Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सरकारले सार्वजनिक गर्यो १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा
- डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
- अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम
- निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, महासचिवमा घिमिरे
- चालु आर्थिक वर्षको ८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स
- फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ रुपैयाँमा कारोबार
- निर्वाचनपछि पहिलो संसद अधिवेशन आजदेखि, तीन अध्यादेश पेस हुँदै
- एसइई परीक्षा शुरु, पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीहरुको नाम गृह मन्त्रालयले संकलन गरेको छ । अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको नागरिक दैनिकमा खबर छ । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ । गृहमन्त्री रामबहादुर थापाले सम्झौताअनुसार काम नगर्ने ठेकेदार र कम्पनीलाई कारबाही गर्न सरोकारवाला निकायलाई नाम संकलन गरी पठाउन निर्देशन दिएबमोजिम ७० जिल्लाबाट ठेकेदार र उनीहरु आवद्ध कम्पनीको नाम प्रमुख जिल्ला अधिकारीमार्फत प्राप्त भएको हो । धनुषा, कालिकोट, जाजरकोट, डोल्पा, हुम्लासहित सात जिल्लाबाट भने मन्त्रालयमा नाम आउन बाँकी छ । काठमाडौं उपत्यकाका तीन जिल्लाबाट मात्रै पाँचसय भन्दा बढी…
काठमाडौं: नेपाल सरकारले शुरुवात गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप लागेको छ । फाउन्डेसनको नाममा लाखौं रकम असुल गरेको आरोपसमेत लागेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । शताब्दी इतिहास बोकेको फोहोर र प्रदुषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस सुन्तली पाmउन्डेसनले मनपरी ढंगले सहयोग उठाइरहेको पाइएको छ । के भन्छन् धुर्मुस ? सरकारले सरसफाइ मात्रै भनेको तर, रङ रोगन पनि गर्नुपर्ने भएकाले फाउन्डेसनमार्फत अपुग सहयोग मागेको उनले बताएका छन् । प्रारम्भिक चरणमा सरसफाइ मात्र गर्ने अभियान भएको र पछि नमुना अस्पताल बनाउनुपर्छ भन्ने लागेर निःस्वार्थ रुपमा अस्पताल सरसफाइ र रङरोगनमा लागेको उनले बताए…
काठमाडौं: बजेट प्रस्तुत भएको भोलिपल्ट नेपाली काँग्रेस बजेटमाथि आधिकारिक धारणा सार्वजनिक गर्दै कम्युनिष्ट पार्टी भनिएकाले घोषणपत्रमा देखाएको आश्वासन भन्दा अत्यन्तै निराशाजनक बजेट ल्याएको बताएको छ । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार संसदमा सार्वजनिक गरिएको बजेट कार्यक्रम सरकारले देखाएको आश्वासन भन्दा कमजोर भएको टिप्पणी गरेका हुन् । उनले प्रमुख प्रतिपक्षी दलको नाताले मुलुकको समृद्धिका लागि रचनातमक सहयोग गर्नु कर्तब्य रहेको र अर्कोतर्फ बजेटमा रहेको अन्यौल, विरोधाभाष र कमजोरी औल्याउनु दायित्व रहेको बताँउदै बजेटमा रहेका कमजोरीलाई १४ बुँदामा औल्याएका छन् । यी हुन् कांग्रेसले औंल्याएका बजेटमाथिका १४ कमजोरी :- १. स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन…
काठमाडौँ: फर्स्ट माईक्रोफाइनान्सले हकप्रदबाट विक्री हुन नसकेको २६ हजार ८८४ कित्ता साधारण सेयर लिलामी गर्ने भएको छ । उक्त सेयरमा जेठ २३ गते देखि ३० गतेसम्म लिलामी बिक्री खुल्ला हुनेछ । माईक्रोफाइनान्सको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि लिलामीमा आएको अधिकतम सबै सेयर लिलामीका लागि आवेदन दिन सक्नेछन् । लिलामी सेयरमा ग्लोबल आईएमई क्यापिटल राष्ट्रिय नाचघर जमल, र ग्लोबल आइएमई बैंकको शाखा कार्यालय वीरगञ्ज, बनेपा, हेटौंडा, पोखरा सभागृह चोक, बुटवल मिलनचोक, विराटनगर, नेपालगन्ज त्रिभुवन चोक, सुर्खेत र धनगढीबाट बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीले फागुन १८ गतेदेखि चैत २३ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत…
काठमाडौँ: हरिबहादुर चौहानले ब्याटिङतर्फ शतक र बलिङतर्फ ह्याट्रिकसहित ४ विकेट लिएपछि प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ‘ए’ बाट प्रदेश नं ४ ले आफ्नो तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी उक्त प्रतियोगितामा प्रदेश ४ ले प्रदेश १ लाई १२९ रनले पराजित गरेको हो । यसअघि पहिलो खेलमा एपिएफसँग ५ विकेट र प्रदेश २ सँग ६७ रनले पराजित भएको प्रदेश ४ ले प्रतियोगितामा पहिलो जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले मध्यक्रमका ब्याट्सम्यान हरिबहादुर चौहानको शतकीय योगदानमा निर्धारित ओभरमा…
काठमाडौँ: सरकारले संघीय संसद्को दुवै सदनमा प्रस्तुत भएको आर्थिक वर्ष २०७५/७६ को बजेटका लक्ष्य तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले कृषि तथा सेवा क्षेत्रमा हुने विस्तार एवं वृद्धिले आगामी आवका लागि लिइएको आठ प्रतिशतको आर्थिक वृद्धिदरसहितका अन्य लक्ष्य पूरा हुने दाबी गरे । उनले भने, “कृषि क्षेत्रको औसत वृद्धिदर ४.५ प्रतिशत हो, १२ प्रतिशतको औद्योगिक क्षेत्रको वृद्धि हामीले अपेक्षा गरेका छौँ । मेलम्ची र तामाकोशी आयोजना आगामी आवमा सम्पन्न हुने भएकाले त्यसको सकारात्मक असर पर्नेछ ।” सिमेन्ट उद्योग र खानी क्षेत्रमा पनि उद्योग स्थापना भई सञ्चालनमा आउने विश्वास…
काठमाडौँ ः मेगा बैंक नेपाल लिमिटेडले थप दुई वटा शाखा विस्तार गरेको छ । शाखा विस्तारलाई तीव्रता दिने क्रममा सिरहाको लहान नगरपालिका र गोरखाको भिमसेन थापा गाउँपालिकामा मेगा बैंक नेपाल लिमिटेडले शाखा विस्तार गरेको हो । मेगा बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको जनाएको छ । बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको जनाएको छ । यो सँगै देशभर मेगा बैंकको शाखा कार्यालय ९३ पुगेको छ । मेगा बैंकका ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा…
काठमाडौँ ः तीन सरकारी सञ्चार संस्थानको दुरावस्था र यसलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दुई समिति गठन गरेको छ । गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजनका नीतिगत, संरचनागत, प्रक्रियागत, प्रविधिगत पक्षका साथै आर्थिक, भौतिक, जनशक्ति व्यवस्थापनलगायतका पक्षमा अध्ययन एवं छानविन गर्न राज्यमन्त्रीस्तरको निर्णयबाट ती समिति गठन भएका हुन् । गोरखापत्र संस्थानको अध्ययन एवं छानबिन गर्ने समितिको संयोजकमा विष्णु रिजाल र सदस्यमा सुवास देवकोटा, वासुदेव अधिकारी, टीकाराम राई, डोलप्रसाद दाहाल तथा सचिवमा मन्त्रालयका उपसचिव संगीता ओझा रहेका छन । समितिलाई एक महिनाको समय दिइएको छ । यसैगरी, रेडियो नेपाल र नेपाल टेलिभिजनको समष्टिगत सुधार गर्न…
काठमाडौँ: सरकारले मुलुकका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा युवराज खतिवडाले पेश गरेका आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुरुङमार्ग निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो । भौगोलिक बनावट तथा अन्य जटिलताका कारण यातायात सञ्चलनमा भइरहेको कठिनाइलाई सहज तुल्याउन आगामी आवमा पृथ्वी राजमार्गको नौबिसे–नागढुंगा खण्डमा सुरुङमार्ग निर्माण आरम्भ गरिने बजेटमा उल्लेख गरिएको छ । सो सुरुङमार्ग निर्माणमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)ले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरिसकेको छ । यस्तै काठमाडौँलाई नुवाकोटसँग जोड्न टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने लक्ष्य राखेको छ । यस्तै बुटवल सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको सिद्धबाबा खण्डमा पनि सुरुङमार्ग…
काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा प्रस्तुत गरेका आव २०७५÷७६ को बजेटबारे निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कृषिलगायत उत्पादन क्षेत्रको प्रवद्र्धनका लागि बोलेको बजेट सकारात्मक नै रहेको टिप्पणी गरिनन् । उहाले भनिन् , “निजी क्षेत्रले उठाउँदै आएको कर र भन्सारको विषय अध्ययन गर्नै बाँकी रहेकाले अहिले केही भन्न सकिएन, उद्योग क्षेत्रका माध्यमबाट रोजगारी प्रदान गर्ने भने पनि आवश्यकरुपमा बजेट विनियोजन भएको देखिएन ।” नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले स्थिर सरकारका नाताले सहासिक र युगान्तकारी बजेट आउला भन्ने सोचेका थियौँ तर त्यो देख्न र सुन्न पाइएन भने । उनले…