काठमाडौँ: साँढे ३३ किलो सुन तस्करीको अनुशन्धान समितिको म्याद सकिने लाग्दा पुन यस काण्डमा जोडिएका र हालसम्म फरार सूचीमा रहेका रमेश उप्रेती दुबईमा पक्राउ परेका छन् ।
रमेश यसअघि पक्राउ परेका र यस सुन काण्डका मुख्य आरोपी मानिएका चुणामणि उप्रेतीका सहोदर भाई हुन् ।
सरकारी अनुशन्धान समितिका संयोजक ईश्वर कुमार पौडेलका अनुसार उनी दुई दिन अघि दुबईमा पक्राउ परेको हो । उनलाई नेपाल ल्याउन सरकारी पहल जारी रहेको पनि उनले बताए ।
रमेश, एमके अग्रवाल लगायत अन्य केहि फरार सुचीमा रहेका व्यक्तिहरु उपर नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्युरोको अनुरोधमा रेड कर्नर नोटिस जारी गरिएको छ ।
Facebook Comments Box