Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » प्रधानमन्त्री ओलीको नेता नेपाललाई ‘गुलियो’ आगामी नेतृत्वका लागि तयार रहनुहोस

    प्रधानमन्त्री ओलीको नेता नेपाललाई ‘गुलियो’ आगामी नेतृत्वका लागि तयार रहनुहोस

    पहिलोक्लिकपहिलोक्लिकOctober 30, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीको आगामी नेतृत्वका लागि तयार रहन आग्रह गरेका छन्। कार्तिक ४ र ११ का दुई भेटमा ओलीले पूर्वएमालेको तर्फबाट अबको पार्टी नेतृत्व लिन आग्रह गरेको स्रोतको दावी छ।

    ‘मंगलबार ओली र नेपालबीच भएको एकल भेटमा ओलीले अबको नेता तपाई नै हो यसमा मेरो पूर्ण समर्थन, साथ र सहयोग रहन्छ’, ओलीलाई उधृत गर्दै स्रोतले भन्यो। तर माधव नेपाल भने यसमा अझै आश्वस्त भइनसकेको स्रोतको दावी छ। पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग सामान्य सम्बन्ध विग्रेपछि ओलीले नेपाललाई बोलाएर एक्लाएक्लै छलफल गरेका थिए। ओलीले नेपाललाई नेतृत्वको तेस्रो पटक प्रस्ताव गरेका हुन्।

    कर्णाली प्रदेशको विवाद उत्कर्षमा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग खटपट परेपछि ओलीले नेपाललाई बोलाएर भेटघाट गरेका थिए। ‘प्रधानमन्त्री ओलीले नेपालसँग केही समय छलफल गर्नुभएको हो उहाँहरुबीच कोरोना भाइरस संक्रमण तथा पार्टीको विवादबारे सामान्य छलफल भयो। त्यो भन्दा पनि पारिवारिक कुराकानी बढी भयो’, वालुवाटार निकट स्रोतले भन्यो। प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग मंगलबार दिउँसो भेटघाट गरेका थिए। गत कार्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग बालुवाटारमा एक्लै छलफल गरेका थिए। त्यसअघि दुई नेताबीच साउन ९ गते मात्रै एक्लाएक्लै कुराकानी भएको भएपनि खासै उपलब्धी नभएको नेपाल पक्षले जनाएको थियो। भेटका अवसरमा नेपालले दुई पार्टीको एकीकरण भएकाले एउटा पक्षलाई बाहिर राखेर पार्टी सञ्चालन गर्नुको कुनै अर्थ नभएको बताएका थिए।

    नेपाल निकट स्रोतका अनुसार दुई नेताहरुको भेटमा प्रधानमन्त्री ओलीले आफूसँग सहकार्यका लागि प्रस्ताव गरेका थिए। नेपालले सो विषयमा कुनै प्रतिक्रिया नदिएको तर पार्टी एकतालाई जोड दिएका थिए। कर्णाली प्रदेशमा देखिएको विवाद र पर्सामा भएको पार्टी एकताको शपथ ग्रहणका बेला भएको हत्यापछि कार्यकारी अध्यक्ष दाहालसँग ओलीको सम्बन्ध विग्रिएको छ।

    संवादहिनतामा संवाद खुलाउने प्रयास
    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय ओली र दाहालबीच रोकिएको संवाद खुलाउन तीन नेताहरु लागिपरेका छन्। कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्ने क्रममा दुई अध्यक्षले छुट्टा छुट्टै पत्राचार गरेर विवाद झन् बल्झाएपछि संवाद टुटेको थियो।

    नेपाल निकट स्रोतका अनुसार दुई नेताहरुको भेटमा प्रधानमन्त्री ओलीले आफूसँग सहकार्यका लागि प्रस्ताव गरेका थिए। नेपालले सो विषयमा कुनै प्रतिक्रिया नदिएको तर पार्टी एकतालाई जोड दिएका थिए।

    उनीहरुबीच संवाद टुटेपछि बुधबार पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा विहिबार लुम्बिनी प्रदेशमा मूख्यमन्त्री शंकर पोखरेल दाहाल निवास खुमलटार पुगेर संवाद खुलाउने प्रयास गरेका थिए। प्रधानमन्त्री ओलीले गत मंगलबार कार्यकारी अध्यक्ष दाहालसँग संवादमा स्थानीय प्रदेश कमिटीलाई नै कर्णाली विवादका विषयमा निर्णय गर्ने जिम्मा दिन गरेको प्रस्ताव विपरीत अलग्गै चार वुँदे सहमति भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेपछि उता दाहालको सचिवालयले कुनै सहमति नभएको भनेर प्रेस नोट जारी गरी विवाद ज्यूका त्यू रहेको संकेत गरेको थियो। त्यसपछि कार्तिक ५ मा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्रचार गरे गुलाबजंग शाहमाथिको कारवाही फिर्ता गर्न निर्दैशन दिएका थिए। दाहालले पनि त्यसलाई काउण्टर दिने गरी विवाद समाधान प्रदेशबाट खोज्न कार्तिक ७ मा अर्को पत्र लेखेपछि भने दुई अध्यक्षवीच कटुता उत्पन्न भएको प्रष्ट देखिएको थियो। दुई अध्यक्षबीचको तिक्तताले पार्टी काम र सरकारी कामलाई समेत प्रभावित पारेपछि संवाद खुलाउन पार्टीकै तीन नेताहरु सक्रिए भएका हुन्।

    तर संसदीय दलका उपनेता सुवास नेम्वाङले दुई अध्यक्षबीच संवाद नटुटेको दावी गरेका छन्। उहाँहरुबीच कुराकानी भैरहेको छ संवाद टुटेको अवस्था होइन’, उनले भने ‘जनार्दन शर्मालाई कोरोना संक्रमण भएपछि उहाँपनि आइसोलेशनमा बस्नु भएको हो त्यो विषयमा प्रधानमन्त्रीलाई सहित जानकारी थियो यसलाई हामी संवाद टुटेको भन्छौ भने गलत हुन्छ। ’ संसदीय दलका उपनेता नेम्वाङले बुधबार मात्रै दाहाललाई भेटेर आएका थिए।

    बुधबार पार्टी महासचिव पौडेलले केन्द्रीय कमिटीको बैठक एक महिना पर सार्ने विषयमा छलफल गर्न खुमलटार पुगेका थिए। उनी खुमलटार जानु अघि वालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटघाट गरी खुमलटार गएर दाहालको स्वीकृति लिएर केन्द्रीय कमिटीको बैठक एक महिना पर सार्ने सूचना जारी गर्न लगाएका थिए। त्यसक्रममा उनले दुइअध्यक्षबीचको संवाद सुचारु गर्न र पार्टी कामलाई निरन्तर रुपमा अघि बढाउन दुवै अध्यक्षलाई आग्रह गरेका थिए। पौडेल खुमलटारबाट निस्केपछि संसदीय दलका उपनेता नेम्वाङ खुमलटार पुगेका थिए। उनले पनि दुई अध्यक्षबीच संवाद सुचारु गरेर स्थायी कमिटीको बैठकले पास गरेको निर्णय अनुसार पार्टी अघि बढ्नु पर्ने बताए थिए। ‘दुवै अध्यक्षबीच केही दिनमै भेटघाट हुन्छ यसमा अन्यथा मान्नु पर्दैन’, उपनेता नेम्वाङले भने।

    कर्णाली प्रदेशको विवाद समाधान गर्नका लागि काठमाडौ आएका नेताहरुसँग प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका थिए। ‘एउटै पार्टीका नेताहरूलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो। समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ। उहाँले त्यसो गर्नुभएन’, भन्दै दाहालले बेग्लै पार्टी सञ्चालन गरेको आभाष दिएको आरोप लगाएपछि दाहाल ओलीसँग चिढिएका थिए। दाहालले कर्णालीका नेताहरूसँग बेग्ला बेग्लै छलफल गरेका थिए। दाहालले बेग्लाबेग्लै खुमलटारमा बोलाएर भेटेको र गुटबन्दी गर्न खोजेको भन्दै ओलीले चित्त दुखाएपछि दुवै अध्यक्ष संवादबाट टाढा भएका थिए। दाहालले ओलीकै सहमतिमा उनीहरूसँग छलफल गरेको बताइए पनि ओली भने असन्तुष्ट भएका थिए।

    दसैं अघिबाटै दुई अध्यक्षमा बोलचाल समेत बन्द भएपछि लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेल पनि काठमाडौ आएर सक्रिय भएका छन्। उनी विहिबार खुमलटार पुगेर दाहालसँग भेटघाट गरेका थिए। उनीहरुबीच के के विषयमा कुराकानी भयो भन्नेबारेमा केही जानकारी नआए पनि पोखरेलले दुई अध्यक्षबीच संवाद खुलाउने प्रयास गरेका छन्।

    दाहालसँग सम्बन्ध विग्रेपछि ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दुई पटक भेटघाट गरेका छन्। उनीहरुबीच एक्लाएक्लै संवाद भएको छ। कार्तिक ४ गते र कार्तिक ११ गते उनीहरुबीच वालुवाटारमा संवाद भएको हो। तर यो विषयमा नेपाल निकट नेताहरुले ओलीलाई संकट परेपछि मात्रै नेपाललाई खोज्ने गरेका दावी गरेका छन्। उनीहरुले ओलीको यस्तो बानी पुरानै भएकाले यस्ता भेटको कुनै अर्थ नहुने दावी गरेका छन्। ‘ओलीलाई संकट पर्यो भने माधव नेपाललाई बोलाएर फकाउने प्रयास गर्छन तर नेपालले उठाउँदै आएको विधि र पद्धतिलाई कार्यान्वयन गर्दैनन् त्यसकारण यस्ता भेटको कुनै अर्थ छैन’, नेपाल निकट एक स्थायी कमिटी सदस्यले भने।

    Facebook Comments Box

    नेता नेपाललाई 'गुलियो' आगामी नेतृत्वका लागि तयार रहनुहोस
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.