Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
एजेन्सी: दक्षिण अफ्रिकाविरूद्धको टी-ट्वान्टी सिरिजमा इंग्ल्याण्डले १-० को अग्रता बनाएको छ । तीन खेलको सिरिज अन्तर्गत शुक्रबार भएको खेलमा घरेलु टिम दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै इंग्ल्याण्डले अग्रता बनाएको हो । केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १ सय ८० रनको लक्ष्य इंग्ल्याण्डले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्याण्डको जितमा जोनी बेयरस्टोले अविजित रहँदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै बेन स्टोक्सले ३७ रन जोड्दा डाविड मालनले १९ रन जोडे । कप्तान इयान मोर्गनले १२ रन बनाए । दक्षिण अफ्रिकाका जर्ज लिन्दे र लुंगी एनजिडीले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले…
काठमाडौँ: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ पुरुष गरी ८२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार १२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५९९ , ललितपुरमा १६० र भक्तपुरमा ६३ जनामा कोरोना सक्रमित थपिएका हुन् । त्यसैगरी सो अवधिमा काठमाडौंमा ३, ललितपुर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा मात्रै कोरोना सक्रमितको संख्या ८६ हजार ३७१ पुगेको छ जसमध्ये ३४२ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७८ हजार १६२ छ। त्यस्तै ललितपुरमा १२ हजार ९६४ जना…
काठमाडौं: पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ । सोही अवधीमा १ हजार ७०३ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा १ हजार २३६ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ४७३ रहेको छ । हालसम्म संक्रमित मध्ये २ लाख ९ हजार ४३५ निको भइसकेका मन्त्रालयले जनाएको छ ।
काठमाडौं: सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्ने बतताएका छन् । शुक्रबार संघीय संसद र प्रदेश सभा सञ्चालन अनुभव आदान प्रदान एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सभामुख सापकोटाले सो कुरा बताएका हुन् । संघीय संसद सचिवालयको आयोजनामा संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको कार्यक्रमको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । ‘संसदले प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने, जनताको जीवनस्तरलाई माथि उठाउने कार्य गर्नुपर्छ । त्यसका लागि संसदलाई जनमुखी र जिवन्त बनाउन जरुरी छ’, सापकोटको भनाई छ । सभामुख सापकोटाले चुनौती र अवसरको बीचमा रहेको चर्चा गर्दै यो बेला अवसर नै…
काठमाडौँ: सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबीच छलफल भएको हो । ऊर्जा मन्त्रालयमा आज भएको छलफलमा वातावरणीय हिसाबले पनि स्वच्छ ऊर्जाको प्रयोगलाई बढावा दिने ध्येयका साथ सौर्य प्रणाली जडान गर्ने विषयमा छलफल भएको बताइएको छ । छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, नेपाल विद्युत् प्राधिकरणका कायममुकायम…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले आगामी अध्यक्ष शेखर गोल्छाप्रति तिक्तता पोखेका छन्। साधारणसभा बन्दसत्रमा बोल्दै उनले दुई प्यानल भएपछि शेखर गोल्छा तटस्थ हुनुपर्ने देखिए पनि त्यसो नगर्नु दुःखद भएको बताएका हुन्। जो वरिष्ठ उपाध्यक्ष तथा अन्य पदाधिकारी र कार्यसमिति आए पनि गोल्छाको नेतृत्वमा काम गर्नुपर्ने अवस्था रहेको भन्दै ढकालले गोल्छाले एक पक्ष लिनु गलत भएको बताए। ‘मेरो प्रतिद्वन्द्वी रहेका किशोर प्रधाले पनि शेखर गोल्छाको एजेण्डा नै आफ्नो एजेन्डा भन्नुभएको छ, त्यसो गर्नु हुँदैनथ्यो’, उनले भने, ‘अहिलेको वरिष्ठ उापध्यक्ष भनेको अर्को पटकको अध्यक्ष हो, उहाँले आफ्नै एजेण्डा स्थापित गर्न सक्नुपथ्र्यो।’ ढकालले आफूलाई किशोर प्रधानले अहिलेलाई…
काठमाडौँ:चालु आर्थिक वर्षको २०७७/०७८ को पहिलो चार महिनामा ४ खर्ब रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा निर्यात भने ४० अर्ब रुपैयाँको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चार महिना र अघिल्लो वर्षको यसै अवधिको तुलनामा आयातमा थोरै गिरावट देखिएको छ । चार महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको वस्तु आयात भएको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ६२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको कार्तिक महिनासम्म ३६…
ताप्लेजुङ: फक्ताङलुङ गाउँपालिका–६ घुन्सासहितका हिमाली क्षेत्रमा आलु उत्पादन न्यून हुँदै गएको छ । केही वर्षयतादेखि उत्पादन घट्दै गएकोमा यस वर्ष उत्पादन शून्यजस्तै बनेको छ । आलु उत्पादन हुने घुन्सा, फले, ग्याब्ला, आम्जिलेसालगायतका क्षेत्रमा उत्पादन नहुँदा आउने मौसमका लागि अन्यत्रैबाट बीउ खोजेर ल्याउनुपर्ने अवस्था आएको स्थानीयबासीले बताएका छन् । “सधैँ खम्बाचेन, घुन्सामा उत्पादित आलु फलेमा लगेर भण्डारण गरिन्थ्यो, त्यहाँसम्म तल्लो भेगका मानिस कोदो, मकैजस्ता अन्न लिएर साट्न आउँथे र आलु लिएर फर्किन्थे । यस वर्ष बीउ राख्न पनि पाइएन, ” घुन्साका हिमाली चुङदाकले भने । उनका अनुसार आलु उत्पादन हुने अधिकांश क्षेत्र खर्कमा परिणत हुन थालेका छन् । “आलु फल्न…
काठमाडौँ: पश्चिमी वायुको प्रभावले देशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी, बागमती, प्रदेश २ र प्रदेश १ का अधिकांश स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली छ। दिउँसो भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। बाँकी स्थानमा भने मौसम सामान्यतया सफा रहनेछ। साथै गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। राति भने प्रदेश नं १ मा आंशिक बदली रही बाँकी मौसम सामान्यतया सफा रहनेछ।…
काठमाडौँ: गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा आज (शुक्रबार) बिहान जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। दुर्घटनामा एक महिला र चार पुरुषको घटनास्थलमै मृत्यु भएको गुल्मीका प्रहरी प्रमुख एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए। ‘इस्मा ४ दोहलीको हुल भन्ने ठाउँबाट तम्घासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जिप बिहान साढे सात बजे दुर्घटनामा परेको हो,’ एसपी श्रेष्ठले नेपालखबरसँग भने, ‘दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएका छौँ, उनी सकुशल छन्।’ दुर्घटना इस्मा गाउँपालिका ४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी…
