Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: कार्तिक २१:  कैलालीको धनगढीमा सडक क्षेत्राधिकार भित्र पर्ने संरचनाहरू घरधनीले आफै धमाधम भत्काउन थालेका छन् । कतिपय जिल्लामा घरधनीले सडक बिस्तारका क्रममा मुआव्जा माग्दै मुद्वा मामिला गर्दा सडक निर्माण तथा बिस्तारको काम अलपत्र परिरहेका बेला धनगढीमा भने सडक क्षेत्राधिकार भित्र पर्ने संरचनाहरू भत्काउन धरधनी आफै लागिपरेका हुन । एशियाली विकास बैंकको सहयोगमा क्षेत्रिय शहरी विकास आयोजना अन्र्तगत धनगढी उपमहानगरपालिकामा सन २०२० को जुलाईमा निर्माण व्यवसायीसँग सम्झौता भई काम अघि बढेको हो । कैलालीमा धनगढी र गोदावरी तथा कञ्चनपुरको भिमदत्त र शुक्लाफाँटा नगरपालिकामा क्षेत्रिय शहरी विकास आयोजना, आयोजना कार्यान्वयन इकाई धनगढीले सडक निर्माण तथा विस्तारको काम अघि बढाएको छ…

Read More

काठमाडौँ: सुनको मूल्य शुक्रबार तोलामा १ हजार रुपैयाँले बढेको छ । यस्तै शुक्रबार चाँदीको भाउमा पनि ४५ रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको १ हजार रुपैयाँले बढेर ९७ हजार २०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको मूल्य पनि १ हजारले बढ्दै ९६ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको सहासंघले जनाएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुनको मुल्य ९६ हजार २००, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ७०० र चाँदी तोलाको १ हजार २१० रुपैयाँमा कारोबार भएको…

Read More

काठमाडौं: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गर्नुभयो । कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीहरुले ठूलो योगदान पु¥याएको भन्दै मन्त्री रावतले भने, ‘यो पुन्य कार्यक्रममा एनआरएनएलाई सरकारले सहयोग गर्न तयार छ ।’ मन्त्री रावतले नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकता रहेको बताउदै कोरोना…

Read More

काठमाडौँ: हिमालयन बैंक र बैंक अफ काठमाण्डूले चीनमा साढे १ अर्बको मुद्दा जितेका छन् । योसँगै आठ वर्षदेखि मेलम्ची खानेपानी परियोजनामा फसेको डेढ अर्ब रुपैयाँ चीनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे १५ ब्यूरो कम्पनी मार्फत नेपाली बैंकले फिर्ता पाउने भएका छन् । बैंकका तर्फबाट मुद्दा लडेका वरिष्ठ अधिवक्ता गान्धी पण्डितले मेलम्चीको चाइना ब्यूरो रेलवे १५ र मेलम्ची बीचको मुद्दामा चीनको जिल्ला अदालतले बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई १ अर्ब ५० करोड रुपैयाँ फिर्ता दिनु भन्ने फैसला गरेको नोटबजारलाई जानकारी दिए । मेलम्ची परियोजनामा ८ वर्षअघिबाट फसेको उक्त रकमका लागि लड्दै आएका दुई बैंकले सो मुद्दामा चीनको जिल्ला अदालतले उक्त…

Read More

काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने काम अगाडि बढेको छ। वाग्मती प्रदेश सरकारले धुलिखेल–नगरकोटलाई जोड्ने पर्यटकीय सडक मार्गलाई पहिलो प्राथमिकतामा राखेर निर्माणको कामलाई अगाडि बढाएको हो। वाग्मती प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयको आर्थिक सहयोगमा अहिले सो सडकको धुलिखेल नगरपालिका–३ को बाँसघारी हुँदै गोसाइँस्थान–टनचोक–काँसीभञ्ज्याङ–नगरकोट सडकखण्डअन्तर्गत बाँसघारीदेखि गोसाइँस्थानसम्म निर्माण गरेको सडकखण्डको कालोपत्रे गर्ने काम भइरहेको छ। बनेपा नगरपालिका–६ का स्थानीय भेषराज शाहले प्रदेश सरकारले धुलिखेल–नगरकोट जोड्ने पर्यटकीय सडकको काम अगाडि बढाएपछि स्थानीय व्यवसायीलाई मात्रै फाइदा नभई धार्मिक रूपले महत्वपूर्ण रहेको गोसाइँस्थान क्षेत्रका लागि समेत ठूलो सहयोग पुगेको बताए। ‘पक्की सडक बनेसँगै…

Read More

मोरङ: कोरोना संक्रमित दुई महिलाको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ । धनकुटा–४ की ३२ वर्षीया महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा आज बिहान ८:१५ बजेतिर मृत्यु भएको हो । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा बिहीबार कोरोना पुष्टि भएपछि उनलाई साँझ उपचारका लागि भर्ना गरिएको थियो । ती महिलामा श्वासप्रश्वासको समस्या पनि रहेको बस्नेतले बताए । यस्तै विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया महिलाको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ । ती महिलाको बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । कोरोना पोजेटिभ देखिएपछि ती महिलालाई गत बुधबार अस्पताल भर्ना…

Read More

काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवाल बैठक बोलाएका छन् । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा पार्टी भित्रको आन्तरिक गतिविधिका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन पटक पटक आग्रह गरेपनि ओलीले बैठक नबोलाएपछि प्रचण्डले सचिवालयका सदस्यलाई पार्टी केन्द्रीय कार्यालयमा बोलाएका हुन् । नेकपाको सचिवालयमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, इश्वर पोखरेल र रामबहादुर थापा बादल सदस्य छन् । आजको बैठकपछि…

Read More

काठमाडौँ: नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष एम एम नरवणे शुक्रबार बिहान नेपाली सेनाको हेलिकोप्टर मार्फत सोलुखुम्बु जिल्लाको खुम्जुंग गाउँपालिकामा रहेको स्याङ्ग्बोचे बिमाअन्स्थलका लागि उडेका छन्। उनीहरु अहिले माउन्टेन फ्लाइट मार्फत सगरमाथाको दृश्यावलोकन गर्न त्यस तर्फ लागेको सेनाको सैनिक जनास्मपरका निर्देशनालयले जनाएको हो। हिजो नै गर्ने भनिएको सगरमाथाको दृश्यावलोकन उताको मौसम प्रतिकुलताका कारण स्थगन भएको थियो।

Read More

एजेन्सी: रिपब्लिकन पार्टीका उम्मेद्वार डोनल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडन दुबै नै अमेरिकी राष्ट्रपति चुनावमा जीत हासिल गर्ने दाबी गरिरहेका छन् । अन्तिम नतिजा आउन बाँकी नै छ र दुबै पक्ष कानूनी लडाईंमा उल्झिनका लागि तयारीमा जुटेका छन् । इलेक्टोरल कलेजको संख्याको हिसाबले हेर्ने हो भने थुप्रै महत्वपूर्ण राज्यमा अहिले पनि मतगणनाको काम जारी छ । यही राज्यले चुनाव नतिजा निश्चित गर्नेछ । बीबीसीले मिशिगन र विस्कन्सिनमा ट्रम्पभन्दा जो बाइडन अघि बढिरहेको अनुमान गरेको छ । पेन्सिल्वेनियाको नतिजा अहिलेसम्म आएको छैन । विस्कन्सिन, मिशिगन र पेन्सिल्वेनिया राज्यको नतिजाले जो बाइडनको जीत सुनिश्चित गर्न सक्छ । ट्रम्पका प्रतिनिधिले नेवाडा,…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंकले भोजपुरको झ्याउपोखरी र धनुषाको हाथमुण्डामा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३१ पुगेको छ । बैंकले भोजपुरको जिल्लाको सदानन्द गाँउपालिका वडा नं। ११, झ्याउपोखरीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा ङंदिरा घले र धनुषा जिल्लाको कमला नगरपालिका वडा नं। ७, हाथमुण्डामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा धर्मेन्द्र कुमार महतोलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा…

Read More