्था गरी उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँसभाबाट बीउ पूँजीका रुपमा रु २५ लाख छुट्याइएको गाउँपालिकाका प्रमुख नवराज ओझाले जानकारी दिए । उनका अनुसार जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सञ्चालित भूमि बैंकमा नराख्ने र खेती पनि नगरिएको जग्गालाई दोब्बर कर…

Read More

चितवन: नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उनले थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा पन्छाउन सकिने बताए । सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो । बेलुका ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुले हैरानी बेहोरेका थिए । आजबिहान पुनः पहिरो खसेपछि यात्रु रोकिएका छन् । सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडकखण्ड पनि हो ।…

Read More

पहिलोक्लिक समाचारदाता काठमाडौँ: २८ दिनदेखि बीर अस्पतालमा आमरण अनशनमा रहेकी गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । अस्पतालका निर्देशक डा भूपेन्द्र बस्नेतका अनुसार गंगामायाले बीचबीचमा स्लाइन लिने गरे पनि खान नखाएकोले स्वास्थ्य निकै कस्किएको हो । गंगामायाले रगतलगायत परीक्षणसमेत गराउन नमानेको डा. बस्नेतले बताए । आफु पांच वर्षदेखि बस्दै आएको बीर अस्पतालको १७ नम्बर क्याबिनमा जेठ १६ गतेदेखि उनी अनशनमा छिन् । सर्वोच्च अदालतले जारी गरेको आदेश अनुसार छोरा कृष्ण प्रसादको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गरिनुपर्ने उनको माग छ । सोही बिषयको माग गर्दै उनका लोग्न नन्द प्रसाद पनि बीर अस्पतालमै सेप्टेम्बर २२, २०१४ मा अनशनरत अवस्थामै मृत्यु भएको…

Read More