काठमाडौँ : साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । नेप्से परिसूचक आठ दशमलब ११ अंकले बढेर एक हजार २०० अंकमा पुगेको छ ।
बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको सेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको सेयरमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलब ७६ बिन्दुले उकालो लागेको छ । कूल १७० कम्पनीको छ लाख ६७ हजार ४३४ कित्ता सेयर १९ करोड ३८ लाख २६ हजार ४१० रुपैयाँ मा खरिद बिक्री भएको छ ।
स्टकका अनुसार नेप्से परिसूचक बढे पनि कारोवार रकम भने आज बढ्न सकेन ।
बीमा ४३ दशमलब ४९, होटल ४० दशमलब ६६ र उत्पादन समूह ९ दशमलब ३८ बिन्दुले बढेको छ । यस्तै बैंकिङ ७ दशमलब ८५, व्यापार ० दशमलब १७, विकास बैंक ७ दशमलब ७१, जलविद्युत् १० दशमलब ७८, अन्य १ दशमलब ९ र माइक्रोफाइनान्स समूह ६ दशमलब ५५ बिन्दुले बढ्दा वित्त क्षेत्र भने १ दशमलब ५७ बिन्दुले घटेको छ ।