Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘आर्थिक विधेयक संशोधन कानुनी प्रक्रिया अनुसार भएको दाबी, ईभी घोटाला आरोप खण्डन’
- विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, २२.६ महिनाको आयात धान्ने
- सुधन र महावीरले लिए शपथ
- अख्तियारले थाल्यो ओलीका स्वकीय सचिव बज्राचार्यको सम्पत्ति अनुसन्धान
- सोमबार देखि निजामती कर्मचारीले प्रदेश अस्पतालमै पाउने छन्‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा
- रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
- बजेट कार्यान्वयनमा तत्काल जुट्न मन्त्री श्रेष्ठको प्राधिकरणलाई निर्देशन
- भन्सार वृद्धिसंगै तोलामै साढे २० हजारले बढ्यो सुनको मूल्य
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ हजार अमेरिकी डलरसहित शंकास्पद ११ जना नेपाली पक्राउ परेका छन्। फ्लाइट दुबईको ५७६ नम्बरको उडानबाट दुबई जान लागेको अवस्थामा विमानस्थल प्रहरीले उनीहरूलाई बुधबार साँझ पक्राउ गरेको हो। विमानस्थल प्रहरीको सुरक्षा जाँचका क्रममा डलरसहित उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार उनीहरूको पासपोर्टमा डलरको विवरण उल्लेख थिएन। उनीहरू दुबईलाई ट्रान्जिट बनाई रोमानिया र क्रोएसिया जान लागेका थिए। विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालमणि आचार्यले उनीहरूसँग भएको डलरको विवरण बैंकिङ च्यानलमा नरहेको र उनीहरूको यात्रा शंकास्पद देखिएकाले पक्राउ गरिएको बताए। पक्राउ पर्नेमा बागलुङका चन्द्रकान्त चालिसे, बुद्धवीर वाग्ले र पृथलाल घर्ती, काभ्रेका अर्जुनकुमार श्रेष्ठ, म्याग्दीका नरबहादुर गरबुजा र दिलकुमार पुन,…
काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै छ । साँझ ५ बजे सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ । सो कार्यक्रमलाई आज साँझ ५ बजे सार्वजनिक गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय रमेश मल्लले जानकारी दिए । यसअघि सत्ता साझेदार दलका नेताहरु सम्मिलित कार्यदललाई न्युनतम साझा कार्यक्रम तयार पार्न जिम्मेवारी दिइएको थियो । कार्यदलमा नेपाली कांग्रेसका नेता रमेश लेखक, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका विजय पौडेल लगायत…
काठमाडौँ: सुनको मूल्य बिहीबार प्रतितोला ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज १ लाख १० हजार २ सय र तेजाबी सुन १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको हो। अघिल्लो दिन सुन एकै दिन २ हजार रुपैयाँ महँगो भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ। आज चाँदी १ हजार ४ सय ३५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको हो।
काठमाडौं: सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकबाट सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा अनुमोदन गरिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकबाट न्यूनतम साझा कार्यक्रम पारित गरिएको हो । गठबन्धनमा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासहितको मस्यौदा कार्यदल गठन गरिएको थियो । कार्यदलले केही हप्ताअघि नै बुझाएको न्यूनमत साझा कार्यक्रमको मस्यौदा गठबन्धनका शीर्ष नेताको बैठकले अनुमोदन गरेको हो । आजै संसद्को बैठकपछि साँझ ५ देखि साढे ५ बजे सिंहदरबारमा सार्वजनिक गरिनेछ । न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने समय ५ बजे भनिए पनि संसद्को बैठक कति समय चल्छ, त्यसका आधारमा…
काठमाडौँ: चन्द्रागिरि हिल्स लिमिटेडले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना शेयरधनीहरुलाई केवलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका शेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वाल क्लाइम्बिङ्ग, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षकोे लागि लागू रहने छ । काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा…
काठमाडौं: हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौँ: प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ। आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ । निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिइने छ । चुनाव चिह्न पाएपछि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारले चुनावी प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । तनहुँ-१, बारा-२ र चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो। गत मंसिर ४ को चुनावमा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपचुनाव हुन लागेको हो। त्यसैगरी बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकोले र चितवन-२ बाट निर्वाचित रवि…
काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग भेटवार्ता गरेको छ । मन्त्री रिजाललाई वधाई एवं शुभकामना दिने क्रममा चेम्बरले निर्यात प्रर्वद्धन सम्वन्धी ठोस नीति एवं योजना ल्याउन समेत आग्रह गरेको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्यात प्रर्वद्धनका लागि एक्सपोर्ट हाउसको अवधारणा ७ वटै प्रदेशमा अबिलम्व लागु गरी निर्यात उद्योगहरुलाई प्रोत्साहन गरिनुपर्दछ ।” मन्त्री रिजालसँगको भेटका क्रममा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले निर्यात ब्यापारलाई मुल्य अभिवृद्धिका आधारमा अनुदान दिने नीति अपनाउन समेत आग्रह गरे । यस्तै निर्यात अनुदानलाई एकद्धार प्रणाली अन्र्तगत निकासीकर्तालाई सरल र सहज ढंगले प्रदान गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।…
काठमाडौँ: आन्तरिक उडानतर्फको हवाई भाडा घटेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएपछि नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनीहरूलाई हवाई भाडा दर घटाउन निर्देशन दिएको छ। नयाँ भाडादर आगामी बुधबार (चैत २२) गतेदेखि लागू हुने भएको छ। जसअनुसार सबभन्दा धेरै काठमाडौं-धनगढीको भाडा दर ४४० रूपैयाँ घटेको छ। त्यस्तै सबभन्दा कम काठमाडौं-सिमराको ९० रूपैयाँ भाडा घटेको छ। नयाँ भाडादरअनुसार काठमाडौं माउन्टेन फ्लाइटको भाडा ३४५ रूपैयाँ घटेको छ। त्यस्तै, काठमाडौं–भद्रपुर भाडा ३ सय रूपैयाँ, काठमाडौं–विराटनगर २४०, काठमाडौं–जनकपुर १३० रूपैयाँ, काठमाडौं–भरतपुर १०५ रूपैयाँ, काठमाडौं–पोखरा १५५ रूपैयाँ घटेको छ। यस्तै, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्जको भाडादर ३२५ रूपैयाँ, काठमाडौं–धनगढीको ४४० रूपैयाँ, काठमाडौं–तुम्लिङटारको…
सिक्किममा मंगलबार गएको हिमपहिरोमा परेर ३ जना नेपाली नागरिकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । हिमपहिरोमा परेर ज्यान गुमाएका ७ जनामध्ये ३ जना नेपाली नागरिक रहेको खुलेको हो । त्यस्तै घाइते भएका १३ जना मध्ये ३ जना नेपाली नागरिक रहेको जनाइएको छ । हिमपहिरोमा परी नेपालका ३ जना, भारतको उत्तर प्रदेशका २ जना र पश्चिम बंगालका २ जनाको ज्यान गएको हो । गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचीअनुसार ज्यान गुमाउनेमा चितवन नेपालका शिवप्रसाद लामिछाने, २२ वर्षकी आशिका ढकाल र रूपन्देही नेपालकी २९ वर्षीया मुना शाह श्रेष्ठ रहेका छन्। त्यसैगरी उत्तर प्रदेशका ३२ वर्षका बल सिंह र…