Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : संघीय संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकले सातदिन भित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो। समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उखु कृषकलाई सात दिन भित्र भुक्तानी गराउने काम सम्पन्न गरी सो को विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिए। ‘उखु कृषकहरुको भुक्तानी ७ दिन भित्र उद्योग मन्त्रालयले उखु कृषकहरुलाई भुक्तानी गराउने व्यवस्था गर्ने र सोको प्रगति विवरण सहित अर्को हप्ता समितिलाई जानकारी गराउन समितिको छलफलपछि निर्देशन दिइएको छ,’ श्रीवास्तवले भने। …
काठमाडौँ: यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् । उपत्यकामा मात्र आजोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् । साधनमा यात्रुको चाप बढ्दो छ । तर जोरबिजोर प्रणालीले गर्दा सवारीको संख्या भने कम छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार संयुक्त रुपमा अपिल जारी गर्दै जोरबिजोर प्रणाली नमान्ने निर्णय गरिएको हो । जोरबिजोर प्रणालीमा सञ्चालन हुँदा सवारी संख्यामा कमी भएको र यात्रुको चाप बढी देखिएपछि कोरोना…
एजेन्सी: बार्सिलोनाले स्पेनिस लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई पराजित गरेको छ । बुधबार राति नाउ क्याम्पमा बार्सिलोनाले ला लिगाको शीर्ष क्लब रियल सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रियल सोसिडाडले शीर्ष स्थान गुमाएको छ । सोसिडाड तालिकाको दोस्रो स्थानमा झर्दा बार्सिलोना शीर्ष ५ मा उक्लिन सफल भएको छ । खेलमा अग्रता पाहुना टोली सोसिडाडले डी सिल्भाको गोलमा लिएको थियो । त्यसको चार मिनेटपछि जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । पहिलो हाफ सकिन तीन मिनेटअघि डी जोङले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढायो । जोङको सोही गोल निर्णायक सावित भयो । पछिल्लो…
काठमाडौँ: काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ । यसअघि बुधबार उपत्यकाको तापक्रम ३ डिग्री थियो । केही दिन यता काठमाडौँ उपत्यकाको तापक्रम नियमित घट्दै जाँदा चिसो अत्याधिक बढेको छ । रातको समयमा बादलले आकाश नढाकेकाले चिसो बढेको मौसमविद मञ्जु बासीले बताएकी छन् । यद्यपि दिउँसो १७–१९ डिग्री सेल्सियससम्म तापक्रम रहने उनले बासीले बताइन् । यस्तै आज बिहानैदेखि तराई अधिकांश भू-भाग तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । रातको समयमा हुस्सुसहित…
काठमाडौं: नेपाल राष्ट्र बैंकले स्थिर ब्याज दर सम्बन्धि ब्यवस्थामा पुनरावलोकन गरेको छ। सुरुमा कति अवधिसम्मको ऋणमा स्थिर ब्याज दर हुने स्पष्ट थिएन। राष्ट्र बैंकले पहिलो पटक कार्यान्वयन गरेको नयाँ ब्यवस्था अनुसार, सात बर्षसम्म बैंक तथा वित्तीय संस्थाहरुले ब्यक्तिगत आवधिक कर्जाको ब्याज दर स्थिर राख्नु पर्छ। त्यसपछि प्रत्येक पाँच बर्षमा ब्याज दर पुनरावलोकन गरेर स्थिर राख्न पाइने छ। राष्ट्र बैंकले बचतको न्यूनतम र मुद्दतिको अधिकतम ब्याजबिचको अन्तर ५ प्रतिशतभन्दा बढि हुन नपाउने ब्यवस्थामा केही छुट दिएको छ। बुधबार निर्देशन जारी गर्दै सामाजिक सुरक्षा भत्ता बापतको रकम मात्र जम्मा हुने ब्यक्तिगत निक्षेप खाता तथा अक्षय कोष बापतको रकम भुक्तानीको रुपमा स्वीकार…
काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पार्टीमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बुधबार भएका सहमतिबारे स्पष्ट पारेको छ। प्रचण्डको सचिवालयले पार्टीमा पेश भएको राजनीतिक प्रस्ताव फिर्ता गर्ने सहमति नभएको जनाएको छ। सरकारले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्ने, राजनीतिक नियुक्ती बदर र संसदको विशेष अधिवेशन बोलाउने माग गर्दै राष्ट्रपति कार्यालयमा पेश गरिएको निवेदन फिर्ता लिने सहमतिसँगै दुई अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनसमेत फिर्ता गर्ने सहमति भएको समाचार आएको थियो। सो समाचारबारे प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा ‘जुगल’ ले खण्डन गरेका छन्। उनले फेसबुक स्ट्याटसमा लेखेका छन्– आज २०७७…
काठमाडौँ : नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले नेपालमा अझै लगानीको वातावरण बन्न नसकेको बताए । उद्योगपति चौधरीले बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अर्थनीति बहसको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । उनले सरकारले निजी उद्योगी व्यवसायीलाई हेर्ने नकारात्मक सोचका कारण नेपालमा लगानीको वातावरण बन्न नसकेको बताए । नेपालमा लगानी लगाउन चाहने र नयाँ युवाहरु उद्यमशिल बन्न चाहना भएता पनि उपयुक्त वातावरण नहुँदा नेपालमा आर्थिक क्षेत्रका विकास हुन नसकेको उनको भनाई छ । उनले निजी औद्योगिक क्षेत्रको विकासका लागि ऐन कानुन नीति नियम बनाउने कानुनी निर्माताहरुको सोचमा सकारात्मक परिर्वतन नआएसम्म नेपालमा लगानीको सहज वातावरण बन्न…
काठमाडौं: अध्यादेशसम्बन्धि विवादको निकास निकाल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक चार दिनका लागि स्थगित भएको छ । बुधबार बसेको स्थायी समिति बैठक आगामी पुष ५ गते १ बजे बस्नेगरी स्थगित भएको हो । यसअघि ५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक भने १० बस्ने गरी मिति परिवर्तन भएको छ । त्यस्तै बैठकले मंगलबार सरकारले पार्टीमा कुनै छलफल नै नगरी ल्याएको संवैधानिक परिषद संशोधनसम्बन्धी अध्यादेश फिर्ता गर्ने र त्यसको काउन्टरमा संसदको विशेष अधिवेशन बोलाउन गरिएको प्रयास फिर्ता गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सरकारले मंगलबार अध्यादेश ल्याएपछि नेकपामा नयाँ विवाद सुरु भएको…
काठमाडौँ: नेपालीको प्रतिव्यक्ति आय ३४५७ डलर पुगेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले जनाएको छ । यूएनडीपीले बुधबार सार्वजनिक गरेको मानव विकास प्रतिवेदन–२०२० अनुसार नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ३७२ डलर (सन् २०१७ को पीपीपी मूल्यमा) बाट बढेर ३ हजार ४५७ डलर पुगेको उल्लेख छ। यस्तै नेपालको मानव सूचाकांक मा पनि प्रगती भएको छ । औसत आयु, साक्षरता तथा प्रतिव्यक्ति आयमा आधारित सूचकांकहरूको प्रयोगबाट निकालिने मानव विकास सूचकांकले मानिसको जीवनको गुणस्तरलाई देखाउँछ। सन् २०१९ मा नेपालको मानव विकास सूचकांक ०.६०२ पुगेको छ । सन् २०१८ मा यो सूचकांक ०.५७९ थियो । संसारका मानव विकासका आधारमा १८९ देशमध्ये नेपालको स्थान…
काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीले आज भेट गरेका छन् । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र सङ्घई र कोषाध्यक्ष सुकुन्तलाल हीराचन सम्मिलित प्रतिनिधिमण्डलले भेटवार्तामा नयाँ नेतृत्वले कोभिड–१९ सङ्कटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशलमाथि उठाउन निजी क्षेत्रको सुझावसहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराएका थिए। अध्यक्ष गोल्छाले सरोकारवाला निकाय एवं विज्ञहरूको समेत व्यापक सल्लाह, परामर्शमा रिसर्च र तथ्यमा आधारित भिजन पेपर तयार गरी सरकार तथा राजनीतिक दलहरूमा पेश गर्ने कार्यक्रम रहेको बताएका थिए । साथै उनले निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको…
