Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल शनिबार साँभ अस्पताल भर्ना भएका छन्। राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्। ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यू पेटमा समस्या भई उपचारर्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा २०७९ चैत १८ गते साँझमा भर्ना हुनु भएको छ, हाल उहाँको चिकित्सकको निगरानीमा हुनुहुन्छ’ अस्पतालद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

Read More

काठमाडौँ: पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । दिउँसो कोसी, बाग्मती, तथा गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

Read More

काठमाडौँ: नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई गति दिने गरि प्रभावकारी काम गर्ने प्रतिक्रिया दिएका छन्। शुक्रबार अर्थ मन्त्रालय पदाभार ग्रहण गर्ने क्रममा पत्रकारसँग प्रतिक्रिया दिदैँ उनले यस्तो बताएका हुन्। खर्च कटौती गर्ने दिशामा काम गर्ने उनले बताए। राजस्वको आधार बढाउन सकिएको खण्डमा खर्च गर्ने क्षमता पनि बढाउन सकिने भन्दै महतले अन्तर्राष्ट्रिय लगानी भित्र्याउनका लागि उपयुक्त बतावरण निर्माण गर्ने बताए। अहिले अर्थतन्त्र समस्यामा रहेकाले अप्ठ्यारोमा परेको परिवारले जस्तैगरी काम गर्ने उनले बताए। खर्च गर्नेपर्ने क्षेत्रमा मात्रै गर्ने र खर्च गर्न नहुने क्षेत्रमा खर्च कटौति गर्ने बताएका छन्। ‘अहिले हाम्रो साधारण खर्च बढी छ। पुँजीगत खर्च हामी गर्न सकेका छनौँ। राजस्वभन्दा…

Read More

काठमाडौँ: खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिएका हुन्। शुक्रबार दिउँसो बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन्। जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएका हुन्।

Read More

काठमाडौँ: नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन्। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बनेका छन्। यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेका छन्। एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भूसाल कृषि तथा पशुपंक्षी विका मन्त्री बनेका छन्। जसपा नेता अशोककुमार राई शिक्षा मन्त्री बनेका छन्। लोसपा नेता शरदसिंह भण्डारी श्रममन्त्री, कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव महिला बालबालिका मन्त्री, माओवादी नेता शक्तिबहादुर बस्नेत ऊर्जामन्त्री भएका छन्। यस्तै माओवादीकी रेखा शर्मा सञ्चार मन्त्री, माओवादीकै सुदन किराती संस्कृति मन्त्री, माओवादीकै अमनलाल मोदी…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटका नयाँ सदस्यहरुको शपथ दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रपतिको कार्यालय शीतल निवासले १० दलीय गठबन्धनबाट नियुक्त हुने नयाँ मन्त्रीहरुको शपथ दिउँसो ३ बजे गराउने गरी तयारी थालेको हो। राष्‍ट्रपति कार्यालयले दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुको शपथ गराउने गरी तयारी थाल्न मुख्यसचिवसहितलाई निर्देशन दिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयका एक सदस्यले मन्त्रीहरूको शपथ ३ बजे गराउने गरी आवश्यक तयारी भएकोबताए। मन्त्रिपरिषद विस्तार र शपथग्रहणबारे शुक्रबार बिहानै राष्ट्रपति पौडेललाई प्रधानमन्त्री प्रचण्डले भेटेर फर्किसकेका छन्। सत्ता गठबन्धनमा कांग्रेसले ८, माओवादीले ५, जसपा र नेकपा एकीकृत समाजवादीले २-२ तथा जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आमजनता पार्टीले…

Read More

काठमाडौँ: नेपाल भेटेरिनरी एशोसिएसनको आफनै स्वामित्वको नयाँ भवन निर्माण हुने भएको छ। आज एक कार्यक्रमका बिच उत सस्थाको भवनको शिलान्यास गरिएको छ । नागार्जुन नगरपालिका वडा नं ४ वाफलमा एक कार्यक्रमका विच हिन्दु परम्परा अनुसार शिला पुजा गरी र ताम्रपत्र अनावरण गरी एशोसिएसनका केन्द्रिय अध्यक्ष डा सितलकाजी श्रेष्ठले भवनको विधिवत शिलान्यास गरेका हुन् । करिब ११ आना जग्गामा निर्माण हुने भवन आर्थिक वर्ष २०८१। ८२ सम्ममा निर्माण सम्पन्न हुने जनाइएको छ । चार तले बहुद्धेश्यिय उत भवन निर्माणको लागि हालै वोलपत्र आह्वान समेत भएको छ । शिलान्यास कार्यक्रममा ब्राहमणबाट स्वस्ती वाचन गरिएको थियो भने कार्यक्रममा करिब १०० जना अग्रज पशु…

Read More

काठमाडौँ: मन्त्रीमण्डल विस्तारअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् । नयाँ मन्त्रीको शपथ गराउने गरी गृहकार्य भइरहेको बेला प्रधानमन्त्री मन्त्रिपरिषद् विस्तार, शपथलगायतका विषयमा परामर्शका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन्। प्रधानमन्त्री प्रचण्डले भागबन्डा मिलिसकेका दलसँग दिउँसो १ बजेसम्म मन्त्रीको नाम मागेका छन् । त्यसपछि प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा नाम बुझाएपछि सोही अनुसार शपथ लगायतको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नुपर्नेछ । सत्ता गठबन्धनमा रहेकामध्ये ९ दलबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मन्त्रीमण्डललाई पूर्णता दिन लागिएको हो ।

Read More

काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको छ । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्र र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन्…

Read More

काठमाडौँ: अमेरिकी सेनाको हेलिकप्टर अमेरिकाको मध्यपूर्वी राज्य केन्टकीमा एक प्रशिक्षण अभियानका क्रममा दुर्घटनाग्रस्त हुँदा नौ सैनिकको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । अमेरिकी सैन्य विभागका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल एन्थोनी होफ्लरले बुधबार राति भएको ब्ल्याकहक हेलिकोप्टर दुर्घटनामा नौ जना सैनिकको मृत्यु भएको पुष्टि गरेका हुन् । अमेरिकी सेनाका दुई वटा हेलिकप्टर केन्टकीमा दुर्घटनाग्रस्त भएका हुन् । नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएका अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ । घटना लगत्तै प्रहरी र आपत्कालीन सेवाका अधिकारीहरू दुर्घटनास्थल पुगेका केन्टकीका गभर्नर एन्डी वेशियरले बताए ।

Read More