Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » तीन नेता साक्षी राखेर ओली-प्रचण्डबीच तीन बुंदे सहमति, स्थायी समिति बैठक ४ दिनका लागि स्थगित

    तीन नेता साक्षी राखेर ओली-प्रचण्डबीच तीन बुंदे सहमति, स्थायी समिति बैठक ४ दिनका लागि स्थगित

    पहिलोक्लिकपहिलोक्लिकDecember 16, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: अध्यादेशसम्बन्धि विवादको निकास निकाल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक चार दिनका लागि स्थगित भएको छ । बुधबार बसेको स्थायी समिति बैठक आगामी पुष ५ गते १ बजे बस्नेगरी स्थगित भएको हो । यसअघि ५ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक भने १० बस्ने गरी मिति परिवर्तन भएको छ ।

    त्यस्तै बैठकले मंगलबार सरकारले पार्टीमा कुनै छलफल नै नगरी ल्याएको संवैधानिक परिषद संशोधनसम्बन्धी अध्यादेश फिर्ता गर्ने र त्यसको काउन्टरमा संसदको विशेष अधिवेशन बोलाउन गरिएको प्रयास फिर्ता गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सरकारले मंगलबार अध्यादेश ल्याएपछि नेकपामा नयाँ विवाद सुरु भएको थियो ।

    तीन नेता साक्षी राखेर सहमति

    नेकपाले पूर्व निर्धारित स्थायी समिति बैठक बुधबार १ बजेलाई बोलाएको थियो । तर, अध्यादेशका कारण बैठक निर्धारित समयभन्दा झण्डै चार घण्टा पछि मात्रै बस्यो । त्यसबीचमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्माओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यादेशबारे बालुवाटारमा छुट्टै छलफल गरेका थिए । साढे १२ बजेदेखि दुई नेताबीच भएको छलफल सकारात्मक नबनेपछि पुन अन्य तीन नेतालाई साक्षी राखेर दोस्रो पटक छलफल भएको थियो । ओली प्रचण्डबीचको दोस्रो पटकको छलफलमा नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल र घनश्याम भुसाल पनि साक्षी बसेका थिए ।

    त्यसक्रमा प्रचण्डले अध्यादेश फिर्ता लिनुपर्ने अडान राखेका थिए भने ओलीले संसद बैठक माग गर्दै राष्ट्पतिसमक्ष निवेदन दिने तयारी फिर्ता लिनुपर्ने अडान राखेका थिए । त्यसक्रममा ओलीले प्रचण्डले स्थायी समितिमा पेश गरेका प्रस्ताव समेत फिर्ता गर्न भनेपनि प्रचण्डले आफ्नो प्रस्ताव कुनै हालतमा फिर्ता नहुने अडान राखेका थिए । त्यसपछि दुवै नेता अध्यादेश र त्यसपछिका विषयमा देखिएको समस्या समाधान गर्ने भन्दै दुई बुँदे सहमति गरेर स्थायी समिति बैठकमा प्रवेश गरेका थिए ।

    बैठकमा कसले के भने ?

    दुई नेताबीच भएको सहमतिबारे स्थायी समिति बैठकमा दुवै अध्यक्षले ब्रिफिङ गरेका थिए । त्यसक्रममा अध्यक्ष प्रचण्डले ‘अध्यादेश फिर्ता गर्ने र संसदका लागि समावेदन गर्ने विषय पनि फिर्ता गनुपर्ने’ प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई निर्णय समेत गर्नुपर्ने बताएपछि सो प्रस्ताव पारित भएको थियो । त्यस्तै अध्यक्ष प्रचण्डले बैठकमा पार्टीका समस्याका विषयहरु अझै हल नभएको भन्दै पार्टीमा प्रस्तुत भएका दस्तावेजहरुलाई छलफल गरेर पार्टी कमिटिबाटै टुङ्गो लगाउनुपर्ने धारणा राखेका थिए । त्यसका लागि संवाद जरुरी भएकाले चार दिनपछि बैठक राख्न उचित भएको बताएका थिए ।

    त्यस्तै प्रधानमन्त्री समेत रहेका ओलीले बैठकमा प्रचण्डको भन्दा अलि लामो धारणा रोखेका थिए । स्थायी समिति सदस्य लिलामणि पोखेलका अनुसार ओलीले आफ्नो बचाउ गर्दै दुई बर्षदेखि संवैधानिक निकायमा नियुक्ति गर्न खोज्दा पनि बैठकमा सदस्यहरु नआउने गरेकाले अध्यादेश ल्याउनुपरेको बताएका थिए ।

    ‘बाधा अडकाउ फुकाउनका लागि अध्यादेश ल्याएको हो’ओलीको भनाई थियो । बुधबारको बैठकमा सुवास नेम्वाङ, लिलामणि पोखरेल लगायतका केही सदस्यले संक्षिप्त धारणा राखेका थिए । ‘बुधबारको बैठकले अध्यादेशपछि आएको समस्या सल्टायो, बाँकी विवाद र विषय बाँकी नै छन् । ती आगामी बैठकबाटै छलफल र निर्णय गरिन्छ’ स्थायी समिति सदस्य पोखरेलले बताए ।

    रावल र भुसाल दिनभर शीतल निवासमा

    सुरुमा ओली र प्रचण्डबीचको संवादमा ओली अध्यादेश फिर्ता गर्न तयार नभएपछि ८३ जना सांसदको हस्ताक्षरसहित संसदको अधिवेशनको माग गर्दै राष्ट्रपतिलाई निवेदन दिन नेताहरु भीम रावल र पम्फा पम्फा भुसाल १२ बजेर ४८ मिनेटमा राष्ट्पति कार्यालय पुगेका थिए । उनीहरुले हस्ताक्षरसहित उक्त निवेदन दर्ता गर्न राष्ट्रपति कार्यलयका कर्मचारीलाई अनुनय विनय गरेपनि दिनभर अल्झाएर राखेका थिए ।

    ‘निवेदनबारे राष्ट्रपतिलाई जानकारी गराएर दर्ता नम्बर दिने’ राष्ट्रपति कार्यालयका कर्मचारीले भनेपछि रावल र भुसाल दर्ता नम्बर लिन (५ घण्टा ) दिनभर कुरे । तर, उनीहरुलाई दिनभर कुराए पनि अनेक बहानामा शीतल निवासका कर्मचारीले दर्ता नम्बर दिन चाहेनन् र स्थायी समिति बैठक सकिएपछि अध्यक्षले फोन गरेपछि फिर्ता भएका थिए । अध्यादेश क्षणभरमै जारी गर्ने राष्ट्रपतिले संसद अधिवेशनका लागि संविधानमा भएको व्यवस्था अनुसार नै माग गर्दा पनि घण्टौ कुराएर अपमान गरेकी थिइन् ।

    Facebook Comments Box

    ली-प्रचण्डबीच तीन बुंदे सहमति
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.