Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
एजेन्सी: अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले पानामाविरूद्ध संघर्षपूर्ण जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जापानले १० खेलाडीमा सीमित पानमालाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा जापानलाई जित दिलाउन ताकुमी मिनामिनोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६१औँ मिनेटमा लिभरपुलका विंगर मिनामिनोले पेनाल्टीमा निर्णायक गोल गरेका हुन् । ७७औँ मिनेटमा लुइस मेजियाले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित पानामाविरूद्ध जापानले थप गोल गर्न सकेन ।
काठमाडौँ: यमपञ्चकको तेस्रो दिन आज कात्तिक कृष्ण औँसी। आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। आजै बिहान कुकुर तिहार पर्व पनि मनाइँदै छ। सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने धार्मिक मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत स्थानमा सरसफाइ गरी साँझ दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो…
काठमाडौँ: यमपञ्चकको तेस्रो दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । सुखरात्रिको पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर…
काठमाडौं: डा. गोबिन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाको शंका लागेपछि हिजो गरिएको पीसीआर परीक्षणमा आज रिपोर्ट पोजेटिभ आएको हो । डा. केसीलाई कोरोना सङ्क्रमण देखिएपछि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्। “केही लक्षण देखा परेपछि हिजो (बिहीबार) पीसीआर परीक्षण गर्नुभएको थियो। रिपोर्ट पोजिटिभ आएको छ। उहाँमा रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ। स्वाश प्रश्वासमा समस्या पनि देखिएको छ,” सुवेदीले भने, “उहाँलाई अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना गरिएको छ। थप स्वास्थ्य परीक्षण भइरहेको छ।” रसुवाबाट फर्किएर त्रिशुली हस्पिटलमा उनको स्वाब सङ्कलन गरिएको थियो। चिकित्सा शिक्षा सुधारका…
काठमाडौं: नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिमा १० जना नयाँ सदस्य समायोजन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले राप्रपाका नेता सुनिलबहादुर थापा सहित सो पार्टीका केन्द्रीय कार्यसमितिका १६ जना सदस्य सहित जम्मा ३१ जना कांग्रेस पार्टीमा प्रवेश गरेकामध्ये १० जनालाई केन्द्रीय कार्यसमितिमा समायोजन गर्ने निर्णय गरेको हो । जसअनुसार थापालाई सहमहामन्त्री बनाइएको छ । बैठकले क्रियाशील सदस्यताको विवरण मंसिर मसान्तसम्म काठमाडौंमा ल्याउने पनि निर्णय भएको कांग्रेसका सहमहामन्त्री डा प्रकाशरण महतले जानकारी दिए। त्यस्तै बैठकले सांसद सूर्यकुमार केसीको निधनपछि रिक्त रहेको कांग्रेस कोटाको समानुपातिक सांसदमा मोहन पाण्डेलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ…
काठमाडौं:नेकपा सचिवालय बैठक सकिएपनि अहिले बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ नेताहरुको अनौपचारिक बैठक चलिरहेको छ । सचिवालय बैठक सकिएलगत्तै ओलीसहित बरिष्ठ नेता माधव नेपाल, महासचिव विष्णु पौडेल, नेताहरु वामदेव गौतम, ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ बैठकमा सहभागी छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सचिवालय बैठक सकिएलगत्तै बाहिरिएका छन् ।
काठमाडौँ: बंगलादेशद्वारा आमंत्रमण गरिएको बंगलादेश र नेपाली राष्ट्रिय टोलि सम्मिलित मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको छ । कोरोना संक्रमणका कारण र एक जना चोटका कारण मुख्य खेलाडीले खेल्न नपाउँदा नेपाली टोली बंगलादेशसामु निरीह जस्तै देखिएको थियो।
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन तयार पारेका छन् । शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डको प्रस्ताव सबै सदस्यलाई दिइएको छ । बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र समेत नेताहरुलाई दिइएको छ ।
काठमाडौं: पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ ।
काठमाडौँ: नेपालको श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्य सहितको परियोजना कार्यान्वयन गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । महासंघको टेकुस्थित सचिवालयको हलमा आयोजित कार्यक्रममा महासंघको तर्फबाट अध्यक्ष भवानी राणा र ब्रिटिस काउन्सिलको तर्फबाट कन्ट्री डाइरेक्टर साहिदा म्याकडुगलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाली श्रम बजारको अध्ययन अनुसन्धान र तथ्याङक संकलनका लागि उक्त परियोजना निकै प्रभावकारी हुने विश्वास गरिएको छ । परियोजना कार्यान्वयनमा प्रत्यक्ष सरोकार राख्ने नेपालका निजी क्षेत्रका छाता संस्थाहरु नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल साना तथा घरेलु उद्योग महासंघ र होटल संघ नेपालका पदाधिकारीहरुको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर…
