Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्छ: उपाध्यक्ष ढकाल

    वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्छ: उपाध्यक्ष ढकाल

    पहिलोक्लिकपहिलोक्लिकNovember 7, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफुले चुनाव जितेर गएसँगै नेतृत्वको फोन नउठ्ने भन्ने गुनासो तत्काल समाधान हुने बताउनुभयो ।

    नेपालगन्जमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले भन्नुभयो, ‘यस अघि अरुले के गरे मलाई थाहा भएन । तर म सदैव तपाईहरुकै साथमा रहेको छु र सँगै नै रहने छु । सदा जस्तै जिल्ला नगरका हरेक व्यवसायीका समस्या समाधान गर्न खटिनेछु ।’

    वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भन्दै आफु त्यसका लागि हरहिसाबले सक्षम र दाबेदार रहेको उहाँले बताउनुभयो ।

    ‘अहिले विपक्षी साथीहरुले महासंघमा २५/३० वर्ष विताएको भन्दै अब आफुले नेतृत्व गर्न पाउने दावी गर्दै आउनु भएको छ,’ उहाँले भन्नुभयो, ‘धेरै वर्ष महासंघमा बिताउँदैमा महासंघको नेतृत्व गर्न सकिने होइन । त्यसका लागि आफैले व्यवसाय गरेर उद्योगी व्यवसायीको वास्तविक समस्या बुझेको हुनुपर्छ । नेतृत्वका लागि व्यवसायीहरुको विश्वास र समर्थन आवश्यक पर्छ ।’

    आफुले व्यवसायीका हक, हित र समस्या समाधानमा निरन्तर पहल गर्ने गरेको बताउँदै उहाँले अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, हित स्थापित गर्न, महासंघको साख उँचो बनाउन र देशमा व्यवसायिक वातावरण बनाउन लागि पर्ने बताउनुभयो ।

    ढकालले आफू नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आएपछि यो संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उँचो बनाउने काममा सशक्त रुपमा लाग्ने बताउनुभएको छ ।

    ढकालले भन्नुभयो- आधा शताब्दिभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी व्यवसायीहरुको यो साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुनेछ ।

    यसअघि शुक्रबार गुलरिया उद्योग वाणिज्य संघद्वारा आयोजित कार्यक्रमका सदस्यहरुले पछिल्लो समय नेपाल उद्योग वाणिज्य महासंघको प्रतिष्ठा गिर्दो अवस्थामा रहेको र स्थानीय स्तरमा यस महासंघका पदाधिकारी तथा प्रतिनिधिहरुलाई एकजना वडा सदस्यको जस्तो मान्यता पनि नदिनेगरेको गुनासो आएपछि ढकालले सो धारणा राख्नुभएको हो ।

    हो, म पनि दुई तीन वर्षयता देखि नै देशका प्राय सबै जिल्लामा पुगेको छु र सबै साथीहरुका समस्या र गुनासाहरु सुनेको छु, उहाँहरुको अनुभव पनि यही छ कि देशको निजी क्षेत्रको यो गरिमामय संस्थाको सम्मान र साख पहिलेको तुलनामा ह्रास हुँदै गएको छ, यसको प्रतिष्ठालाई माथि उठाउन केन्द्रीय पदाधिकारीहरुले नै उल्लेखनीय काम गर्नुपर्नेछ ।

    उपाध्यक्ष ढकालले जबसम्म यो संस्थाको प्रतिष्ठा र सम्मान रहन्छ तबमात्र राज्य र यसका सम्बद्ध निकायहरुले पनि यस संस्थाका प्रतिनिधिहरुका समस्या र गुनासा सुन्नेछन्, हाम्रो नेगोसिएसन पावर बढ्नेछ र जसका कारण समग्र निजी क्षेत्रको प्रवद्र्धन भई देशको आर्थिक विकासमा टेवा पुग्नेछ- ढकालले भन्नुभयो ।

    त्यसैले पनि व्यापारी, व्यवसायीलाई कुनै अप्ठेरो पर्यो भने तथा हाम्रा समग्र व्यावसायिक हकहीतका विषयमा समस्या उत्पन्न भयो भने त्यस्तो अवस्थामा राज्य पक्षसँग नेगोसिएसन गर्ने र ती समस्याको तत्कालै समाधान निकाल्नका लागि अग्रसरता लिनसक्ने खालको नेतृत्व महासंघलाई आवश्यक रहेको उपाध्यक्ष ढकालले बताउनुभयो ।

    मैले गएका केही वर्षयतादेखि तपाईँ व्यवसायीहरुका यस्तै गुनासा र समस्या सुनेर मुलुकको एक फेरो लगाइसकेको छु, म आफै पनि व्यावसायी भएकोले तपाईँहरुका सानाभन्दा साना देखि ठूला उद्यम व्यवसायका सबै समस्याहरु थाहा छ, त्यसैले म नेतृत्वमा आएपछि यी सबै विषयमा बहस र पैरवी प्रारम्भ गर्नेछु र एक्सनमा नै जानेछु, यो तपाईँहरुसँग मेरो बाचा नै हो ।

    कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवम् विशिष्ट सदस्य चण्डीराज ढकालले यस अघि आफूहरुले सहयोग गरेका कतिपय उम्मेदवारले चुनाव जितेपछि प्रतिवद्धता अनुरुप काम नगरेको भन्र्दै यस पटकको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल नेतृत्वको टीमबाट त्यस्तो धोका नहुने बताउनुभयो ।

    ‘यस अघि चुनाव जितेका साथीहरु केन्द्रमा मात्रै रमाएर बसे । तर यस पटकको हाम्रो उम्मेदवार चन्द्र ढकालले ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएकाले केन्द्रमा मात्रै सिमित भएर बस्नुहुने छैन । जिल्लाकै साथीहरुसँग हातेमालो गरेर अघि बढ्नुहुने छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो प्यानल विजयी हुने वित्तिकै जिल्ला नगरका समस्या समाधान गर्न हामी लाग्नेछौं ।

    यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले यस अघि सो पदमा बस्तुगत वा एशोसिएट्तर्फका साथीहरुलाई जिताउँदा आफुहरुले धोका पाएको बताउँदै अबका जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिल गर्नुभयो ।

    ‘अहिले पनि महासंघको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहेको छ । तर त्यस अनुरुप अधिकार दिइएको छैन,’ उहाँले भन्नुभयोे, ‘अबका दिनमा जिल्ला नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि मैले उम्मेदवारी दिएको हुँ ।’

    साथै कोभिडका कारण जिल्ला नगरका उद्योगी व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताउँदै आफु नेतृत्वमा पुगेसँगै त्यस्ता समस्या समेत सम्बोधन गरिने बताउनुभयो । साथै अबका दिनमा बस्तुगत तथा एशोसिएट्सबाट मात्रै हैन ५० प्रतिशत मतभार भएको जिल्लाकै साथीहरु अध्यक्ष बन्ने माहोल समेत आफुले बनाउने उहाँको भनाइ थियो ।

    कार्यक्रममा बोल्ने अधिकांश जिल्ला अध्यक्षहरुले महासंघको नेतृत्वमा रहेका व्यक्तिले फोन समेत नउठाएको गुनासो गर्नुभएको थियो ।

    कार्यक्रममा उपस्थित ३० भन्दा बढी जिल्लाका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले जिल्लास्तरबाट सानो व्यवसायबाट सुरु गर्दै ठूलो व्यवसायसम्म सफलतापूर्वक संचालन गर्दै आफ्ना समस्या बुझेका चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारमा र जिल्ला नगरका समस्यासँग जुध्दै आएको गुणनिधी तिवारीलाई उपाध्यक्षमा बिजयी गराउने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

    उपस्थित जिल्ला अध्यक्षहरुले आफ्ना साथीहरु कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी र महासंघ केन्द्रिय सदस्य किशोर आचार्यको सवारी दिुर्घटनामा कोरोना महामारीको समयको पनि ढकालले आफै खटेर उद्धार गरी एयरलिफ्टबाट काठमाडौं लगेर उपचार गरी असल अविभाकत्व प्रदान गरेको भन्दै ढकाललाई जिताउनु आफ्नो दायित्व रहेको पनि बताउनुभएको थियो ।

    उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कणर्ाली प्रदेशका अध्यक्ष पदम बहादुर शाहीले आज भन्दा ३ महिना अघि नै सो प्रदेशका १० ओटै उद्योग वाणिज्य संघले चन्द्र ढकाल प्यानललाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्दै चुनावी अभियानमा लागेको जानकारी गराउनुभएको थियो ।

    ‘हामीले बाग्लुङ जिल्लामा जन्मेर सानादेखि ठूलो व्यवसायसम्म सफलता पूर्वक संचालन गर्दै देशका ७७ ओटै जिल्लामा आफ्नो व्यापार व्यवसाय विस्तारगर्न सफल व्यक्तिलाई नेतृत्वमा पाएका छौं,’ उहाँले भन्नुभयोे, ‘हामी जिल्ला नगरका व्यवसायीको समस्या सरकार समक्ष पुर्‍याएर समाधान गर्नका लागि पनि ढकाल प्यानललाई जिताउनु पर्छ ।’

    सो कार्यक्रममा कणर्ाली प्रदेशबाट रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व चन्द, कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतन बहादुर शाही, बराहाताल उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण लामिछाने, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पलबहादुर खड्का, सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष बीरबहादुर चलाउने, मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा, दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विश्वकर्माको उपस्थिति रहको थियो । यसैगरी कार्यक्रममा अन्य प्रदेशका २ दर्जनभन्दा जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

    Facebook Comments Box

    महासंघ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.