Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: ६ वर्षीया बालिका गुलाप्सा खातुनको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका एक जनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट गम्भीर घाइते भएका बुद्धिराज न्यौपानेको मृत्यु भएको हो । उनको उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेका बर्दिवास १ का ४३ वर्षे न्यौपानेको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचार गर्न हिजै काठमाडौँ ल्याइएको थियो । काठमाडौँको ग्राण्डी अस्पतालमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको हो । तीघ्रामा गोली लागेका उनको अत्यधिक रक्तस्रावबाट मृत्यु भएको स्थानीयले बताएका छन् । प्रदर्शनमा प्रहरीको गोली लागेका अफताब आलम र श्याम कार्कीको अवस्था…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्माओलीले बुधबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सुभकामना संदेश जारी गरेका छन् । आज एक संदेश जारी गर्दै उनले भनेका छन्, ” नेपालको संविधानले लैङ्गिक लगायत सम्पूर्ण क्षेत्रमा समानताको सिद्धान्त आत्मसात गरेको छ । सरकारले महिला बिरुद्ध हुने सबै किसिमका हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ । सरकारले हिंसा पीडितलाई क्षतिपूर्तिको व्यवस्था, शिक्षा, स्वस्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्रदान गर्ने व्यवस्था गरेको छ।” उनले भने, संविधानको धारा ३८ मा मौलिक हक अन्तर्गत महिलालाई लैंगिक भेदभावरहित समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हक, पीडितलाई क्षतिपूर्ति पाउने हक,…

Read More

काठमाडौँ: महोत्तरीको बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याको विरोधका क्रममा भएको प्रदर्शनका क्रममा थप एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएपछि हुनसक्ने सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले पूर्वमा रातुखोला, पश्चिममा बर्दिबास माइस्थान, उत्तरमा बर्दिबास ३ पाटु र दक्षिणमा रामानन्द चोक चार किल्ला कायम गरेर निषेधाज्ञा जारी गरिएको जानकारी दिए । प्रहरीको गोली लागेर घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को काठमाडौंमा उपचारको…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा मंगलबार थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ८१ हजार २९९ परीक्षणहरु गरिएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म १७ हजार ८५९ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६२७ जना रहेका छन् । २४ घण्टामा २ हजार ७९१ कोरोनामुक्त, २४ को मृत्यु मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ४…

Read More

बैतडी: बैतडीको दशरथचन्द नगरपालिका-१० बुड्डामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दिउँसो साढे १ बजेतिर ना १ ज २१९६ नम्बरको जीप सडकबाट एक सय मिटर तल खस्दा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनामा परि बैतडीको दशरथचन्द नगरपालिका-५ बस्कोटकी पार्वती चन्द , पाटन नगरपालिका-५ की पार्वतीदेवी चन्द , पाटन नगरपालिका-५का भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका-२ देहिमाडौंका कृष्ण लावड र सुनर्या गाउँपालिका-४ की कलावती चन्दको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । मृतक र…

Read More

काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ७२१ र पुरुष १०६९ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमा प्रदेश १ मा २४९, प्रदेश २ मा ३७, बागमती प्रदेशमा १०७८, गण्डकी प्रदेशमा १४८, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा ७६ जना रहेका छन् । यस्तै काठमाडौं उपत्यकामा ९४७ संक्रमित थपिएका छन् । संक्रमितमा महिला ४१० र पुरुष ५३७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २७९१ जना संक्रमणमुक्त हुँदा २४ जनाको ज्यान समेत गएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८…

Read More

काठमाडौँ: चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको क्रममा मंसिर १४ गते नेपाल आउँदैछन् । उनी नेपाल–चीन सम्बन्धको ६५औं वर्षगांठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल भ्रमणमा आउन लागेका हुन् । त्यो भन्दा अगाडि अर्थात मंसिर ११ गते भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने (मंसिर ११ र १२ गते) भ्रमणका लागि नेपाल आउने कार्यतालिका तय भएको छ । भ्रमणमा क्रममा श्रींगलाले नेपाली समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्नेछन् । त्यस्तै उनले अन्य राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । श्रृंगलाको भ्रमण नेपाल–भारतबीच उच्च स्तरीय भ्रमणको आदानप्रदानको निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । गत पुषमा भारतको विदेश सचिव…

Read More

काठमाडौँ: सामूहिक लगानी कोष एनआईसी ‘एशिया डाइनामिक डेब्ट फण्ड’ को १ करोड २५ लाख इकाईको बिक्री यहि मंसिर १२ गते शुक्रबारदेखि खुला हुने भएको छ । एनआईसी एशिया क्यापिटलले मंसिर १२ गतेदेखि एनआईसी एशिया डाइनामिक डेब्ट फण्ड बिक्री खुला गर्ने भएको हो । क्यापिटलको योजना व्यवस्थापनमा पहिलो पटक खुलामुखी सामूहिक लगानी कोषको इकाई बिक्रीमा आउन लागेको हो । नेपाल धितोपत्र बोर्डबाट योजना अन्तर्गत ५० करोड रुपैयाँ बराबरको प्रति इकाई १० रुपैयाँका दरले ५ करोड बराबरको इकाई निष्काशन गर्न अनुमति पाएकोमा १५ प्रतिशत (७५ लाख इकाई) कोष प्रबद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित राखिएको छ । सर्वसाधारणमा बिक्रीमा आउने ४ करोड २५…

Read More

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सत्ता साझेदारी सभापतिको एक्लैले निर्णयको विषय नभएको बताएका छन् ।  बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सत्ता साझेदारी प्रस्ताव गरेको विषयमा चर्चा भइरहेको बेला महामन्त्री कोइराला यस्तो प्रतिक्रिया दिएका हुन् । मंगलबार नवलपरासीमा प्रजातन्त्र सेनानी भूमिश्वर सापकोटाको शोकसभामा महामन्त्री कोइरालाले मुलुकका सरकार विहीन अवस्थामा आए सत्ता साझेदारीका विषयमा केन्द्रीय समिति बैठकले निर्णय गरिने बताए । उनले भने, ‘अहिले नेपाली काँग्रेसलाई सत्तामा होइन प्रतिपक्षमा बस्न जनताले म्याण्डेट दिनुभएको छ । सरकार विहीन अवस्थामा मात्र नेपाली काँग्रेसले सत्ता साझेदारीका विषयमा केन्द्रीय समिति बैठकले निर्णय लिन्छ ।’ महामन्त्री पूर्णबहादुर…

Read More

बर्दिबास: ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा महोत्तरीको बर्दिबासमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा नम्बर १ का सञ्जय न्यौपाने रहेको प्रहरीले जनाएको छ । कम्मरमुनी गोली लागेका उनको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ । आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् भने सो क्रममा हत्या आरोपीको घरमा आगजनी समेत गरेका छन् । आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको बताइएको छ । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह खातुनको आइतबार…

Read More