Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो । कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखमा हुने गरी तय भएको परीक्षा कार्यतालिका सरकारले स्थगन गरेको थियो । स्थगित उक्त परीक्षा आगामी मङ्सिर ९ गतेबाट सञ्चालन गरिने कार्यतालिका सार्वजनिक गरिएको छ । एक बेञ्च, एक विद्यार्थी राजधानीको पद्मोदय माध्यमिक विद्यालयले एक जना विद्यार्थीलाई एक बेञ्चमा राख्ने गरी कक्षा १२ को परीक्षा लिने आन्तरिक तयारी गरेको छ । विद्यालयका सहायक प्रधानाध्यापक…

Read More

काठमाडौँ: काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या १९ हजार ७५२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उपत्यकामा थप १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमा ७८१ महिला र ११०७ जना पुरुष रहेका छन् । यस्तै हालसम्म उपत्यकामा ३३३ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयका अनुसार काठमाडौंमा हाल १६ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुनेको संख्या ४४ हजार २८८ रहेको छ । २१२ जनाको मृत्यु भएको काठमाडौंमा हालसम्म जम्मा संक्रमित ६० हजार ७४२ जना रहेका छन् । यसैगरी भक्तपुरमा सक्रिय संक्रमित११६५ रहेका छन् भने निको हुनेको संख्या ४ हजार ४२२…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४ हजार ९६ रहेको छ। यस्तै थप १६ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ९२० पुगेको मन्त्रालयले शुक्रबार जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२.८ प्रतिशत हो । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Read More

धनगढी: बजार भाउभन्दा बढी मूल्य पर्न थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा खाद्यान्न अभाव हुने जिल्लामा आपूर्ति गरिने चामल बिक्री गर्न समस्या हुनेगरेको छ । खाद्यान्न अभाव हुने सुदूरपश्चिम प्रदेशका दार्चुला, बाजुरा, बझाङ र अछामलगायत जिल्लामा आपूर्ति गर्ने गरिएको चामलको मूल्य बजार भाउभन्दा बढी हुने गरेपछि बिक्री हुन नसकी खपत हुन नसकेको हो । कम्पनीको प्रादेशिक कार्यालय धनगढी (साविक नेपाल खाद्य संस्थान) अन्तर्गतका शाखा कार्यालयमा आपूर्ति हुने गरेको चामलको खपत हुन नसकेपनि तोकिएको कोटा अनुसारको चामल वर्षेनी आपूर्ति गर्ने गरिएको छ । बिक्री मूल्य बढी हुँदा पछिल्ला वर्षमा कम्पनीको चामलको माग घट्दै गएको बताइएको छ । कम्पनीको प्रादेशिक कार्यालय…

Read More

काठमाडौँ: चन्द्रागिरी नगरपालिका-४ कोतघरस्थित ४६ बर्षीय धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा गोपाली लगायत १० जनालाई प्रहरीले प्रक्राउ गरेको छ । उक्त घरमा तास खेल्ने खेलाउने कार्य भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३३ हजार ७५ रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: अपि पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर शुक्रबार (कात्तिक १४ गते) देखि बिक्रीमा ल्याएको छ । अपि पावरले १०० कित्ता बराबर ४७ कित्ताको अनुपातमा १०० रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गरेको हो । हकप्रद निष्काशनका लागि गत चैत १ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । चैत १ गतेभन्दा पहिले कायम शेयरधनीले मात्र अपिको हकप्रदमा आवेदन गर्न पाउने छन् । हकप्रदमा मंसिर ४ गतेसम्ममा आवेदन दिइसक्नुपर्नेछ । सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा निष्काशन भएको हकप्रदमा नक्सालस्थित क्यापिटलको कार्यालय, थापाथलीस्थित अपि पावरको कार्यालय, ग्लोबल आईएमई…

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन्। केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि कार्तिक १७ गतेका लागि देउवाले शीर्षस्थ नेताहरुसँग छलफल गर्न बैठक बोलाएका हुन्। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी कार्तिक २१ गतेलाई बोलाइएको छ । केन्द्रीय समिति बैठकमा हुने छलफल र महाधिवेशनमा कसरी जाने भन्ने विषयमा छलफल गर्न शीर्षस्थ नेताहरुको बैठक बोलाइएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए । यसअघि तय गरिएको बैठक कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएपछि पुनः बैठक बोलाइएको हो। महतका अनुसार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले बुझाएको विरोधपत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ। सभापति देउवाले महाधिवेशनको मिति…

Read More

म्याग्दी: म्याग्दीको रातोपहिरोमा जीप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । रघुगंगा–६ पाखापानीदेखि बेनी जाँदै गरेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको हो । बेनी नगरपालिका–८ र ९ को सीमानामा पर्ने रातोपहिरोमा दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा पुर्‍याउँदा रियालाई चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए । मृतक बालिका दशैँमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ आउँदै थिइन् । जीपमा ११ जना सवार थिए ।…

Read More

भक्तपुर: भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार जिल्लामा तीन हजार १७५ पुरुष र दुई हजार ४२१ महिला गरी कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५९६ जना पुगेको छ । त्यसै गरी जिल्लामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ । बुधबार र बिहीबार मात्रै भक्तपुरमा भाइरसकै कारण पाँचजनाको ज्यान गएको छ । छाला र मिर्गौला रोगको बिरामी कैलाली गौरीगङ्गा नगरपालिका–४ की २८ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण बिहीबार साँझ भक्तपुर अस्पतालमा उपचारको क्रममा…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्। कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेको स्रोतको दावी छ। ‘मंगलबार ओली र नेपालबीच भएको एकल भेटमा ओलीले अबको नेता तपाई नै हो यसमा मेरो पूर्ण समर्थन, साथ र सहयोग रहन्छ’, ओलीलाई उधृत गर्दै स्रोतले भन्यो। तर माधव नेपाल भने यसमा अझै आश्वस्त भइनसकेको स्रोतको दावी छ। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग सामान्य सम्बन्ध विग्रेपछि ओलीले नेपाललाई बोलाएर एक्लाएक्लै छलफल गरेका थिए। ओलीले नेपाललाई नेतृत्वको तेस्रो पटक प्रस्ताव गरेका हुन्। कर्णाली प्रदेशको विवाद…

Read More