Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
रसुवा । गएराति रसुवामा एक्कासि आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। चीनतर्फबाट आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन भएका छन्।जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले नेपाल–चीन सिमानास्थित मितेरी पुल समेत बगाएको छ । जसका कारण सवारी साधन तथा मानिसहरूको आवत–जावत पूर्ण रूपमा बन्द भएको छ। उक्त घटनामा हालसम्म ५० जनाको उद्धार भएको छ । पछिल्लो पटक रसुवागढी जलविद्युत आयोजनाको ड्याम साइटमा फसेका १८ जनालाई (जसमा १ जना चिनियाँ पुरुष, १५ जना नेपाली पुरुष र २ जना नेपाली महिला रहेका थिए) नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको उद्धार…
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय गरेका छन् । द्वन्द्वपीडित तथा भूकम्पमा समेत घाइते भएकाहरुको उपचार सरकारी कोषबाट भैरहे पनि बजेट अभाव तथा पूर्ण उपचार समेटिन नसके पछि मन्त्री पौडेलले सबै उपचार समेट्ने गरी अस्पतालहरुलाई सोधभर्ना दिने कार्यविधि स्वीकृत गरेका हुन् । अब सबै खालका आन्दोलनका घाइते, द्वन्द्वपीडित तथा भूकम्पका घाइतेहरुको उपचारसँगै अंग प्रत्यारोपण वा सहयोग सामग्री आवश्यक भएमा अब व्यवस्था हुनेछ । अंगभंग भएकाहरुलाई कृत्रिम अंग समेत प्रदान गर्ने गरी कार्यविधिले सम्बोधन गरेको छ । घाइतेहरुको देशभरका सरकारी तथा सामुदायिक अस्पतालहरुमा उपचार हुनेछ । कार्यविधिले उपचार…
काठमाडौँ: देशभर असार २२ गतेसम्म कुल धान रोपाइँ ४१.९ प्रतिशत पुगेको छ । गत वर्ष सोही अवधिमा यो संख्या ४३.५ प्रतिशत थियो । यस वर्षको रोपाइँ गति गत वर्षभन्दा केही सुस्त देखिएको छ । हालै सार्वजनिक भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार यो वर्ष कुल १३ लाख ८७ हजार ४१५ हेक्टर क्षेत्रमा धान खेती हुने अनुमान गरिएको छ । त्यसमध्ये हालसम्म ५ लाख ८० हजार ८८६ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ । प्रदेशगत विवरण हेर्दा, सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको देखिन्छ । सुदूरपश्चिम प्रदेशमा ८२.८ प्रतिशत (९१ लाख ४५ हजार ९३२ हेक्टर क्षेत्रमा) धान रोपाइँ सम्पन्न…
काठमाडौं: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गराउन नेपाल राष्ट्र बैकलाई सहजीकरण गरिदिन आग्रह गर्नूभएको छ । नेपाल राष्ट्र बैकका गर्भनर डा.विश्वनाथ पौडेल सँग आज सिहंदरवार स्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषि मार्फत गरिवी हटाउनका लागि बैक तथा वित्तिय संस्थाहरुको भुमिका महत्वपुर्ण हुने भएकाले साना किसानहरुले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने प्रावधानको आवश्यकता औल्याउनुभयो। कृषिका लागि ठुलो मात्रामा ऋण लिएकाहरुले सो रकम अन्यत्रै परिचालन गरिएको पनि सुनिएको छ, यदि त्यस्तो हो भने कृषिमा हामीले लिएको लक्ष्य र अपेक्षा पुरा हुन सक्ने देखिदैन ,मन्त्री अधिकारीले भन्नुभयो । कृषि ऋणको सहि उपयोग भयो कि भएन…
भोजपुर: भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । राईले माइतीघरमा रहेकी १५ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र सालाे ९ वर्षीय सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरीका अनुसार उनीहरूबीच मनिषाको विषयमा विवाद भएको थियो । राजेन्द्र मनिषालाई लिन ससुराली पुगेका थिए। विवाद हुँदा सासूले आफूलाई छुरा हानेपछि आक्रोशमा आएर आफूले श्रीमतीसहित सबैको ज्यान लिएको राजेन्द्रले सुरूवाती…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् । कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ–५ स्थित चुवाखोलामा बनाइएको बेलीब्रिजको उद्घाटनका लागि प्रधानमन्त्री ओली हुम्ला जान लागेका हुन् । योसँगै देशका ७७ जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने २६ वर्षको सपना पूरा हुने भएको छ । यो सडक सञ्चालनमा आएपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ । यो राजमार्ग बाँकेस्थित सीमावर्ती क्षेत्र जमुनिया नाकाबाट प्रारम्भ भएर हुम्लास्थित चीनको सीमावर्ती क्षेत्र हिल्सामा टुंगिन्छ । ४१० किलोमीटर यस सडकले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ ।
काठमाडौँ:पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ। साइबर क्राइमको मुद्दामा न्यायाधीश खेमराज भट्टको इजलासले पाठकलाई २५ हजार धरौटीमा हिरा गर्न आदेश दिएको हो। पाठक आज बिहीबार जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका थिए। आजै बकपत्र गराएर थुनछेक बहस भएको थियो। पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको सामग्री युट्युबमा प्रसारण गरेको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरेको थियो। उक्त कार्यक्रम भिडिओ, स्क्रिनसट, कागजातहरू पनि अभियोग पत्रका साथ पेस गरिएको छ। प्रहरीले पाठकलाई पक्राउ गरेर अनुसन्धान गर्न…
काठमाडौँ: नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त भएका छन्। सैनिक विशेष अदालतले बिहीबार सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सहायक रथी खड्का र मेजर कार्कीलाई सेवाबाटै बर्खास्त गर्ने फैसला सुनाएको हो। ‘सैनिक अनुशासन, आचारसंहिता र सम्पत्तिसम्बन्धी कसुरमा सैनिक ऐन, २०६३ को दफा १०१ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने निर्णय भएको छ’, सैनिक प्रवक्ता राजाराम बस्नेतले भने, ‘अपचलन भएको रकम निजहरुबाट असुलउपर गर्ने पनि फैसला भएको छ।’ सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सेनाका बहालवाला सहायक रथी खड्का र मेजर कार्कीलाई सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा…
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा नयाँ पुल सञ्चालनमा आएको छ । पुल नहुँदा सडक अवरुद्ध भइरहने विनयी खोलामा आजदेखि नयाँ पुल सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडकको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए । योसँगै पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा केही सहजता भएको छ । यसअघि पुल नहुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परिरहेको थियो । पुल भत्किएको ठाउँमा डाइभर्सन बनाइएको भए पनि बाढीले बगाउने गरेकोले आवतजावतमा समस्या पर्ने गरेको थियो । डाइभर्सन बिग्रिएपछि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउने गरेको थियो ।
काठमाडौँ:भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन)ले नेपालको अरुण तेस्रोबाट उत्पादन हुने बिजुली उत्तर प्रदेशमा बिक्री गर्न सम्झौता गरेको छ। भारतीय मिडियाका अनुसार एसजेभीएनले उत्तर प्रदेश पावर कर्पोरेसन लिमिटेड (यूपीपीसीएल) सँग विद्युत् बिक्री सम्झौता गरेको हो। कम्पनीले यसबारे थप विवरण उपलब्ध नगराएको पीटीआईले जनाएको छ। निर्माणाधीन अरुण तेस्रोबाट ९०० मेगावाट बिजुली उत्पादन हुनेछ। एसजेभीएनले हाल संखुवासभा जिल्लामा यसको निर्माण गरिरहेको छ। यसको निर्माण सन् २०२८ सम्म सकिने अपेक्षा छ। यसअघि गत मे २३ मा कम्पनीले नयाँ दिल्लीमा अरुण तेस्रोबाटै बिजुली आपूर्तिका लागि दामोदर घाटी निगम (डीवीसी)सँग पनि २०० मेगावाट विद्युत् बिक्री सम्झौता गरेको थियो।