Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: ग्लोबल आईएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष विन्द्रा कक्षपती प्रधानले हस्ताक्षर गरेकम छन्। सम्झौता पश्चात् बैंकले आइडिया नेपालको अफिसिएल बैंकिङ्ग पार्टनरको रुपमा काम गर्नेछ र आइडिया नेपालका सम्पूर्ण सदस्यहरुलाई आवश्यक बैंकिङ्ग सेवामा विशेष सहुलियत प्रदान गर्नेछ। आइडिया नेपाल इन्टेरिएर डिजाइनरहरुको छाता संगठन हो। यो संस्था आफ्ना सदस्यहरुको वृत्ति विकासका साथै पेशागत हकहितका लागि कार्यरत रहेको छ।
काठमाडौँ: काठमाडौंको स्वयम्भूबाट संरक्षित वन्यजन्तु गैँडाको खागसहित पाँच व्यक्ति पक्राउ परेका छन्। खागको अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो। काठमाडौंको स्वयम्भू किमडोलमा गैँडाको खाग बिक्री वितरण गर्न भनि कोठामा राखिरहेको अवस्थामा प्रहरीले खाग बरामद गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको झोंछेका ४१ वर्षीय रिकेश शाक्य, सोही स्थानका ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ नुवाकोटको मेघाङ गाउँपालिका–६ का २६ वर्षीय रामसिंह तामाङ र सोही स्थानकी २२ वर्षीय मुना तामाङ रहेका छन्। पक्राउ परेका व्यक्तिहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार…
काठमाडौं: नेपाललाई गर्दै आएको विकास सहायता वृद्धि गर्न फिनल्यान्डले प्रतिबद्धता गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टीनेनले शुक्रबार गरेको शिष्टाचार भेटघाटमा उक्त प्रतिबद्धता गरेका हुन्। भेटमा अर्थमन्त्री पौडेलले नेपाल र फिनल्याण्ड बीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए। यस्तै अर्थमन्त्री र राजदूत बीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड-१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएको अर्थमन्त्रालयले जनाएको छ। भेटमा राजदूत एन्टीनेनले सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराएका थिए। नेपालसँग…
काठमाडौं: उपप्रधानमन्त्री तथा कोभिड–१९ संकटव्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले कोभिड कोषको खर्च विवरण जनता समक्ष सार्वजनिक गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले कोभिड नियन्त्रण सम्वन्धि कामहरुको बारेमा सर्वसाधारण जनतालाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय समेत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना खोप ल्याउने सम्वन्धमा भैरहेको प्रगतिबारेमा जानकारी लिएका छन् । उनले जनतालाई समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा सिसिएमसीमा आवद्ध मन्त्रीहरुसँग पछिल्ला सरकारका निर्णय र त्यसमा भैरहेको प्रगतिका बारेमा छलफल गरेका हुन् । ‘समयमै जनतालाई निःशुल्क खोप…
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ । पछिल्लो २४ घण्टामा थप १२७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३२ हजार ८७२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा…
काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकास र प्रवद्र्धनका लागि नेपाल राष्ट्र बैंकले योजनाबद्ध प्रयास गरिरहेको बताएका छन् । सिङ्गापुर फिन्टेक महोत्सव–२०२०’ लाई श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्दे उनले ‘डिजिटल अर्थतन्त्र र वित्तीय प्रणालीको विकासमा राष्ट्र बैंक प्रतिबद्ध’ रहेको बताए । संयुक्त राष्ट्रसङ्घीय पूँजी विकास कोष र सिङ्गापुर मनिटरी अथोरिटीले यही मङ्सिर २२ गतेदेखि उक्त महोत्सवको आयोजना गरेको हो । कृषि र खाद्य प्रणालीमा डिजिटल बैंकिङले पु¥याउन सक्ने सहयोग’ विषयमा मन्तव्य राख्दै गभर्नर अधिकारीले भने, “वित्तीय क्षेत्रको नेतृत्वदायी निकाय हुनुका नाताले नेपालमा डिजिटल अर्थतन्त्रको विकासका लागि राष्ट्र बैंकको अत्यन्तै ठूलो भूमिका रहेको तथ्यलाई…
काठमाडौँ: डीआईजी विश्वराज पोख्रेल एआईजीमा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पोख्रेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। पोख्रेलको प्रहरी प्रधान कार्यालयमा पदस्थापन भएको छ। बढुवा समितिले गत साता पोख्रेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। सरकारले मंसिर ३ गते एक एआईजीको दरबन्दी थप गरेको थियो। २०४९ चैत २९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका पोख्रेल डीआईजी बढुवा हुँदा पनि यसैगरी एक मात्रै कोटामा परेका थिए। एआईजीमा बढुवा भएसँगै पोख्रेल भावि आईजीपी बन्ने लकभग पाक्का भएको छ। अरु तीन एआईजी आईजीपीसँगै अवकास हुँदा हालका शीर्ष ४ डीआईजी पनि सँगै अवकास हुनेछन्। संसदको राज्य व्यवस्था समितिले बुधबार मात्रै एआईजीको दरबन्दी…
काठमाडौं: पछिल्लो २४ घण्टामा नेपालमा १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ७२३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०६४ रहेको छ । हालेसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । हाल देशभर १२ हजार ३८६ सक्रिय संक्रमित रहेका छन् । कहाँ कति संक्रमित ? पछिल्लो २४ घण्टामा काठमाडौंमा ३३८, कैलालीमा ९४, मोरङ र कास्कीमा ६७÷६७, सुनसरीमा ६६,…
काठमाडौँ: कोरोना बीमा दाबी भुक्तानी कोरोनका बीमा मापदण्ड २०७७ बमोजिम कागजात नभएको तथा कोभिड रिपोर्ट भेरिफाइ गर्न समय लाग्दा ढिला भएको बीमा समितिले जनाएको छ । समितिले बिहीबार कोरोना बीमाको पुल व्यवस्थापनको काम गर्दै आएको शिखर इन्स्योरेन्समा स्थगलत अनुसन्धान गर्दा मापदण्ड अनुसारको कागजात बिना नै माग दाबी गर्ने गरेको जनाएको छ । समितिको अध्ययन अनुसार बीमा कम्पनीहरुले आवश्यक कागजात बिना नै बीमा पुलमा फाइल पठाउने, कोरोना रिपोर्ट स्पष्ट नहुँदा त्यसलाई भेरिफाइ गर्नु पर्ने भएकाले दाबी भुक्तानी ढिला भएको जनाएको छ । बीमाखेल खरिद गरेका बीमितहरुले दावी भुक्तानीका लागि कोरोना बीमा मापदण्ड २०७७ ले तोकेको सम्पूर्ण कागजातसहित सम्बन्धित बीमा कम्पनीमा…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषदको बैठक डाकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक डाकिएको जानकारी आएको प्रमुख विपक्षी दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतले जनाएको छ । बैठकमा ११ संवैधानिक निकायमा रिक्त रहेका ४६ पदाधिकारी नियुक्तिको एजेन्डामाथि छलफल हुनेछ । संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद छ । परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, विपक्षी दलको नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहन्छन् । हाल उपसभामुखको स्थान रिक्त छ । प्रधानन्यायाधीश एक जना र महालेखापरीक्षक एक जनासहित १२ वटा संवैधानिक आयोगका ६२ पदमा संवैधानिक परिषदको निर्णयमा पदाधिकारीहरूको नियुक्ति…
