Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफुले चुनाव जितेर गएसँगै नेतृत्वको फोन नउठ्ने भन्ने गुनासो तत्काल समाधान हुने बताउनुभयो । नेपालगन्जमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले भन्नुभयो, ‘यस अघि अरुले के गरे मलाई थाहा भएन । तर म सदैव तपाईहरुकै साथमा रहेको छु र सँगै नै रहने छु । सदा जस्तै जिल्ला नगरका हरेक व्यवसायीका समस्या समाधान गर्न खटिनेछु ।’ वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भन्दै आफु त्यसका लागि हरहिसाबले सक्षम र दाबेदार रहेको उहाँले बताउनुभयो । ‘अहिले विपक्षी साथीहरुले महासंघमा २५/३० वर्ष विताएको भन्दै अब…
चितवन: चराउने क्रममा हात्तीले आक्रमण गर्दा माउतेको मृत्यु भएको छ। शनिबार दिउँसो चितवनको रत्ननगर नगरपालिका-६ स्थित जंगलमा चराउने क्रममा माउतेलाई नै हात्तीले आक्रमण गरेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। राष्टिय प्रकृति संरक्षण कोषले पाल्दै आएको हात्तीले रौतहटको चन्दपुर गैडाटार घर भएका ३३ वर्षीय माउते हंसराज कुँवरमाथि आक्रमण गरेको थियो। उनी रत्ननगर-६ मा बस्दै आएका थिए। हात्तीले आक्रमण गरेको स्थान चितवन राष्ट्रिय निकुञ्जभित्र पर्छ।
काठमाडौं: विपक्षी दल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद् अधिवेशन बोलाउन माग गरेका छन् । सत्तारुढ नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरे पनि हालका लागि गम्भीर देखिएका विषयमा संसद अधिवेशनमा बोलाएर छलफल गर्नुपर्ने बताएका हुन् । कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्ध र अन्य विषयमा संसदमा छलफल हुनुपर्ने आवश्यकता उनले औँल्याए । ट्वीटरमा उनले लेखेका छन्, ‘सरकारका दुष्कर्म/कुकर्म आमजनता र प्रतिपक्षी दलको पनि गम्भीर चासोको विषय हुनाले यी मुद्दामा संसद् अधिवेशन बोलाएर छलफल गर्ने कि: १. कोरोना २. अर्थतन्त्र ३. संघीयता ४. भ्रष्टाचार ५. विदेश सम्बन्ध ६ अन्य !’
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ । यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ थियो । थप २२०६ जना कोरोना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा थप २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५५ हजार ११४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा…
काठमाडौँ: पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५१२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ४१ जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५५ हजार ११४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ…
काठमाडौँ: नेकपाका कार्यकारी अध्यक्षसहित सचिवालयका बहुमत सदस्यले बैठकको माग गर्दै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका छन् । तर, अध्यक्ष ओलीले आफ्नाविरुद्ध गुटबन्दी भएको भन्दै बैठक बोलाउन अस्वीकार गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ शनिबार सामूहिक रुपमा बालुवाटार पुगेर ओलीलाई पत्र बुझाएका थिए । उनीहरुले स्थायी कमिटी निर्णय कार्यान्वयन, कोभिडको अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफलको माग गर्दै पत्र बुझाएका छन् । प्रवक्ता श्रेष्ठले पार्टी एकता रक्षाका लागि तथा समग्र विषयमा छलफल गर्न बैठक बोलाउन लिखित माग गरिएको बताए । तर, पत्र…
काठमाडौँ: यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचारअनुसार यहाँको भन्सार प्रशासनले गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि भएको जनाएको हो । अघिल्लो वर्षको तुलनामा यसवर्षको अक्टोबर महिनामा चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि आएको देखिएको सो प्रशासनले जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ । त्यसैगरी चीनको निर्यात बजारमा पनि बृद्धि भएको पनि सो समाचारमा जनाइएको छ । गत वर्षको तुलनामा यसै वर्ष चीनको निर्यातमा ७.६ प्रतिशले बृद्धि भएको देखिएको हो । त्यस्तै सोही अवधिमा चीनको आयात भने ०.९ प्रतिशतले मात्र बढेको पनि सो समाचारमा जनाइएको छ ।रासस/सिन्ह्वा
काठमाडौँ: काठमाडौँको ‘कोर–सिटी’ मा अवस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरपालिकाले तीस लाख रुपैयाँ अनुदान दिएको छ । २०१३ सालमा स्थापना भई ‘कोर–सिटी’ का नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो चिकित्सालयलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा उक्त रकम सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । काठमाडौँ महानगरपालिकाका सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा र चिकित्सालयका तर्फबाट डाक्टर अध्यक्ष मनोजमान श्रेष्ठले सो सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौतापत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै प्रमुख शाक्यले ‘कोर–सिटी’ का करीब तीन सय नागरिकलाई दैनिक सेवा प्रवाह गर्दै आएको…
काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्दै लिखित पत्र बुझाएका छन् । दुई पृष्ठ लामो लिखित पत्रमा सकेसम्म चाँडो पार्टी कमिटीका बैठक बोलाउन माग गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । थापाका अनुसार प्रचण्ड नेतृत्वको टोलीले दुई पृष्ठ लामो पत्र बुझाएर बैठकको माग गरेको छ । प्रधानमन्त्री ओलीले सल्लाह गरेर बैठक बोलाउने बताएको पनि थापाले जानकारी दिए । ओलीको भनाई उदृत गर्दै थापाले भने, ‘प्रधानमन्त्री ज्यूले सल्लाह गरेर बैठक बोलाउने भन्नु भएको छ । पार्टीका सबै कमिटीहरुको बैठक बस्नुपर्छ । बैठककै…
काठमाडौँ: मंसिर २ गतेदेखि खुलामञ्चलगायत काठमाडौंका कुनै पनि सार्वजनिक स्थलबाट भोजन सेवा (निःशुल्क भोजन) नगराउने सहमति भएको छ। खुला क्षेत्रबाट सञ्चालन हुँदै आएको निःशुल्क भोजन व्यवस्थापन गर्ने विषयमा शुक्रबार काठमाडौं महानगर र निःशुल्क भोजन व्यवस्थापन गराउँदै आएका पक्षबीच भएको छलफलपछि यस्तो सहमति भएको हो। उक्त छलफल निःशुल्क भोजन व्यवस्थापन गर्दै आएका हाम्रो टिम नेपाल, मानवी क्रियसन एसोसिएसन, लायन्स क्लब अफ काठमाडौं, न्यू ग्रिन सिटी, सेभ्स एसोसिएसन अफ नेपाल, हाम्रो सानो प्रयास, गसिब क्वीन नेपाल हन्ड्रेड ग्रुप, भक्त वी. वी. फर ह्युमानिटीलगायत संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। यसैगरी महानगरका निर्देशकहरू हरिबहादुर कुँवर, बसन्त आचार्य तथा नगर प्रहरी नायब उपरीक्षक राजु पाण्डे…
