Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
- ऊर्जा क्षेत्रका निकायबाट विपद् उद्धार कोषमा थप २ करोड १२ लाख सहयोग
- प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै
- ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश प्रस्ताव
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । राष्ट्रिय आयोजना बैंक (प्रोजेक्ट बैंक) मा यसवर्ष ९७ अर्बभन्दा बढी लागतका एक सय १७ आयोजना समावेश गरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले राष्ट्रिय आयोजना बैंकमा परेका आयोजनालाई मात्रै वार्षिक बजेट छुट्याउनुपर्ने व्यवस्था गरेको छ । नियमावलीको सोही व्यवस्था कार्यान्वयनका लागि आगामी आर्थिक वर्षको बजेट आउनुअघि यो सङ्ख्यामा नयाँ आयोजना प्रविष्ट गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको सचिवालयले प्रेस विज्ञप्तीमार्फत जनाएको छ । आयोगले गत फागुनमा राष्ट्रिय आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) मापदण्ड, २०८१ जारी गरेको थियो । उक्त मापदण्डले आगामी आर्थिक वर्ष २०८२\८३ का लागि चैत मसान्तसम्म प्रोजेक्ट बैंकमा आयोजना…
काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ। बिहीबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त भेटमा संघ र राष्ट्र बैंकबीचको आपसी सहकार्य तथागैरआवासीय नेपालीको लगानी प्रबर्द्धन गर्न आवश्यक नीतिगत विषयहरूमा विस्तृत छलफल भयो । भेटका क्रममा डा. केसीले नवनियुक्त गर्भनर प्रा.डा. पौडेललाई शुभकामना दिँदै समृद्ध नेपाल निर्माणमा गैरआवासीय नेपालीको लगानी तथा सहभागीता सहज बनाउन कानुनी र नीतिगत सुधारको लागि अनुरोध गर्नुभयो । गर्भनर प्रा.डा. पौडेलले गैरआवासीय नेपालीको योगदानलाई संस्थागत गर्न राष्ट्र बैंक तयार रहेको र नीतिगत सुधारका लागि समेत सकारात्मक रहेको बताउनुभयो । यस्तै लामो समयदेखि…
काठमाडौँ: उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । उर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको उर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको हो । भेटमा उर्जामन्त्री खड्काले एमसीसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढीरहेपनि एमसीसी केही समयदेखि होल्ड भएकाले केही अन्यौलता सिर्जना गरेको बताउनुभयो । उहाँले एमसीसी परियोजना निरन्तर अगाडि बढ्ने र उर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । भेटमा अमेरिकी राजदूत थम्पसनले नेपालको उर्जा क्षेत्रमा अमेरिकाको निरन्तर साथ र सहयोग रहने बताउनुभयो । एमसीसी परियोजनालाई अगाडि बढाउन हरसम्भव…
काठमाडौं: बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ थियो । वैशाख ९ गते सुनको भाउले हालसम्मकै उच्च मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ बनाएको रेकर्ड छ । सुनको भाउ घट्दा पनि चाँदी तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९९५ रुपैयाँ रहेको चाँदी आज २ हजार ५ रुपैयाँ पुगेको छ ।
बुटवल: बुटवलको होराइजन चोकमा एक महिलासहित दुईजना बालिकाको वीभत्स हत्या भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार होराइजन चोकस्थित मिलिजुली पथमा अन्दाजी ३४ वर्षीय दीपा बस्याल र उनका दुई छोरीहरू ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानीको हत्या भएको हो। महिला र बालिकाहरूको हत्या गर्ने सुजन कोइराला रहेको र उनले आफ्नै दाजुको हत्या गरी जेल चलान भई केही वर्षअघि संविधान दिवसको दिन कैद माफी पाएर छुटेको बताइएको छ। हत्या गर्ने सुजन र मृतक दीपा पूर्वपतिपत्नी रहेको र केही वर्ष पहिले नै सम्बन्धविच्छेद भइसकेको प्रहरीले जनाएको छ। दीपाले सुजनसँग सम्बन्धविच्छेद गरी नवलपरासीका शंकर ढकालसँग विवाह गरेकी थिइन्। सुजनले दीपालाई मंगलबार आफ्नै…
काठमाडौँ: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपलिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्धघाटन गर्नृूभएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड)ले निर्माण गरेको उक्त भवनको हस्तान्तरण एंव उद्धघाटन कार्यक्रमलाई मंगलबार सम्वोधन गर्नृूहुदै मन्त्री अधिकारीले यस केन्द्रको सञ्चालन सँगै माटो,खेती वाली तथा पशुपन्छीमा लाग्ने रोगको परिक्षणका लागि सहज र सुलभ सेवा किसानले प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्ता सेवा केन्द्रहरुको निर्माण र सञ्चालन हुनु कृषि कर्म गर्ने किसानहरुका लागि महत्वपुर्ण उपलब्धी हो मन्त्री अधिकारीले ,भन्नुभयो । किसानलाई आफनै गाँउ ठाँउमा सहज तरिकाले सेवा प्रदान होस भन्ने उद्धेश्यले…
काठमाडौँ: “नेपालको कपडा तथा तयारी पोशाक क्षेत्रमा दिगोपन प्रवर्द्धन” शीर्षक कार्यक्रम २०८२ जेठ १३ गते काठमाडौंमा सम्पन्न भयो । यो कार्यक्रम गार्मेन्ट एशोसिएसन नेपाल र सोलिडारीदाद एसिया नेटवर्कको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै गार्मेन्ट एशोसिएसन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति पशुपति देव पाण्डे ले सोलिडारिदादसँग सहकार्य गर्दै नेपाली कपडा तथा तयारी पोशाक उद्योगमा डी–कार्बनाइजेशन, जल प्रयोगको अनुकूलन, रसायन प्रयोगमा कमी तथा समग्र सशक्तिकरणमा केन्द्रित भई दिगोपनका उपायहरू अघि बढाउनेमा जोड दिए । उनले दीर्घकालीन प्रतिस्पर्धात्मकता र वातावरणीय उत्तरदायित्वका लागि यस्तो सहकार्य अपरिहार्य भएको बताए । सोलिडारिदाद एसियाका प्रबन्ध निर्देशक सातार्दु चट्टोपाध्यायले संस्थाको ५६ वर्षको इतिहास र…
‘गृहमन्त्रीसंग मात्रै होइन सरकारसंग सम्बन्धित छ भिजिट भिषा प्रकरण’ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिने अवस्था आउन सक्ने बताएका छन् । मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभई सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताए । ‘यो विषय गृहमन्त्रीसँग मात्रै होइन, सरकारसँग पनि रिलेटेड छ,’ प्रचण्डले भने, ‘कम्तीमा पनि राजीनामा दिने स्थिति गृहमन्त्रीको आउँछ ।’ प्रचण्डले नेपाल समाजवादी पार्टीसँगको एकताका विषयमा कुनै विवाद नरहेको भन्दै नेसपा अध्यक्ष महिन्द्र राय यादव महाधिवेशनका क्रममा माओवादीमा आउने उल्लेख गरे । प्रचण्डले बाबुरामले धेरै…
“२०८० चैत्र ३ गते मंगलबार तत्कालिन विपक्षी दलका नेता लेखकले बोलेको कुरा अहिले गृहमन्त्री लेखकलाई लागु हुन्छ कि हुन्न?” काठमाडौँ: संसदको विपक्षी दल राष्ट्रिय स्वन्तन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकले राजिनामा नदिएसम्म र उच्चस्तरीय छानविन समिति गठन नहुँदासम्म संसदको कुनै पनि काम कारवाही चल्न नदिने अडान लिएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। प्रतिपक्षी दलहरूका तर्फबाट बोलेका माओवादीका सांसद वर्षमान पुनले गृहमन्त्रीले मार्गप्रशस्त नगरेसम्म संसदको नियमित प्रक्रिया अघि बढ्न नसक्ने बताएका हुन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छ भनेर आफूहरूले अहिले दाबी नगरेको पनि सांसद…
काठमाडौँ:प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। प्रतिपक्षी दलहरूका तर्फबाट बोलेका माओवादीका सांसद वर्षमान पुनले गृहमन्त्रीले मार्गप्रशस्त नगरेसम्म संसदको नियमित प्रक्रिया अघि बढ्न नसक्ने बताएका हुन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छ भनेर आफूहरूले अहिले दाबी नगरेको पनि सांसद पुनको भनाइ छ। ‘यति गम्भीर विषय उठेपछि गृहमन्त्रीले मार्गप्रशस्त गरिदिनुस्, निष्पक्ष छानबिन गर्ने वातावरण बनाइदिनुस्। त्यो अवस्था नभएसम्म सम्पूर्ण प्रतिपक्षीका तर्फबाट नियमित प्रक्रिया अघि बढ्न नसक्ने जानकारी गराउँदछौं,’ उनले भने।