Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यमा अघि बढ्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार मनको गरीब नभएकाले साझा एजेण्डामा अघि बढ्न तयार रहेको बताएका हुन् । कोभिडबाट उत्पन्न असहज परिस्थितीमा आर्थिक कृयाकलाप चलायमान बनाउन उद्योगी व्यवसायको महत्वपूर्ण भूमिका रहने प्रधानमन्त्री ओलीको भनाई थियो । “सरकार र निजी क्षेत्र बीचको संयुक्त प्रयासबाट मात्र अहिलेको समस्यासँग जुध्न सकिन्छ,” प्रधानमन्त्री ओलीले भने, “यसका लागि केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग महासंघका विभिन्न संरचनामा रहेका संस्थाका बिचमा सहकार्य गर्दै अघि बढ्नु पर्छ ।” विश्व साँघुरिएका कारण कोभिडबाट…
काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३७ महिला र ४४८ महिला गरी ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा सक्रमितको संख्या १ लाख ६ हजार ३०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । त्यसैगरी, आज काठमाडौंमा ४ र ललितपुर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म काठमाडौंमा मात्र ८५ हजार ७७२ जना संक्रमित भएका छन्, जसमध्ये ३३९ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७७ हजार ७८९ छ। ललितपुरमा १२ हजार ८०४ जना संक्रमित भएका छन्।…
काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर १६१४ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ हजार ४३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ। हालसम्म देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म मुलुकभर कोरोनाले १ हजार ४१२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा २, उदयपुरमा ६, ओखलढुंगामा १,…
काठमाडौँ: नेपाल स्टक एक्स्चेन्ज नेप्सले चार वर्षपछि ऐतिहासिक उचाई हासिल गरेको दिन साढे ७ अर्बको शेयर किनबेच भएको छ । शेयर बजारमा एकैदिन सर्वाधिक कारोबार भएको पनि यो पहिलो पटक हो । बिहीबार शेयर बजारमा साढे सात अर्ब बराबरको शेयर किनबेच भएको छ । गत आइतबार ६ अर्ब ९० करोड बराबरको शेयर किनबेच भएको थियो। यसदिन नेप्से सूचकले पनि २०७३ साउन १२ गते बुधबारको उच्च अंक १८८१ अंक पार गरेको नेप्से १९२५ अंकसम्म पुगेको थियो । बिबजार बन्द हुने समयसम्म आइपुग्दा नेप्से १८ अंकले बढेर १८९३.२४ अंकमा पुगेको छ । यसदिन २०१ कम्पनीको ७ अर्ब ६१ करोड ३० लाख बराबरको…
काठमाडौं: नेपाल पत्रकार महासंघले तीनवटा सञ्चार गृहलाई पाँच दिनभित्र आफ्ना माग पुरा गर्न अल्टिमेटम दिँदै माग पुरा नभए दोस्रो चरणको आन्दोलन गर्ने चेतावनीसहितको पत्र पठाएको छ । महासंघले बिहीबार अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक र कारोबार दैनिकको व्यवस्थापनलाई चेतावनीसहितको पत्र पठाएको हो । महासचिव रमेश विष्टले लेखेको पत्रमा लिखित, मौखिक र वार्तामार्फत सम्बद्ध सञ्चार गृहहरुमा देखिएको श्रम समस्या समाधानार्थ महासंघले गरेको पहलबाट समस्या सम्बोधन हुन नसकेकाले कात्तिक २६ गते पहिलो चरणमा सम्बद्ध सञ्चार गृहमा कालो ब्यानर टाँसी धर्ना दिइएृको स्मरण गराइएको छ । पहिलो चरणको दबाबबाट समेत समस्या हल नभएकाले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ । महासंघका सचिव तथा…
काठमाडौं: औपचारिक कारोबार सुरु हुनुभन्दा अघि नै १८ अंकले बजार बढ्दा नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ । ४ वर्षअघि १ हजार ८ सय ८१ अंकसम्म पुगेर ओरालो लागेको नेप्सेले त्यो विन्दुलाई पार गरेको हो । बुधबार १ हजार ८ सय ७४ अंकमा बन्द भएको बजार परिसूचक बिहीबार बिहान प्रिओपनिङ सेसनमै करिब २० अंकले बढेर १ हजार ८ सय ९४ बाट कारोबार सुरु भएको हो । बैंक र विकास बैंकको समूहले आजको समग्र बजारको नेतृत्व गरिरहेको छ ।
काठमाडौं: भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतलाई भेट्ने कार्यक्रम छ । त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्नेछन् । शुक्रबार ज्यापु समाजको भवन उदघाटन र गोर्खाको एक गुम्बा उदघाटन कार्यक्रममा सहभागी भएर उनी स्वदेश फर्किने छन् । काठमाडौंस्थित भारतीय राजदूतावास स्रोतका अनुसार नेपाली समकक्षी…
चितवन: प्युठानबाट बिरामी बोकेर काठमाडौं जाँदै गरेको पिकअप भ्यान त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् । एक जना नदीमा पौडिएर निस्किन सफल भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित नाग्दी खोला नजिकबाट लु १ च ९७३१ नम्बरको पिकअप भ्यान बिहीबार बिहान साढे पाँच बजे त्रिशूलीमा नदीमा खसेको हो । दुर्घटनामा प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएका ३८ वर्षीय मुकुन्द रोका घाइते छन् । बेपत्ता हुनेमा मुकुन्दकी श्रीमती ३३ वर्षीया जमुना, बिरामी छोरी १५ वर्षीया जिनिसा र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसी रहेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाले…
काठमाडौँ: मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृती दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती दिएको हो । भूमी व्यवस्था मन्त्रालयले यसबारे मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । आर्थिक वर्ष ७५ / ७६ बाट सुरु गरिएको सगरमाथाको उचाई मापन गर्न करोडौं रुपैयाँ खर्च भएको छ । आफू जानै नपर्ने ठाउँमा हेलिकोप्टर चार्टर गरेर भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल सगरमाथा घुम्न समेत गएकी थिइन् । २०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने नापी विभागको अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।…
काठमाडौँ: मन्त्रिपरिषदको बैठकले तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले सहसचिवहरु सुरेश आचार्य, गोकर्ण दवाडी र डा.योगेन्द्र कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
