Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । सरकारले कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरेको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिए । कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता बोध भएपनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्रीको भनाइ छ । तथापि २०८२ साउन १ देखि लागू हुने गरी सबै कर्मचारीले महँगी भत्ता पाउने उनको भनाइ छ ।
काठमाडौँ: सरकारले सहकारी ठगको सम्पत्ति र राहदानी रोक्का राख्ने भएको छ। सरकारले सहकारी ऋण असुली न्यायाधिकरण स्थापनागरी सञ्चालकहरु र कर्जा अपचलनकर्ताहरुको सम्पत्ति रोक्का राख्ने भएको हो। राज्यसुविधा परिचयपत्र राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिनेछ।
काठमाडौँ:सरकारले ५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले भूमी सम्बन्धी कानुन संसोधनगरी भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास स्थाई रुपमा समाधान गर्न लालपूर्जा दिइने घोषणा गरेका हुन्। अर्थमन्त्रीले स्रोत साधन र जनशक्तिको अभाव नहुने बताएका छन्।
काठमाडौँ: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख रहेको बताएका छन्। आर्थिक वर्ष २०८२-०८३ को बजेट भाषणका क्रममा उनले गत वर्ष आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ४.६ प्रतिशत हुने प्रक्षेपण रहेको जानकारी दिए। उद्योग, निर्माण थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा अर्थतन्त्रका सबै क्षेत्रहरू धनात्मक वृद्धिदर हुने अनुमान रहेको उनले बताए।
काठमाडौँ: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गरेको छ। संसद्मा बजेट पेस गर्नुअघि बसेको बैठकले नयाँ बजेट अनुमोदन गरेको हो। यो सँगै अब राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट वाचन सुरु गरेका छन्।
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर विपक्षीहरूले मंगलबार र बुधबारको प्रतिनिधिसभा बैठकमा अवरोध पुर्याएका थिए । विपक्षीको अवरोधका कारण दुई दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र प्राप्त गरेको नभई आर्जन गरेको बताएका छन् । गणतन्त्र दिवस मूल समारोह समितिले काठमाडौँको टुँडिखेलमा गणतन्त्र दिवस २०८२ का अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लामो सघर्ष, हजारौँ दिदीबहिनी दाजुभाइहरूको बलिदान र नेपाली जनताको अथक मेहनतबाट २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको स्मरण गरे । ‘गणतन्त्र– हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ– हजारौँ जनताको बलिदानबाट र त्यागबाट’, प्रधानमन्त्रीले भने, ‘मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौँ ।’ प्रधानमन्त्री ओलीले हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण…
काठमाडौँ:काठमाडौँको टुँडिखेलमा १८औँ गणतन्त्र दिवस मनाइएको छ। बिहीबार टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहका बीच दिवस मनाइएको हो। सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभमुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायत उच्च पदस्थ व्यक्तित्त्वको उपस्थिति रहेको थियो। नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ। २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको थियो। तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको…
राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १५ जेठः अठारौँ गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी हर्षाेल्लासका साथ मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक हुनुभयो ।
काठमाडौं: सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची छ । अपरान्ह ३ बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसदका महासचिव पदम प्रसाद पाण्डेयले जानकारी दिए । संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ । त्यसअघि प्रतिनिधिसभाको अपरान्ह १ः३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा…